काठमाडौं-अन्तराष्ट्रिय खेल मिलेमतोगरी राज्य विरुद्ध अपराध गरेको अभियोग लागेका पाँच खेलाडी विहान ११ वजे विशेष अदालतको परिसरमा उत्रिए लगत्तै अदालतका अधिकारीहरु बयान लिने प्रकृयामा हतारिए।हतारिनुको कारण थियो मुखैमा आएको तिहार विदा। सकेसम्म आइतबारनै बयान र थुनछेक बहस सक्काउन अदालतले पाँच कर्मचारी खटाएर आइतबार दिनभर अभियुक्त पाँच खेलाडीको बयान लिए। नेपाली फुटबल टोलीका क्यापटेन सागर थापा, गोलकिपर रितेश थापा, र उपकप्तान सन्दिप राई तथा पूर्व खेलाडि विकाससिंह क्षेत्री र अञ्जन केसी दशैमा अदालत बन्द भइसकेपछी असोज २७ मा खेल मिलेमतोको आरोपमा पक्राउ परेका थिए।
मंगलबारपछी तिहार विदाका लागी अदालत बन्द हुने भएकाले विदा अगाडिनै थुनछेकको बहस सक्काउन अदालतले सक्रियता देखाएको थियो। सोमबार सबैको बयान सकिए पनि थुनछेक बहसमा प्रवेश मात्रै भयो, टुंगिएन।
मुद्धाको वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ताको कार्यालय काठमाडौंको तर्फबाट सरकारी वकिलले अभियुक्तहरुमाथी लागेको अभियोग र अभियोग लगाउने आधारका विवरण पेश गर्दागर्दै इजलासका अध्यक्षले उनलाई बहस टुंग्याउन लाग्ने समय सोधे । सरकारी वकिलले 'अझै आधा घन्टा' लाग्ने जानकारी दिएपछी मुद्धालाई हेर्दाहेर्दैको सूचीमा राखेर इजलास सकियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालयले उनीहरुले अन्तराष्ट्रिय खेलमा मिलेमतो गरी पैसा लिएको अभियोग लगाउँदै जन्मकैदको मागदावी सहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतमा भएको बयानमा पाँचै जनाले यस अगाडिको बयानझै आफुमाथी लागेको ' नेपालको राष्ट्रिय झन्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरुको स्वाभिमान र आत्मसम्मानमा चोट पूर्याउने उद्देश्यले खेल मिलेमतो गरेर अन्तराष्ट्रिय खेल हारेको' अभियोग अस्विकार गरे।
राष्ट्रिय टोलीमा सहभागी भएर अन्तराष्ट्रिय खेल खेलेको, अन्तराष्ट्रिय एजेन्टहरुले भेटेर आर्थिक प्रस्तावहरु राख्ने गरे पनि मिलेमतो नगरेको दावी गर्दै उनीहरुले आफुहरुको नाममा विदेशवाट आएको रकमबारे अनभिज्ञता दर्शाएका थिए।
बहसको प्रारम्भमा वादीको तर्फबाट बहसमा उत्रिएका सरकारी वकिलले खेलाडीले अन्तराष्ट्रिय म्याचफिक्सरबाट लिएको पैसाको विवरण इजलासमा सार्वजनिक गर्दा रितेश, सागर र अञ्जन मुसुमुसु हाँसीरहेका देखिन्थे भने अन्य २ खेलाडी भने गम्भिर देखिन्थे।
पाँच खेलाडीले आफुहरुले खेल मिलेमतो नगरेको दावी गरेपनि वादीको तर्फबाट मुद्धादर्तासँगै अदालतमा बुझाएको विवरणमा मलेसियन र सिंगापुरका कुख्यात म्याच फिक्सर विल्सन राज पेरुमल,टिटानी पेरीसामी, तमन प्रमाटा, केशवन पट्टानले उनीहरुको नाममा पठाएको रकम र उनीहरुले बुझेको प्रमाणको फेहरिस्त संलग्न छ ।