काठमाडौं-खेलमिलेमतो अभियोगमा राज्यविरुद्ध विप्लव मुद्दामा प्रहरी हिरासतमा रहेका फुटबलका पाँच खेलाडी मंगलबार विशेष अदालतको आदेशले धरौटीमा छुटेका छन् ।
सरकारले झन्डा र राष्ट्रिय गानको शपथ खाएर राष्ट्रको प्रतिनिधित्व गर्ने क्रममा अन्तर्राष्ट्रिय खेल मिलेमतोमा हारेको भन्दै उनीहरुविरुद्ध राज्यविरुद्ध अपराध अभियोगमा जन्मकैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अभियोगबारे मंगलबार दिनभर थुनछेक बहस भएको थियो । बहसमा सरकारका तर्फबाट सरकारी वकिल अशोक रेग्मीले उनीहरुलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन माग गरेका थिए । प्रतिवादी खेलाडीका तर्फबाट एक दर्जन कानुन व्यवसायीले मुद्दा खारेजी वा साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।
पाँच घन्टा चलेको बहसपछि न्यायाधीश मोहनरमण भट्टराई अध्यक्ष र भूपेन्द्रप्रसाद राई तथा महेशप्रसाद पुडासैनी सदस्य रहेको इजलासले बेलुका साढे ६ बजे आदेश जारी गर्दै 'विदेशमा राष्ट्रका तर्फबाट खेल्न गएका खेलाडीलाई अनौपचारिक रुपमा प्राप्त भएको रकमको संवेदनशीलता विचार गरी प्रतिवादीहरुले कसुर गरेको होइन भनी भन्न मिल्ने अवस्था नदेखिएको' भन्दै पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी पाँच खेलाडीलाई फरक–फरक धरौटी तोकेको थियो ।
विशेषले रितेश थापा र अञ्जन केसीलाई पाँच–पाँच लाख, राष्ट्रिय टोलीका क्याप्टेन सागर थापालाई एक लाख ५० हजार र सन्दिप राई र विकाससिंह क्षेत्रीलाई ५०–५० हजार धरौटी मागेको थियो । आदेशमा धरौटी नबुझाए कारागार चलान गर्न भनिए पनि सबै खेलाडी मंगलबारै तोकिएअनुसार धरौटी बुझाएर तारेखमा रिहा भएर परिवार र शुभेच्छुकसाथ अदालतबाट बाहिरिएका थिए ।
मंगलबार साढे १० बजे बहस सुरु भएलगत्तै जिल्ला न्यायाधिवक्ताको कार्यालयका तर्फबाट रेग्मीले अभियोग लगाउनुका कारण, अनुसन्धानमा खुलेका प्रमाण र खेलाडीका भूमिकाबारे विस्तृत व्याख्या गर्दै उनीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अदालती प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।
बहसका क्रममा रेग्मी धेरै ठाउँमा अल्मलिँदा बहसबारे पूर्वतयारी नगरेको देखिएको थियो । उनले खेलाडीहरुले खेलप्रेमी नेपालीको मनमा चोट पार्दै देशको प्रतिनिधित्व गरी विदेशमा खेलिएको खेलमा मिलेमतो गरी राष्ट्रिय एकतामा खलल पु¥याएको दाबी गरेका थिए । इजलासमा रहेका न्यायाधीशहरुले 'तपाईंले पेस गर्नुभएको अभियोगले कसरी राज्यविरुद्धको अपराधसम्बन्धी ऐन आकर्षित हुन्छ ?' भन्ने प्रतिप्रश्न गर्दा भने उनी अकमकिए । न्यायाधीषले पाँचपटकसम्म अभियोग र मागदाबी गरिएको कानुनबीचको सम्बन्धबारे प्रश्न राख्दा उनले 'नेपालको खेल भनेपछि हुरुक्क हुने खेलप्रेमी नेपालीको मनमा चोट पु¥याएको' भन्दै प्रतिरक्षा प्रयास गरेका थिए ।
सरकारका तर्फबाट बहसमा आएका सरकारी वकिलको फितलो प्रस्तुतिपछि खेलाडीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले 'सरकारले नियतवश मुद्दा बलियो बनाउन गलत कानुन टेकेर लज्जाजनक काम गरेको' भन्दै मुद्दा खारेजी माग गरिरहे ।
खेलाडीको प्रतिरक्षामा कानुन व्यवसायीहरु शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, हरिहर दाहाल, सेमन्त दाहाल, प्रेमबहादुर केसी, कृष्णप्रसाद सापकोटा, रामचन्द्र सुवेदी र शार्दुल थापालगायतले बहस गरेका थिए ।
नेपालको राष्ट्रिय झन्डा लिई शपथ खाएकाबाट राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पु¥याउने उद्देश्यले खेलमिलेमतो गरेर अन्तर्राष्ट्रिय खेल हारेको, अन्तर्राष्ट्रिय म्याचफिक्सरबाट पैसा लिएर बाँडेको सरकारी पक्षको दाबीको खण्डन गर्दै उनीहरुले सरकारले मिलेमतोजस्तो अभियोगमा राष्ट्रिय सुरक्षासँग जोडिएको ऐन टेकेर गम्भीर अभियोग लगाएको भन्दै मुद्दा खारेज गर्नुपर्ने मागलाई प्रमुखतासाथ उठाएका थिए ।
सन्दिप र विकाससिंहका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले खेलमिलेमतो गराई नेपाली खेलाडीलाई पैसा पठाउने मलेसियन र सिंगापुरका कुख्यात म्याचफिक्सर विल्सन राज पेरुमल, टिटानी पेरिसामी, तमन प्रमाटा, केशवन पट्टानसँग उनीहरुको सम्पर्क नदेखिएको, उनीहरुले पठाएको पैसा यी दुई खेलाडीका नाममा नआएको र अन्य तीन खेलाडीको बयानमा समेत उनीहरुले पैसा लिएको भन्ने नदेखिएको भन्दै दुवैलाई साधारण तारेखमा छाड्न माग गरेका थिए ।
विभिन्न मितिमा म्याचफिक्सरले पठाएको पैसा लिएको देखिएका रितेश, अञ्जन र विल्सनराजसँग सम्पर्कमा देखिएका सागरका कानुन व्यवसायीले उनीहरुले लिएको पैसा खेल मिलेमतोबापतको नभएको तर्क गर्दै 'खेल खेल्न जाँदा खेलाडीले आफूसँगै नेपाली चिया, हुलाक टिकटलगायत सोभिनियरहरु लग्ने गरेको र सो रकम त्यहीबापतको भएको' तर्क गरेका थिए ।
केहीले खेलाडीका नाममा विदेशबाट आएको रकमको स्रोत 'विदेशी क्लबमा अनुबन्धित हुन जान आएको खर्च' भनेर पुष्टिको प्रयाससमेत गरेपछि इजलासका अध्यक्ष भट्टराईले 'यस्तोमा केही लिखत त होला नि' भन्ने जिज्ञासा राख्दा 'नेपालको अकाउन्ट सिस्टम खराब भएकाले त्यस्तो विवरण नभएको' भन्दै पन्छिएका थिए ।
गोलकिपर रितेश थापाका तर्फबाट बहस गरेका शम्भु थापाले खेलाडीहरु अखिल नेपाल फुटबल संघमा आबद्ध रहेर खेल खेल्ने गरेकाले उनीहरुका गतिविधि राष्ट्रविरुद्ध नहुने तर्क गर्दै मुद्दा खारेजी माग गरेका थिए । शम्भु थापाका छोरा शार्दुल थापाले भारतको निजी प्रतियोगिता आइपिएलमा भएको खेलमिलेमतोबारे आएको अदालतको आदेशलाई नेपालको राष्ट्रिय प्रतियोगितासँग तुलना गर्ने अभियोग गलत भएको तर्क गरेका थिए ।
साढे ३ बजे विपक्षीतर्फको बहस सकिएपछि प्रत्युत्तरका लागि सरकारी वकिलको खोजी हुँदा इजलासमा रेग्मी थिएनन् । विपक्षीका कानुन व्यवसायीले उठाएका प्रश्नको जवाफ दिन सरकारी वकिल नै नभएपछि इजलासको बहस सकिएको थियो ।
विशेष अदालतका न्यायाधीष आदेश तयार पार्न सक्रिय रहेका बेला खेलाडीका कानुन व्यवसायीले सबैलाई साधारण तारेखमा छाड्ने आदेश आउने दाबी गरे पनि आदेश आउँदा खेलमिलेमतोमा संलग्न रहेको अभियोग लागेका खेलाडीले सो अभियोगबाट उन्मुक्ति पाएनन् ।
खेलमिलेमतो गरेको अस्वीकार गरे पनि विदेशी क्लबमा खेलाइदिन्छु भनी आश्वासन आउने गरेको, विभिन्न क्लबमा ट्रायलका लागि प्रस्ताव आउने गरेको र विभिन्न समयमा वेस्टर्न युनियनमार्फत आएको रकम सोही ट्रायलका लागि आएको, प्लेयर एजेन्टहरुसँग भेट भएको, विदेशबाट आएको रकम लिएको तर कसले पठाएको हो, त्यो थाहा नभएको खेलाडीको बयानलाई आधार बनाउँदै विशेषले 'आएको रकम लिएको स्वीकार गरेको तर सो रकम खेलमिलेमतो बाहेकको वैध कारण र आधारबाट प्राप्त भएको बयान र मिसिलमा संलग्न कागजबाट नदेखिएको ठहर्याउँदै' धरौटी तोक्ने आदेश दिएको थियो ।
विशेषले अभियुक्त रितेश थापा, सागर थापा र अञ्जन केसीको बयान, मिसिलसँगै बुझाइएको अडियो–भिडियो र रितेश र अञ्जनले रकम लिएको स्वीकार गरेको बयानलाई आधार बनाउँदै कसुर गरेको होइन भन्न नसकिने निष्कर्ष निकालेको छ ।
आदेशमा सरकारी पक्षले खेलमिलेमतोलाई राज्यविरुद्ध अपराध र सजाय ऐन, २०४६ अनुसार राष्ट्रविप्लवको विषयसँग दाँजेर अभियोग लगाइएको र सो विषयबारे खेलाडीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले विशेष रुपमा उठाएपछि 'सो ऐनको दाबीको राष्ट्रविप्लव भनेको के हो भन्ने विषयवस्तु र खेलमिलेमतो भन्ने विषयलाई सोही परिभाषाभित्र पर्ने भनी गरिएको दाबीलाई विशेष रुपमा उल्लेख गरिएको छ ।