काठमाडौं- विदेशी भूमिमा नेपालको झन्डा र राष्ट्रिय गानको शपथ खाएर खेल मिलेमतो गरी राष्ट्रिय एकतामा खलल पुर्याौएको निचोड निकाल्दै जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंले फुटबलका पाँच राष्ट्रिय खेलाडी र एक चिकित्सकविरुद्ध जन्मकैदको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
कात्तिक २७ गते पक्राउ परेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री र अञ्जन केसी तथा फरार रहेका फुटबलको राष्ट्रिय टोलीका फिजियो थेरापिस्ट डेविज थापालाई अभियुक्त बनाइएको छ। डेविज अमेरिकामा छन्।
अभियोग पत्रमा 'अन्तर्राष्ट्रिय एजेन्टहरूसँग साँठगाँठमा म्याच फिक्सिङ गरी राष्ट्रका तर्फबाट खेल हार्ने योजना बनाएर रकम लिई राज्यविरुद्धको अपराध सजाय ऐन–२०४६ विरुद्धको अपराध गरेको' दाबी गर्दै जन्मकैदको मागदाबी गरिएको छ।
अभियोग पत्रमा मागदाबी गरिएको सजाय प्रहरीको प्रस्तावित राय–सुझावभन्दा कडा हो। महानगरीय प्रहरी परिसर काठमाडौंले २२ दिनको अनुसन्धानपछि बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बुझाएको प्रस्तावित राय–सुझावमा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी खेलप्रेमीको मनमा घृणा र द्वेष फैलाएर राष्ट्र विप्लव गरेको निष्कर्ष निकाल्दै ऐनको दफा ३ को उपदफा ३.३ अनुसारको सजाय मागदाबी गर्न राय दिएको थियो।
सो उपदफाअनुसार १० वर्षदेखि जन्मकैदसम्म सजायको प्रावधान छ। आइतबार जिल्ला न्यायाधिवक्ताको कार्यालयले 'राष्ट्रिय एकतामा खलल पुर्याषएको' निष्कर्ष निकाल्दै राष्ट्र विप्लवको दफा ३ को ३.१ अनुसार जन्मकैदको मागदाबी गरेको छ।
विशेष अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले अभियोग पत्रमा अन्तर्राष्ट्रिय एजेन्टसँग मिलेर खेल हार्न रकम लिनेखाने गरेको देखिएको भन्दै जन्मकैदको माग गरिएको जानकारी दिए। सोमबारबाट बयान लिने र सो सकाएर थुनछेकको बहस सुरु गर्ने उनले जानकारी दिए।
सन् २००८ बाट खेलिएका अन्तर्राष्ट्रिय खेल मिलेमतोमा खेलिएको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाउँदै असोज २७ मा पाँच जना खेलाडस्लाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।
प्रारम्भमै उनीहरूविरुद्ध राज्यविरुद्ध अपराधको आरोपमा प्रहरीले अनुसन्धान सुरु गर्दा गलत कानुन टेकेको भन्दै आलोचना भएको थियो। कात्तिक १० मा पहिलोपटक म्याद थपका लागि लगिएपछि विशेष अदालतले प्रहरीले अनुसन्धानका लागि टेकेको ऐनअनुसार म्याद थप्ने कि नथप्ने आदेश दिनुअघि वादी–प्रतिवादीका कानुन व्यवसायीको बहस गराएको थियो।
बहसमा सरकारी वकिलका तर्फबाट उनीहरूले गरेको अपराधको प्रकृति र त्यसबाट आकर्षित हुने कानुनबारे प्रस्ट्याएपछि म्याद नथप्ने पक्षमा बहस गरेका शम्भु थापालगायत एक दर्जन कानुन व्यवसायीको प्रयास सफल हुन सकेन। पहिलोपटक १७ दिन र दोस्रोपटक ७ दिन म्याद थप गरिएपछि अनुसन्धान र मुद्दा दर्ताको २५ दिने हदम्याद टेक्दै आइतबार मुद्दा दर्ता भएको हो।
विशेष अदालतमा दर्ता भएको अभियोगपत्रमा नेपाली फुटबल टोलीका कप्तान सागर, गोलकिपर रितेश, प्रशिक्षकसमेत रहेका अञ्जन र फिजियोथेरापिस्ट डेविजलाई खेल मिलेमतोको मुख्य अभियुक्त बनाइएको छ।
अनुसन्धानका क्रममा प्राप्त प्रमाण, पक्राउ अभियुक्तहरूको बयान र घटनाबारे देख्नेसुन्नेको बयानका आधारमा अन्य २ खेलाडीमाथि मिलेमतोमार्फत आएको रकम लिई खाएको अभियोग लगाइएको छ।
अभियोगपत्रमा समावेश विवरणअनुसार रितेश, अञ्जन, सागर र डेविजले खेल मिलेमतोमा संलग्न बुकी (दलाल) ले पठाएको पैसा लिएको विवरण प्रमाणका रूपमा समेटिएको छ। स्रोतका अनुसार खेल मिलेमतोवापत आएको रकम रितेशकी आमा शोभा केसीले समेत बुझेको विवरण मिसिलमा समेटिएको छ।
यसैगरी रितेशका भाइले मलेसियामा भएको खेलमा मिलेमतोवापत आएको करिब नौ लाख रुपैया नेपालमा बुझेको विवरणसमेत प्रमाणका रूपमा समेटिएको छ। अनुसन्धानमा राष्ट्रिय टोलीका फिजियोथेरापिस्ट डेविजले खेल मिलेमतोवापत आएको एक लाख ४० हजार रुपैयाँ लिएको विवरणसमेत समेटिएको छ।
कप्तान सागरलाई अन्तर्राष्ट्रिय बुकीसँगको नियमित सम्पर्क र रकम लिएको विवरणका आधारमा मुख्य अभियुक्त दाबी गरिएको छ। सन्दीप र विकाससिंह माथि खेल मिलेमतोवापत आएको रकम भन्ने जानकारी हुँदाहुँदै पैसा लिएको अभियोग लगाइएको छ।