राजु विदेसिँदा किन चिन्तित छन् भलिबलप्रेमी ?
१४ असार २०७९
•
४ मिनेट पाठ
राजु विदेसिँदा किन चिन्तित छन् भलिबलप्रेमी ?
अब सायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक। देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झने छन्। क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन्।




गलकोट नगरपालिका–५ हरिचौरका विकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजित भलिबल प्रतियोगिता नै अन्तिम बन्न पुग्यो। भलिबल करियरलाई बीचमै त्यागेर उनी यसै साता युरोपेली देश क्रोएसिया पुगेका छन्।  

खेलमा भविष्य असुरक्षित देखेका २५ वर्षीय विकले रोजगारीका लागि देश छाडेका हुन्। भलिबलमा चम्किएका विकको बहिर्गमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन्। उनीहरूले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन्। विक तिनै खेलाडी हुन् जसले १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालका तर्फबाट बिच भलिबल खेलेका थिए। उनले गण्डकी प्रदेशस्तरीय भलिबल टिमबाट पनि प्रतियोगिताहरु खेले। पछिल्लो दुई वर्षयता विक गलकोट भलिबल टिमका कप्तान थिए।  

उक्त टिमका प्रशिक्षक सुरेन्द्र केसीले विक टिममा नहुनुलाई मौरीको बथानमा ‘रानी मौरी’ नभएको झैँ रुपमा लिए। 'हामी त रानी मौरी नभएको मौरी झैँ भएका छौँ, राजु नहुँदा टिमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने चुनौती हाम्रासामु छ,' केसीले भने, 'क्विक स्पाइकमा त उनी देशमै चिनिएका थिए, उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि देशमा टिकाउन सकिएन, खेलेर मात्रै नपुग्ने भएपछि विदेसिन बाध्य हुनुपर्‍यो।'

प्रशिक्षक केसीले आफूले सधैँ राजुलाई फुर्तिलो, आँटिलो र अनुशासित खेलाडीका रुपमा पाएको बताए। विकको कप्तानीमा उक्त टिमले लगातार दुई वर्षसम्म स्याङ्जाको पुतलीबजारमा भएको पाँच लाख राशिको ‘पुतलीबजार कप अन्तरपालिका कप भलिबल प्रतियोगिता’को उपाधि चुमेको थियो।  

गत चैतमा ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्दा पनि गलकोट टिमको कप्तानी विकले नै गरेका थिए। उक्त प्रतियोगितामा गलकोट भलिबल टिमले  पाँच लाख ५५ हजार ५५५ हात पारेको थियो।  

त्यसअघि सङ्खुवासभाको सभापोखरी पालिका कप र मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि गलकोटले जित्दा पनि टिमको कप्तानी विकले नै सम्हालेका थिए। 'राजुको कप्तानीमा गलकोट भलिबल टिमले जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगिता खेलेको छ,' प्रशिक्षक केसीले भने, 'उत्कृष्ट खेल कौशल र टिमको सफल कप्तानीका कारण उनी हामी र टिममा नयाँ आउने खेलाडीका लागि पनि सधैँ  सम्मानयोग्य रहनेछन्।'

विकको अभाव टिमका सदस्यलाई मात्र खड्किने छैन, उनका प्रशंसक र आम भलिबलप्रेमीका लागि पनि उनी कोर्टमा नहुनु अफसोचको विषय हुनेछ। विक विदेश उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ भएको टिकटक भिडियोमा पनि थुप्रैले भावुक टिप्पणी गरेका छन्। ‘भलिबल लाइफ’ फेसबुक पेजले स्टेटससहित भिडियो शेयर गरेको छ।

फेसबुक प्रयोगकर्ता पूर्ण बिसीले ‘राष्ट्रको एउटा खेलाडी परिवारको रोजीरोटीका लागि विदेसिनुपर्ने बाध्यता हाम्रो देशमा छ, ...देशलाई केही दिने प्रयास गर्नु सफलताको कामना’ लेखेका छन्। गोपाल केसीले लेखेका छन्, ‘नेपालीको पीडा यही नै छ, मन सानो नबनाउनु जहाँ रहे पनि भलिबल खेललाई माया गरिरहनु, जय भलिबल, जय राजु विक।’

उक्त भिडियो पोष्टलाई ५३ हजार जनाले हेरेका छन् भने झन्डै तीन सय जनाले टिप्पणी र ७५ जनाले शेयर गरेका छन। विकले आफ्नो र परिवारको भविष्य हेरेर विदेसिनु परेको बताए। 'जोसजाँगर हुन्जेल भलिबलमा लागियो, अब परिवारका लागि पनि सोच्नुपर्‍यो,' उनले भने, 'सधैँ खेलेर पनि नहुने, अरु पेसा, व्यवसायमा लाग्न पनि नसकिने अवस्था भएपछि मैले विदेसिनुको विकल्प देखिनँ।' विक विवाहितसमेत हुन् । उनले १६ वर्षको उमेरदेखि व्यावसायिक रुपमा भलिबल खेल्न सुरु गरेका थिए। जिल्ला भलिबल सङ्घका सल्लाहकार एवं पूर्वखेलाडी याम श्रीसले विकलाई नेपाली भलिबलको उदाउँदो र प्रतिभावान् खेलाडीका रुपमा स्मरण गरे।

'उनी न्यून आय भएको परिवारमा जन्मेका हुन्, बिहेवारी भएपछि घरको आर्थिक दायित्व पनि थपियो त्यसपछि विदेश जान बाध्य हुनुपर्‍यो,' श्रीसले भने, 'क्रिकेट, फुटबलमा जस्तो भलिबलमा खेलाडीको व्यावसायिक सुरक्षा पनि छैन।' उनले भलिबलमा करियर बनाएका धेरै नेपाली खेलाडीहरू विदेश पलायन भएको बताए। 'कतिपय खेलाडी त इच्छा र रोजाइ भएर नै विदेश छिर्छन्, कोहीको भने बाध्यता हुन्छ', श्रीसले भने, 'लामो समर्पण र त्यागसहित भलिबलमै जीवन फालेका खेलाडीहरू पनि नेपालमा छन्।'

सङ्घका अध्यक्ष योगेश भण्डारीले राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने धारणा राखे। 'विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ', उनले भने, 'राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन्।'
अर्को समाचार
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
३ घण्टा अघि
•
१ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।




गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।

एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।

निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।

प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।

विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस