म्याच फिक्सिङ प्रकरण- राष्ट्र विप्लवमा जन्मकैद प्रस्ताव
१९ कार्तिक २०७२
•
६ मिनेट पाठ
म्याच फिक्सिङ प्रकरण- राष्ट्र विप्लवमा जन्मकैद प्रस्ताव
काठमाडौं- अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी खेलप्रेमीमाझ घृणा र द्वेष फैलाएको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच राष्ट्रिय खेलाडी र एक फिजियोथेरापिस्टलाई राष्ट्र विप्लवको अभियोगमा जन्मकैदसम्मको सजाय प्रस्ताव गरेको छ।




राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी तथा फुटबलका फिजियोथेरापिस्ट डेजिव थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सक्रिय बुकी (दलाल) को आर्थिक प्रभावमा परी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै प्रहरीले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र सजाय ऐन–२०४६ अनुसार सजाय प्रस्ताव गरेको हो।

पाँच खेलाडी प्रहरीको हिरासतमा छन् भने अमेरिकामा रहेका फिजियोथेरापिस्ट डेविजलाई फरार उल्लेख गर्दै अभियुक्त बनाइएको छ। प्रहरीले खेल मिलेमतोमा संलग्न अन्तर्राष्ट्रिय रूपमै कुख्यात बुकी विल्सन राज पेरुमल, टिटानी पेरिसामी, तमन प्रमाटा, केशवन पट्टानलाई भने अभियुक्त बनाएको छैन।

जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंमा बिहीबार बुझाइएको प्रस्तावित राय सुझाव प्रतिवेदनमा उनीहरूको कसुरबाट सो ऐनको दफा ३ को उपदफा ३.३ आकर्षित हुने भन्दै अदालतमा सोहीअनुसारको दण्ड सजायको मागदाबी प्रस्ताव गरिएको छ।

सो उपदफामा ...कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दस वर्षसम्म कैद हुने' उल्लेख छ।

...अनुसन्धानको निचोडका आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा प्रस्तावित राय सुझाव पठायौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोखरेलले नागरिकसँग भने।

प्रहरीको प्रस्तावित राय–सुझाव नै अन्तिम हैन। राय–सुझावसँगै समेटिएको प्रमाण, बयानका आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोग तयार पारी विशेष अदालतमा अभियोगपत्र दर्ता गर्नेछ। अभियोगपत्र तयार गर्दा अपराधअनुसार दण्ड–सजायको मागदाबी बदल्न सक्ने अधिकार भए पनि मागदाबीमा टेक्ने मुख्य आधार प्रहरीको राय–सुझाव प्रतिवेदन नै हो।

खेल मिलेमतो गराउन सक्रिय समूहसँग मिलेर सन् २००८ देखि खेलिएका अन्तर्राष्ट्रिय खेलमा मिलेमतोमार्फत नतिजा ल्याएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले असोज २७ मा पाँच खेलाडीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरीले प्रस्तावित रायमा खेलाडीको प्रारम्भिक बयान, खेल मिलेमतो गरेको दाबी गरिएका खेलको नतिजा र प्राविधिक विश्लेषण, उनीहरूको सम्पर्कमा रहेका विदेशी बुकी, उनीहरूको आर्थिक पृष्ठभूमि र उनीहरूको नाममा विदेशबाट आएको रकमको विवरणलाई प्रमुख आधार बनाएको छ।

प्रहरीले अन्तर्राष्ट्रिय बुकीसँग उनीहरूको नियमित सम्पर्क र भेटघाट, उनीहरूले रकम बुझेको विवरण, खेलाडीको प्रारम्भिक भिडियो बयानलाई समेत मिसिलसँगै समेटेर जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएको छ।

अञ्जनले वेस्टर्न युनियनमार्फत २००९ डिसेम्बरमा ७ हजार १ सय सिंगापुर डलर, २०१२ सेप्टेम्बरमा २ हजार ४ सय ८० मलेसियन रिंगेट, २०१३ अगस्टमा ९ हजार ८ सय, सेप्टेम्बरमा १ हजार ६ सय मलेसियन रिंगेट र फेब्रुअरीमा १ हजार सिंगापुर डलर लिएको विवरण मिसिलमा प्रमाणका रूपमा राखिएको छ।

रितेशले प्रारम्भिक बयानमा नेपालीको पैसा भन्दै बैंकमा कार्यरत आफन्तमार्फत मलेसियाबाट नेपालमा ९ लाख रुपैयाँ पठाएको स्वीकार गरेको विवरणसमेत मिसिलमा प्राथमिकतामा साथ राखिएको अनुसन्धानमा संलग्न अधिकारीले जानकारी दिए।

विशेष अदालतले दोस्रोपटक दिएको एक साताको अनुसन्धान म्याद आइतबार सकिने भएकाले जिल्ला न्यायाधिवक्ताको कार्यालयले सोही दिन अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ। अदालतमा अभियोगपत्र दर्तासँगै खेलाडीलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने पक्ष–विपक्षको बहस प्रारम्भ हुनेछ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस