काठमाडौं- सशस्त्र प्रहरीको एपिएफ क्लब र न्यु डायमन्ड एकेडेमीले ११औं ढोरपाटन डबल लिग महिला भलिबलमा अपराजित यात्रा जारी राखेका छन्। प्रतियोगिताका एपिएफ र न्यु डायमन्डमात्र अपराजित टोली हुन्। एपिएफले बिहीबार पश्चिमाञ्चल भलिबल संघ र न्यु डाइमन्डले रामेछापको चन्डेश्वरी युवा क्लबलाई सोझो सेटमा हराए। साबिक विजेता एपिएफले २५–१३,२५–११, २५–१४ ले जित पायो।
साविक उपविजेता डायमन्डले २५–५,२५–२, २५–१२ को नतिजामा सफलता पाएको हो।
नयाँ बसपार्कस्थित कोर्टमा बिहीबार दुई खेल खेल्न एकमात्र टोली विन्ध्यावासिनी टोखादुवै खेलमा निराश हुनुपर्यो । एपिएफसहित तीनै विभागीय टोलीले भने सफलता पाएका थिए।
विन्ध्यावासिनीले बुटबलको एभरेस्ट स्कुल र नेपाल पुलिस क्लब दुवैसँग हार बेहोरेको थियो। एभरेस्टसँग२५–१३,२५–४, २५–११ को हार स्विकारेको विन्ध्यावासिनीले पुलिससँगको खेल २६–६,२५–२,२५–३ ले गुमाएको थियो।
अर्को विभागीय टोली त्रिभुवन आर्मीले चितवनको जानकी उमाविमाथि २५–१९,२५–१२,२५–७को नतिजामा हरायो।
बिहीबारै अर्को खेलमा एन्जल्स हार्ट उमाविले विजेश्वरी ज्ञानमन्दिरलाई २५–६,२५–१४, २५–९ ले पराजित गर्यो।। बिहीबार नतिजापछि एपिएफसँग २४ र दुई खेल कम खेलेको न्यु डाइमन्डसँग १८ अंक छ। सुरुआतबाटै यी दुई टोलीलाई दाबेदारका रूपमा हेरिएको छ। त्यसैकारण न्यु डायमन्डका प्रशिक्षक कुमार राईले एपिएफसँग शनिबार हुने खेललाई निर्णायक मानेका छन्। तथापि कुनै पनि टोलीले अर्को टोलीसँग दुईपटक खेल्नुपर्नेछ।
बुधबार प्राविधिक कारणले रोकिएका खेल मंसिर २९ र पुस २ मा खेलाउने निर्णय भएको आयोजक ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरले जनाएको छ। एन्जल्स हर्ट र एपिएफको बुधबारतय भएको खेल मंसिर २९ र नेपाल पुलिस र पश्चिमाञ्चल तथा आर्मी र एभरेस्ट बोर्डिङबीचको खेल पुस २ हुनेछ।