चितवन–नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको आयोजनामा बुधबारबाट भरतपुरमा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा २७ समूहले प्रतिस्पर्धा गर्दैछन् । तीनवटा समूह नवलपरासीका हुन् भने बाँकी समूह चितवनकै हुन्। प्रतियोगिता पुस १९ गतेसम्म सञ्चालन हुने छ।नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय उप–महासचिव बद्रीनाथ पोखरेलले प्रतियोगिातको उद्घाटन गरेका थिए । क्यानसर हुने ८० प्रतिशत कारण धुमपान रहेको र धुमपानमा अधिकांश किशोर किशोरी तथा युवा युवती आर्कषित हुने गरेकाले खेलका माध्यमले उनीहरुलाई धुमपान विरोधी सन्देश दिन भलिबल प्रतियोगिता आयोजना गरेको उप–महासचिव पोखरेलले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान इकाइका प्रमुख किशोर प्रधानाङ्गले नेपालमा फोक्सोको क्यान्सर पहिलो र मुखको क्यान्सर दोस्रो नम्बरमा रहेको बताए ।
उनले भने 'यी रोगको मुख्य कारण सुर्ती तथा चुरोट खानु हो । खैनी चुरोट खानेमा युवा बढी छन् । यस्तो सन्देश युवामाझ पु¥याउन खेल राम्रो माध्यम हो। सन्देश पुगेका युवाहरु सजग हुने छन् ।' भलिबल प्रतियोगिता भरतपुर क्यान्सर अस्पताल हातभित्रै सञ्चालन भएको छ । प्रतियोगिता स्थलमा क्यान्सर विरोधी सन्देश लेखिएका ब्यानरहरु राखिएका छन् ।
नेपाल अर्बुद रोग निवारण संस्था चितवनका सभापति दिनेशकुमार चुकेका अनुसार प्रतियोगितामा विजयी समुहलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा पहिलो हुने समुहले २० हजार, दोस्रो हुनेले १२ हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद पाउने अध्यक्ष चुकेले जानकारी दिए ।
प्रतियोगिताका संयोजक अर्जुन घिमिरेका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एकजना भलिबल खेलाडीलाई पनि ट्रफी र सम्मानपत्र दिइने छ । चितवन जिल्ला भलिबल संघका अध्यक्ष प्रकास चुकेले २७ समूहको भलिबल प्रतिस्पर्धा जिल्लाका लागि निकै ठुलो आयोजना भएको र यसले भलिबलको उत्थानमा र स्वास्थय चेतनामा महत्वपुर्ण असर पार्ने बताए ।