दुविधामा ओजेम्स
१९ पौष २०७२
•
८ मिनेट पाठ
दुविधामा ओजेम्स
काठमाडौं- नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रुपमा पहिलो प्रतियोगितामै लज्जाजनक हार बेहोरेपछि बेल्जियन प्रशिक्षक प्याटि्रक ओजेम्सले अर्को महिना सकिने सम्झौता नवीकरण नगर्ने बताएका छन्।भारतको केरालामा जारी साफ च्याम्पियनसिपको समुह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि नेपाल घर फर्किएको थियो। लगातार तेस्रो पटक सेमिफाइनल पुग्ने लक्ष्यका साथ भारत पुगेको टोली निराश भएर फर्किएलगत्तै ओजेम्स एक साताको विदा मनाउन बेल्जियम गएका थिए। शनिबार उनले उतैबाट टि्वट गर्दै सम्झौता नवीकरण नगर्ने घोषणा गरेका थिए।

तर अखिल नेपाल फुटबल संघ (एन्फा) मा भने उनले लामो समयको सम्झौता पाए फर्किने इच्छा देखाउँदै इमेल गरेको नेपाली फुटबलको सर्वोच्च निकायले जनाएको छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले ओजेम्सले एन्फालाई त्यस्तो कुनै जानकारी नगराएको बताए। 'मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हूँ। आधिकारिक रुपमा केही थाहा छैन,' तुलाधरले भने, 'प्रशिक्षकले हाम्रा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलाई इमेल गरेर फेब्रुअरीपछि लामो समयको सम्झौता पाउने की नपाउने भनेर चासो व्यक्त गरेका छन्। लामो समयको योजनासहित हामीले प्रस्ताव गरे उनी नेपाल बस्न इच्छुक छन्।'

६ महिनाको सम्झौता गरेर सेप्टेम्बरमा नेपाल आएका उनको सम्झौता फेब्रुअरीमा सकिन्छ।

'नेपाली फुटबल विकासलाई दिएको योजनामा एन्फाको कुनै प्रतिक्रिया आएन। त्यसैले म सम्झौता नविकरण गर्नेछैन,' ओजेम्सले शनिबार टि्वटरमा लेखेका थिए।

प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका तुलाधरका अनुसार ओजेम्सले एन्फा कार्यवहाक अध्यक्ष श्रेष्ठलाई मंगलबार नेपाल आउने जानकारी गराएका थिए। उनी फ्रान्स गएलगत्तै एन्फाले शुक्रबारबाट बंगलादेशमा सुरु हुने बंगबन्धु कपमा सहभागी हुने यू–२३ टोलीको प्रशिक्षण जिम्मेवारी बालगोपाल महर्जन र उपेन्द्रमान सिंहलाई दिइसकेको छ। साफ च्याम्पियनसिपमा दुवै ओजेम्सका सहायक थिए।

सम्झौता अझै दुई महिना बाँकी रहेकोले उनी फर्कने वा नफर्कने निश्चित छैन। 'सम्झौता अवधि बाँकी रहेकाले उनी फर्कन्छन् भन्ने आशा गरौं,' सिइओ तुलाधारले भने, 'उनले राजीनामा दिए वा सम्झौता भंग गर्ने औपचारिक जानकारी गराए भने आवस्यकता अनुसार निर्णय लिनेछौं।'

ओजेम्सले लिखित रुपमा कुनै योजना नदिएको जीकिर गर्दै तुलाधारले मौखिक योजना पूरा गर्न नसकिएको स्वीकारेका छन्। 'साफ च्याम्पियनसिपको तयारीका लागि उनले वैदेशिक प्रशिक्षण र कम्तिमा दुई मैत्रीपूर्ण खेलको माग गरेका थिए,' तुलाधरले भने, 'तर आन्तरिक कारणले गर्दा उनको माग पूरा गर्न एन्फा सक्षम भएन।'

झन्डै तीन महिना स्वेदशमै तयारी गरको नेपाली टोलीले साफ च्याम्पियनसिप सुरु हुन केही दिन बाँकी रहँदा ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो। त्यो खेलमा नेपालले १–० को हार बेहोरेको थियो। ओजेम्सको नेतृत्वमा नेपालले खेलेका सबै तीन खेलमा पराजय भोग्नुपर्योख। बंगलादेशसँग पराजित भएपछि साफ च्याम्पियनसिपको समुह चरणमा नेपाल श्रीलंकासँग १–० तथा भारतसँग ४–१ ले पराजित हुँदै घर फर्किएको थियो। श्रीलंका र भारतसँग पराजित भएपछि नेपाल पछिल्ला तीन संस्करणमा पहिलो पटक समुह चरणबाट बाहिरिएको थियो। साफ च्याम्पियनसिपको फाइनलमा आइतबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

विगतमा एन्फाले साफ च्याम्पियनसिपका लागि विदेशमासहित महिनौ लामो प्रशिक्षण तथा मैत्रीपूर्ण खेलको व्यवस्था गर्ने गरेको थियो।

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी लिएर छोटो समयमै विदा हुन चाहने ओजेम्स पहिलो प्रशिक्षक होइनन्। ओजेम्स आउनुभन्दा केही महिनाअघिमात्र एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएका ध्रुव केसीलाई केही समयमै एन्फाले हटाएको थियो। केसीलाई प्राविधिक निर्देशक बनाउँदै ओजेम्सका लागि ठाउँ खाली गरिएको थियो।

स्वदेशी प्रशिक्षकका हकमा एन्फाले सधै जस्तो पटके अवधारणा अख्तियार गरेको थियो। प्रतियोगिता समाप्तीसँगै नेपाली प्रशिक्षकको जिम्मेवारी पनि समाप्त हुन्थ्यो। २००८ मा नियुक्त भएका जर्मन प्रशिक्षक थोमस फ्लाथले दुईवटा प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए। कम्बोडियामा एएफसी च्यालेन्ज कप समुह चरणबाट नेपाललाई अन्तिम चरणमा पुर्यापएका फ्लाथ त्यहीबाट टोली लिएर साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुगेका थिए। माल्दिभ्समा नेपाली टोली समुह चरणबाट बाहिरिएपछि फ्लाथ नेपाल नआई स्वदेश फर्किएका थिए। २००५ को साफ च्याम्पियनसिपका लागि पनि जापानी प्रशिक्षक तोसिहिको सिजावाले छोटो समय राष्ट्रिय टोलीको बागडोर सम्हालेका थिए।

ओजेम्स अघिका दुई विदेशी प्रशिक्षकले भने झन्डै २/२ वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए। बेलायती प्रशिक्षक ग्राहम रोबर्टसको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिप २०११को सेमिफाइनल र अर्को वर्ष एएफसी च्यालेन्ज कपको अन्तिम चरणका लागि छनोट भएको थियो। ग्राहमपछिका प्रशिक्षक ज्याक स्टेफानोस्कीको नेतृत्वमा नेपाल काठमाडौंमा भएको पछिल्लो संस्करणमा सेमिफाइनल पुगेको थियो। १९८१ मा रुडी गुटेनडर्फले नेपाली राष्ट्रिय टोली हेरेयता ओजेम्स १७ औं प्रशिक्षक हुन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस