'... अब ढिलो भइसक्यो'
११ मंसिर २०७२
•
११ मिनेट पाठ
'... अब ढिलो भइसक्यो'
काठमाडौं- सुधारका लागि सिस्टम (पद्धति) बदल्न सक्नुपर्छ, नसके त्यही सिस्टममा छिर्नुपर्छ। दुवै गर्न नसके छोड्नुको विकल्प रहन्न। श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायके यो मान्यतामा अडिग छन्। त्यसैले नेपाली क्रिकेटको पद्धति बदल्न असमर्थ भएपछि उनले त्यसमा छिर्ने विकल्प रोजेनन्, बरु बिदा लिने निर्णय गरे।

नेपाली क्रिकेटलाई कीर्तिपुरको मैदानबाट विश्वकपको मञ्चसम्म डोर्याोएका प्रशिक्षक शनिबार तत्काललाई फेरि नफर्किने गरी क्यानडा फर्कंदैछन्। शुक्रबार पत्रकारले गरेको अनौपचारिक बिदाइक्रममा उनी भन्दै थिए, 'मैले केही बदल्ने प्रयास धेरै गरेँ, तर सकिनँ। अनि यही सिस्टममा रहेर आफूलाई असफल करार दिनुभन्दा बिदा लिनु उचित ठानेँ।'

चारवर्ष नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्ने क्रममा पुबुदु एउटा प्रष्टवक्ताका रूपमा समर्थकका लागि सधैँ प्रिय भए। तर, गलत कुराविरुद्धमा प्रष्ट विचार राख्दा क्रिकेट प्रशासनसँग भने सुरुआती दिनदेखि नै उनको दुरी बढ्न थाल्यो। पुबुदुको पूरा नेपाल बसाइमा सफलतासँगै विवाद पनि मुख्य पाटोमारहिरह्यो। प्रष्टसँग आफ्ना भावना राखेकै कारण उनले टोलीलाई ठूल्ठूला अन्तर्राष्ट्रिय सफलता दिलाएर फर्किंदा समेत सम्झौता नवीकरणका नाममा अपमानजनक व्यवहार सहनुपर्योू।

नेपाली टोलीसँगको सम्बन्धलाई जागिरभन्दा पनि करिअरको महत्वपूर्ण कोसेढुंगा बनाउने अठोटका कारण पुबुदुले मैदानभित्र धेरै सफलता आर्जन गरे। केही गर्ने भोक पूरा गरे। खेलाडी र खेलप्रेमीको नजरमा नायक पनि बने। तर, त्यही कारण उनी सबैभन्दा बढी माया पाएको देश र सर्वाधिक सफलतामा रमाएको काम छोड्नुपर्ने अवस्थामा पुगे।

'बाहिरबाट हेर्दा मैले पैसाका लागि जागिर गरे जस्तो देखिन्छ, तर नेपाली टिम मेरा लागि यो जागिर मात्र थिएन। म यहाँ केही गर्न चाहन्थे। जागिरको लागि मात्र भएको भए यहाँको सिस्टमसँग मिलेर लामो समयसम्म बस्न सक्थेँ,' पुबुदु भावुक भए, 'यहाँ केही गलत भइरहेको छ र त्यसमा परिवर्तन आवश्यक छ। खेलाडीहरू मैदानमा देशका लागि केही गरौं भनेर डटेर खेल्छन् तर अरुमा त्यस्तो देखिँदैन। एउटा प्रशिक्षकका रूपमा चुप लागेर बसेको भए त्यो गलत हुन्थ्यो। मैले त्यसको विरोध गरेँ। सायद त्यही कारण अहिले मैले छोडनुपर्ने अवस्था आयो।'

नेपाली क्रिकेट, यहाँका समर्थक र माहोलसँग बिदा हुन पुबुदुका लागि अहिले सहज भइरहेको छैन। उनीसँग सम्झनका लागि धेरै कुरा छन्। 'यहाँ बनाएका साथी, प्रतिबद्ध, मिहिनेती र सिक्न चाहने खेलाडी, सहृदयी नेपाली, क्रिकेट भनेपछि मरिहत्ते गर्ने समर्थक अनि आफूले पाएको सम्मान' पुबुदुले सधैँ सम्भि्कइरहने विषय हुन्। 'मलाई लाग्छ विश्वको कुनै पनि ठाउँमा मैले यस्तो पाउन मुस्किल छ,' उनी भावुक भए।

चार वर्षअघि नेपाली क्रिकेटबारे धेरै अध्ययन गरेरमात्र पुबुदुलेनेपाल आउने निर्णय लिएका थिए। नेपाली खेलाडीमा असीमित प्रतिभा छ भन्ने जानकारी उनले क्यानाडामै बसेर लिएका थिए। त्यही जानकारीका आधारमा नेपालमा केही गर्न सकिने विश्वाससाथ करिअरको एउटा स्मरणीय अध्याय सुरु भएको उनले बताए। उनी आउँदा नेपाली खेलाडीमा प्राविधिक क्षमता भरपुर भए पनि त्यसको सही उपयोग हुन सकिरहेको थिएन। खेलाडीहरू प्राविधिक रूपमा ठिक सटमात्र खेल्थे, जोखिम मोलेर लामो सट खेल्न डराउँथे। जुन विश्व क्रिकेटको कान्छो स्वरुप ट्वान्टी–२० का लागि सुहाउन्नथ्यो। तर, पुबुदुको आगमनसँगै खेलाडीमा लामो सट खेल्ने आत्मविश्वास बढ्दै गयो। २० ओभरको क्रिकेट नेपालका लागि होइन भन्ने गरिन्थ्यो। जबकि त्यही स्वरुपमा विश्वकपसम्म पुगेर नेपाली क्रिकेटले इतिहास निर्माण गर्योक।

तर, पुबुदु यसमा जस लिन चाहँदैनन्। भन्छन्, 'खेलाडीले राम्रो गरे। त्यसमा खुसी छु। प्राविधिक रूपमा नेपाली क्रिकेट राम्रो छ। ट्वान्टी–२० मा लामो सटहरू धेरै खेल्नुपर्छ। अझै धेरै गर्न बाँकी छ। नेपाली क्रिकेटमा धेरै चुनौती बाँकी छन्।'

पुबुदु लागि नेपाली क्रिकेटसँगको अनुबन्ध सजिलो काम थिएन। उनकै अनुभवमा नेपाली क्रिकेट तातो प्लेटमाथि छ। व्यवस्थापन सानो कुरामा चुक्दा पनि ठूलै मूल्य चुकाउनुपर्ने जोखिम थियो, छ। तर, पुबुदु यसमा खरो उत्रिन सफल भए। पछिल्लो समय नेपालले खेलेका मुख्य प्रतियोगिता डिभिजन २, विश्वकप छनोट र विश्व क्रिकेट लिग हुन्। जसमा नेपालका नतिजा सुखद हुन सकिरहेका छैनन्। डिभिजन २ मा ६ तथा विश्वकप छनोटमा ६ गरी नेपालले कुल १२ खेल खेल्दा ४ जित पाएको थियो। एक खेल नतिजाविहीन भयो भने ७ खेलमा पराजयको मुख देख्नुपर्योे। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले चार खेल खेल्दा एउटै जित हासिल गर्न सकेको छैन।

'पछिल्लो समय नतिजा आउन नसकेको पक्का हो। तर,हामीले खेलेका पछिल्ला १० मध्ये ७ खेलको निर्णय अन्तिम ओभरमा आएका थिए। भाग्यवश, तीन खेलमा हामीले विजय हासिल गर्यौं्। बाँकी खेलमा विपक्षीलाई भाग्यले साथ दियो,' उनले भने, 'विश्व क्रिकेट लिगमा पनि हामी चारमध्ये तीन खेलमा जितनजिक पुगेका थियौं। तर, अन्तिम ओभरमा भाग्यको साथ नपाउँदा निराश हुनुपर्योि।'

विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन ३, ४ वा ५ भन्दा धेरै माथिल्लो स्तरको प्रतियोगिता भएकाले तयारीमा विशेष जोड दिनुपर्ने पुबुदुको सुझाव छ। खेलाडीमा प्रचुर प्रतिभा भए पनि निखार्न नसक्दा नतिजाबाटटाढिनुपरेको उनको अनुभव छ। 'एउटा खेल खेलेपछि अर्को खेलको बीचमा दुई/तीन महिनाको अन्तर हुन्छ। त्यो बीचमा कडा मिहिनेत र विशेष तयारी आवश्यक हुन्छ, जुन हुन सकिरहेको छैन,' उनले भने, 'बीचको खाली समयमा हामीले प्रत्येक खेलाडीमा १५/२० प्रतिशत सुधार ल्याउन सक्छौं। तर, सही तयारी हुन नसक्दा खेलाडीको फर्म खस्किने गर्छ र नतिजा प्रभावित हुन्छ।'

नेपाली क्रिकेटमा समर्थकको क्रेज र सञ्चारमाध्यमको अत्यधिक चासोका कारण विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसी सकारात्मक भएको पुबुदुले चारवर्षे बसाइका क्रममा चाल पाए। 'आइसिसी नेपाललाई एसोसिएट्सको बलियो राष्ट्रमात्र नभई कुनै दिन पूर्ण सदस्य भएको हेर्न चाहन्छ,' पुबुदुको बुझाइ छ, 'तर, त्यसका लागि यहीँबाट केही प्रयास हुनुपर्छ। घरेलु संरचनामा पूरा परिवर्तन आवश्यक छ। सबै क्षेत्र र उमेर समूहका लागि कम्तीमा ६ महिनाको घरेलु क्रिकेट सिजन हुनुपर्छ। मैले नेपाल बसाइमा गर्न नसकेको एउटा महत्वपूर्ण काम त्यही हो।'

जाँदाजाँदै नेपाली क्रिकेट प्रशासनलाई पुबुदुको सुझाव छ,'नेपालको समय गुजि्रइसकेको छ। अब ढिलो भइसक्यो। यो कामका लागि भोलि भन्ने मौका नेपाललाई छैन। त्यसैले आजै घरेलु संरचनामा सुधार गरे नेपालले आइसिसीको पूर्ण सदस्यता पाउने दिन टाढा नहुन सक्छ। सिनियर टोलीले राम्रो गरिरहेको छ, त्यसका लागि ब्याकअप प्लान र संरचना छैन। यस्तो हुँदा केन्याजस्ता धेरै देशको क्रिकेट खस्केको उदाहरण छन्। नेपालले केन्याको नियति भोग्नु नपरोस्। व्यक्तिगत रूपमा भन्ने हो भने प्रशिक्षकको जात नै कहिल्यै सन्तुष्ट हुन सक्दैन। तर,धेरै सीमितताका बाबजुद जे गर्न सकियो, त्यसमा म पूरा खुसी छु।'
अर्को समाचार
महात्मा गान्धीको अन्तिम दिन
१६ असोज २०७५
•
३ मिनेट पाठ
महात्मा गान्धीको अन्तिम दिन
मनु र आभाका साथ गान्धी
आभा मुस्कुराइन् र भनिन्, 'आज तपाईको घडिले सोच्दै होला मेरो नजरअन्दाज गरियो।' महात्मा गान्धीले भने, 'मरो घडिको तर्फ किन हेरौं।' गान्धी फेरी गम्भिर बने, 'तिम्रो कारणले १० मिनेट ढिलो भइसक्यो। नर्सको कर्तव्य यस्तो हुन्छ जहाँ भगवान नै उपस्थित भए पनि आफ्नो काम छोड्न हुँदैन। प्रार्थना सभामा एक मिनेटको ढिलो पनि गलत हुन्छ।'

यस्तै कुरा गर्दा गर्दै गान्धी प्रार्थना स्थलमा पुगे। दुई बालिकाको काँधबाट हात हटाएर गान्धीले त्यहाँ उपस्थितहरुलाई दुई हात जोडेर अभिवादन गरे।

देब्रे तर्फबाट नाथुराम गोडसे उनको तर्फ झुके। त्यहाँ लाग्यो उनले गान्धीको पाउ छुन खोज्दै छन्। आभाले चर्को स्वरमा भनिन्, 'उहाँलाई पहिले नै ढिलो भइसकेको छ। बाटोमा डिस्टर्व नगरिदिनुस्।' तर गोडसेले उनलाई धक्का दिए। उनको हातबाट माला र पुस्तक भुईमा खस्यो।

पुस्तक र माला टिप्न उनी निहुरिइन त्यही समय गोडसेले पिस्तोल निकाले र एक पछि अर्को गर्दै तीन गोली गान्धीलाई हाने। गान्धीको मुखबाट 'राम…रा…म' शब्द निस्यो र जीवनहिन शरीर भुईमा ढल्यो। आभाले भुईमा लडेका गान्धीको सिरलाई आफ्नो हातको सहारा दिइन्।

नाथुरामलाई तुरुन्दै गिरफ्तार गरियो। त्यहाँ रहेका माली रघुनाथले आफ्नो हातमा रहेको खुर्पाले नाथुरामको टाउकोमा प्रहार गरिदिए। नाथुरामको टाउकोबाट रगत बग्न थाल्यो। तर नाथुरामका भाइ गोपाल डोड्सेले आफ्नो पुस्तक 'गान्धी वध और मैं' पुस्तकमा यसको खण्डन गरेका छन्। उनी गिरफ्तार भएपछि कसैले उनको टाउकोमा छडिले हान्यो र रगत बग्न थाल्यो।

गान्धीको हत्या भएको केसी मिनेटमै लार्ड माउन्टबेटन त्यहाँ पुगे। कसैले गान्धीको चस्मा निकालिदियो। मैनवत्तिको उज्यालोमा विना चस्मा निष्प्राण गान्धीको शरिरलाई उनले पहिचान गर्न कठिन भयो। माउन्टबेटनले गुलाव गान्धीको शरिरमा राखिदिए। भारतका अन्तिम भायसराय उस व्यक्तिलाई श्रद्धाञ्जली दिँदै थिए जसले उनीहरुको राम्राज्यको अन्त गरेका थिए।

जर्ज वर्डान शाले गान्धीको हत्याबारे भनेका छन्, 'यसले के देखाउँछ भने असल हुनु कति खतरनाक छ।' मोहम्मद अली जिन्नाले आफ्नो शोक सन्देमा यस्तो लेखे, 'उनी हिन्दु समुदायका महानतम मानिस मध्येका एक थिए।' जिन्नलाई कसैले भन्यो उनी एक समुदाय भन्दा माथी थिए। तर जिन्दा आफ्नो भनाईमा अडिग रहे।

बीबीसी हिन्दीबाट
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस