झापा- दार्जिलिङ –११ प्रथम काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ। आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई आइतबार २–१ ले हराउँदै पाहुना टोली सेमिफाइनल पुग्न सफल भएको हो।
दार्जिलिङका खेलाडीको तुलनामा होचा र पातला देखिने आयोजकतर्फका खेलाडीलाई दार्जिलिङले शुरुदेखि नै दवावमा राखेको थियो। खेलको ३२ औँ मिनेटमा दार्जिलिङका लागि लाक्पा तामाङले पहिलो गोल गरे। खेलको म्यान अफ दी म्याच समेत घोषित लाक्पाले दोस्रो हाफको ३८ औं मिनेटमा गोल थपे। दोस्रो गोलमा कप्तान प्रमोद क्षेत्रीले पास मिलाइदिएका थिए।
काँकडभिट्टाले पटक पटक गोल गर्ने अवसर पाए पनि खेलाडी फिनिसिङमा चुके। काँकडभिट्टाले ७९ औ मिनटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै गोल अन्तर घटायो। तर, त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो। दार्जिलिङका कप्तान प्रमोद आयोजकका पुजन उपरकोटीलाई पेनाल्टी बक्सभित्र लडाएपछि आयोजकलाई पेनाल्टीको अवसर मिलेको थियो। खमिर ग्गिल्सन राईले पेनाल्टीको मौका सदुपयोग गरेका थिए।
प्रतियोगितामा सोमबारको कञ्जनजंघा फुटबल क्लब सिलीगुढी र चर्च व्वाईज क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ।