विवादबीच क्रिकेटको साधारणसभा सुरु
२८ मंसिर २०७२
•
५ मिनेट पाठ
विवादबीच क्रिकेटको साधारणसभा सुरु
काठमाडौं- विवादबीच नेपाल क्रिकेट संघ(क्यान) को चौथो साधारणसभा सोमबार सुरु भएको छ। अध्यक्ष टंक आङबुहाङको अनपस्थितिमा सुरु भएको साधारणसभाको उद्घाटन समारोहमै असन्तुष्ट पक्षले कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए। उद्घाटनमा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल आउने कार्यक्रम तय थियो। तर, मन्त्री नआएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख धनराज गुरुङले साधारणसभाको उद्घाटन गरेका थिए।

दुईदिने साधारणसभामा ८२ मध्ये ७१ प्रतिनिधि उपस्थित थिए। क्यानउपाध्यक्ष चतुरबहादुर चन्दले साधारणसभालाई सम्बोधन गरिरहँदा उपाध्यक्षद्वय केशव घिमिरे र सुनीलमान अमात्यले मञ्चमै गएर सभा स्थगित गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

घिमिरेको नेतृत्वमा रहेका सदस्यहरूले 'राखेप आऊ, क्रिकेट बचाऊ' भन्ने नारा लेखिएको प्ले कार्डसमेत बोकेका थिए। घिमिरे समूहले विरोध गरेपछि स्थिति सहज बनाउन प्रहरीले उनीहरूलाई मञ्चबाट तल झारेको थियो। त्यसपछि विवादबीच उपाध्यक्ष चन्द र अन्य प्रतिनिधिले साधारणसभा अगाडि बढाउन माग गरे।

चार वर्षअघि पहिलोपल्ट निर्वाचन प्रक्रियाबाट क्यानको नयाँ कार्यसमिति चयन गरिएको थियो। उक्त कार्यसमितिको अवधि दुई दिन बाँकीमात्र छ।

यसअघि कात्तिक महिनामै क्यानको निर्वाचन गर्ने तय भएको थियो। राष्ट्रिय खेलकुद परिषद(राखेप)ले प्रक्रिया नपुगेको भन्दै निर्वाचन सार्न आदेश दिएको थियो।

तोकिएको मितिमा साधारणसभा नभएपछि पुस २८ र २९ मा काठमाडौंमा गर्ने क्यानले निर्णय गरेको थियो। तर, अध्यक्ष आइबुहाङले अहिले हुन लागेको निर्वाचन आफ्नो परामर्शबिना हुन लागेको भन्दै राखेपलाई पत्र लेखेपछि साधारणसभा अन्योलमा परेको थियो।राखेपले साधरणसभाका लागि निर्वाचन समितिसमेत पठाएको थिएन।

उद्घाटन समारोधमा गुरुङले राखेपले क्यानमाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लगाए। 'पूर्वनिर्धारित साधारणसभामा निर्वाचन प्रतिनिधि नपठाउनु भनेको राजनीतिक हस्तक्षेप हो। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाइरहेको खेल हो क्रिकेट। सबैले क्रिकेटमा लाखौं डलर आउँछ भन्छन्। उनीहरूको आँखा पैसामा छ, क्रिकेटको विकासमा होइन। त्यसैले क्यानमा जसले लामो समयदेखि योगदान गरेको छ उनीहरूले नेतृत्व गर्नुपर्छ,' गुरुङले भने, 'क्रिकेटमा अहिले सबैको गिद्दे नजर लागेको छ। आफ्नो महत्वाकांक्षा पूरा गर्न खोजिरहेका छन्। तर, राखेपले यसरी प्रजातान्त्रिक प्रक्रियाबेवास्ता गर्छ भने हामी चूप लागेर बस्दैनौं। उनीहरूको गल्तीहामी सार्वजनिक गर्छाैं।'

क्यानका महासचिव अशोकनाथप्याकुर्यागलले प्रजातान्त्रिक प्रक्रियाबाट चल्न लागेको क्यानमाथिको हस्तक्षेप सिंगो खेलकुदमाथिको हस्तक्षेप भएको बताए। उनले भने, 'क्यान प्रजातान्त्रिक प्रक्रियाबाट चल्न खोजेको छ। अधिकांश प्रतिनिधि साधारण सभामा उपस्थित छन्। तर, यहाँ आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नसभा नै रोक्न खोजिँदैछ। यो विधान र आइसिसीको नियमविपरीत छ।'

कैलालीको प्रतिनिधित्व गरेका हरि रेग्मीले अध्यक्ष आङबुहाङले क्रिकेटलाई अन्योलतातर्फ धकेल्ने प्रयास गरेको बताए। 'धेरै समस्याबीच साधारणसभामा ७१ प्रतिनिधिउपस्थित छन्। तर, अध्यक्षले धाक र धम्कीबाट संघलाई चलाउन खोज्नुभयो। वैधानिक तरिकाले राखेपसँग निर्वाचन समिति माग्दा बेवास्ता गरिएको छ। यसले जिल्ला र क्षेत्रको क्रिकेटलाई पनि असर गरेको छ।'

क्यानका जिम्मेवारी पदाधिकारीले उचाइमा पुगेको क्रिकेटलाई अन्योलतामा धकेल्ने कार्य गरिरहेको रेग्मीको आरोप थियो।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस