पाकिस्तानसँग नेपालकाे सुन्दर प्रदर्शन
२२ कार्तिक २०७२
•
६ मिनेट पाठ
पाकिस्तानसँग नेपालकाे सुन्दर प्रदर्शन
काठमाडौं– विश्व विजेता रहि सकेको र टेस्ट मान्यता प्राप्त पाकिस्तानसँग खेल्ने अवसर पाउनु नै नेपाली क्रिकेट टोलीका लागि जित बराबर थियो। दुई देशबीचको क्रिकेट इतिहास र सफलता तुलना गर्ने हो भने नेपाल निश्चित हारको हकदार टोली हो।पछिल्लो पटक इङ्ल्यान्डविरुद्धको एकदिवसिय श्रृखंला खेल्दाका टोलीमा रहेका खेलाडीको बाहुल्यता रहनाका वावजुद पाकिस्तानिज् नाम दिइएको पाकिस्तानविरुद्ध नेपाल हार्नेमा नेपाली क्रिकेट बुझ्ने कसैलाई शंका थिएन । चासो हार जितमा भन्दा पनि पाकिस्तानविरुद्ध नेपालले कस्तो प्रदर्शन गर्छ,मैदानमा कति समय टिक्छ र पुरा ५० ओभर खेल्न सक्छ कि सक्दैन भन्नेमा थियो ।




आइतबारको खेल सकिएपछि पाकिस्तानीपूर्व कप्तान रमिज राजाले ट्विट गरे ,'नेपाल १ सय २१ रनले पराजित भएको छ । तर उनीहरुले २० करोड पाकिस्तानी र ३ करोड नेपालीको मन जितेका छन् । उनीहरुको प्रदर्शनलाई सलाम छ ।'

उनले अर्को ट्विट पनि गरिहाले,' अर्को बर्षको विश्व ट्वान्टी–२० क्रिकेट अघि पाकिस्तानले नेपालसँग ट्वान्टी–२० श्रृखंला खेल्नुपर्छ ।' उनले आफ्नो तर्कसँग सहमत हुनेलाई रि ट्विट गर्न समेत आग्रह गरेका छन् ।

राजाको ट्विटलाई रि ट्विट गरेका पाकिस्तानी पूर्व तीब्रगतिलका बलर सोहब अख्तरले छुट्टै अर्को ट्विट गरे,' पाकिस्तानविरुद्ध नेपाली खेलाडीले यस्तो प्रदर्शन गर्न सक्लान् भन्ने मैले कहिल्यै सोचेको थिइन । उनीहरु धेरै बलियो भएका छन्, 'वाव'।'

राजा र अख्तरको ट्विट नेपाली टोलीका लागि पं्रशसा मात्र थिएन प्रेरणा समेत थियो ।

अपेक्षा अनुसार नेपाली टोलीले पाकिस्तानलाई १ सय २१ रनको फराकियो नतिजा सुम्पियो । तर नेपाली दर्शक खुसी हुनुपर्ने ठाँउ भने टोली पुरा ५० ओभर टिक्यो , अलआउट भएन र विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रमध्येको एक टोलीविरुद्ध २ सय रनको आकडा पार ग¥यो । नेपाली टोलीको मुख्य समस्या ब्याटिङ मानिन्छ । पाकिस्तानविरुद्ध भने टोलीले ब्याटिङ खुलेर ब्याटिङ गर्न नसकेपनि खासै खुम्चिन पनि परेन । विश्व ट्वान्टी–२० क्रिकेटमा ओपनिङ पूर्ण रुपमा असफल भएको नेपाली टोलीका लागि आइतबार ओपन अनिल मण्डलले अर्धशतक पुरा गर्नु कम अर्थपूर्ण होइन ।

संयुक्त अरब इमिरेट्स (युएइ) मा पपुवा न्युगिनीविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्नुअघि पाकिस्तान टोलीविरुद्ध यो स्तरीय प्रदर्शनले पक्कै पनि टोलीको मनोबल उच्च बनाउने काम गर्नेछ ।

३ सय २७ रनको पहाड झै लाग्ने लक्ष्य पछ्याएको नेपालले सन्तोषजनक सुरुआत गरेको थियो । अनिल र अर्का ओपन सुवास खकुरेलले पहिलो विकेटका लागि ४९ रनको सझेदारी गर्दै धर्यताप्रदर्शन गरेको थियो । टोलीले पहिलो विकेटका लागि सुवास (२६) लाई गुमाएको थियो । पहिलो भन्दा पनि नेपालले दोस्रो विकेटमा झनै सुधारिएको प्रदर्शन गर्‍यो। अनिल र सागर पुन (३९) पुनले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । पाँचौं विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ४९ रनको साझेदारी गरे । १ सय ९ बल खेलेका अनिलले ४ चौका र १ छक्कासहित टोलीका लागि सर्वाधिक ६१ रनको योगदान गरे। ज्ञानेन्द्रले ५२ बलमा ५ चौकासहित ४१ रन बनाए । कप्तान पारस खड्का १३ रनमा आउट भए भने शरदले अविजित १३ र महबुब आलमले अविजित १ रन बनाए ।

पाकिस्तानिज्का अनवर अलिले दुई विकेट लिने क्रममा अनिल र ज्ञानेन्द्रलाई शिकार बनाए । सुवासलाई यासिर शाह, सागरलाई अहमद सेजाद र पारसलाई वाहव रिजाजले आउट पारे ।

त्यसअघि नेपालले टस जितेर पाकिस्तानलाई ब्याटिङका लागि निम्त्याएको थियो । पाकिस्तानले ६ विकेटको नोक्सानीमा ३ सय २६ रन बनाएको थियो । रिटायर्ड आउट हुनुअघि टोलीका लागि कप्तान अजर अलि र पूर्व कप्तान सोहव मलिकले अर्धशतक पुरा गरे । अलिले सर्वाधिक ७३ र मलिकले दोस्रो सर्वाधिक ६३ रन जोडे । बसन्त रेग्मीले पाकिस्तानका सफल खेलाडीमध्येका एक युनिस खान (३८) र सेजदा (३५) को विकेट लिए । अर्धशतक बनाउन १ रनले चुकेका मोहम्मद हाफिजको विकेट सागरले लिए । पासरले सरफराज अहमद (२) को विकेट लिए ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस