फाइनल पुग्ने नेपालको आशा
१५ साउन २०७९
•
२ मिनेट पाठ
फाइनल पुग्ने नेपालको आशा
नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यु–२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारतको सामना गर्दा सुखद नतिजासहित फाइनल प्रवेशको सम्भावना बलियो पार्ने बताएका छन्।




दुई खेलको समाप्तीमा सतप्रतिशत नतिजासहित ६ अंक जोडेको नेपाल पाँच टोली सम्मिलित च्याम्पियनसिपको राउन्ड रोबिन लिगको दोस्रो स्थानमा छ। तीन खेलमा तीन वटै खेल जितेको बंगलादेश ९ अंकसहित शीर्षमा छ। भारत दुई खेलबाट तीन अंकसहित तेस्रो स्थानमा छ। समान दुई खेल खेलेको माल्दिभ्स र तीन खेल खेलेको श्रीलंकाले भने अंक खाता खोल्न सकेका छैनन्। माल्दिभ्स र श्रीलंकाको फाइनल पुग्ने सम्भावना समाप्त भैसकेको छ।

राउन्ड रोबिनका आधारमा जारी प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने राष्ट्र फाइनल पुग्नेछ। तीन खेलमा सतप्रतिशत जित निकालेको बंगलादेश फाइनलमा पुगिसकेको छ। अब फाइनलको दौडमा नेपाल र भारत छन्। भारतलाई नतिजा सुम्पिएमा नेपालले फाइनल प्रवेशका लागि मंगलबार बंगलादेशविरुद्ध हुने समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ। नेपालले सुखद नतिजा ल्याएमा भने भारतको यात्रा समूह चरणमा समाप्त हुनेछ। यी दुई टोलीले अंक बाँडेमा भने दुवै टोलीले अन्तिम दिनको नतिजा कुर्नुपर्नेछ।

‘फाइनल प्रवेशका लागि भारतविरुद्धको खेल निकै महत्त्वपूर्ण छ,’केसीले भने, ‘हामीले राम्रो तयारी गरेका छौं, त्यसैले भारतविरुद्ध सुखद नतिजासहित फाइनलमा स्थान बनाउनेमा विश्वस्त छौं। भारतलाई नतिजा सुम्पिए वा अंक बाँडे हामीले अन्तिम खेलमा जित्नैपर्ने दबाब हुनसक्छ।’ लगातार दुई खेलमा निकालेको सानदार जितले टोलीको मनोबल बढेकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथ सुखद नतिजा ल्याउने प्रशिक्षक केसीको भनाइ छ।

‘दक्षिण एसियामा सबै टोलीको स्तर उस्तै हो। त्यसैले कोही टोली माथि छैनन्,’केसीले भने, ‘प्रतियोगितामा आउनुअघि नै तेस्रो खेल भारतविरुद्ध र अन्तिम बंगलादेशविरुद्ध छ भन्ने थाहा पाएर नै हामी आएका हौं। यहाँ आएर प्रतिद्वन्द्वी निर्धारण भएको होइन। हामी उपाधि जित्न आएका हौं। त्यसैले सबै टोलीको चुनौती पन्छ्याउन हामी तयार छौं।’ पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि पनि ३–० को फराकिलो नतिजा निकालेको थियो।

यता पहिलो खेलमा बंगलादेशलाई २–१ को नतिजा सुम्पिएको साबिकको विजेता भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै फाइनल प्रवेशका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ। 
अर्को समाचार
साफ महिला यु–१९ च्याम्पियनसिप: भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालको सम्भावना कायमै
१९ माघ २०८२
•
२ मिनेट पाठ
साफ महिला यु–१९ च्याम्पियनसिप: भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालको सम्भावना कायमै
बंगलादेश साफ महिला यु–१९ च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा बंगलादेश लगातार दोस्रो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा भुटानलाई पराजित गरेको बंगलादेशले सोमबार भएको खेलमा भारतलाई पराजित गर्यो ।  




सोमबारको खेलमा बंगलादेशले भारतलाई २–० ले हरायो । पहिलो खेलमा भुटानविरुद्ध एक दर्जन गोल गरेको बंगलादेशले सोमबारको खेल पनि एकतर्फी पेलेको थियो । सुरुदेखि नै आक्रामक रणनीतिमा उत्रिएको बंगलादेशले खेलको २९ औं मिनेटमा गोलको खाता खोलेको थियो । बंगलादेशकी अर्पिताले गोल गर्दै अग्रता दिलाएकी थिईन् । त्यसको ११ मिनेटपछि अल्पीले थप गोल गर्दै अन्तर दोब्बर पारिन् । त्यसपश्चात दुबैतर्फ गोल हुन नसकेपछि बंगलादेश बिजयी हुँदै फाइनलमा प्रवेश गर्यो ।  

सोमबार नै भएको दोस्रो खेलमा घरेलु टोली नेपालले भुटानलाई २–१ ले पराजित गर्यो । पहिलो खेलमा भारतसँग पराजित नेपालले दोस्रो खेल जितेसँगै फाइनल पुग्ने आशा बाँकी छ । पहिलो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।  

सोमबार नेपालका लागि सिर्जना बडुवालले ३५ औं मिनेटमा गोल गर्दै खाता खोलेकी थिईन् । मैदानको बायाँ साईडबाट पेनाल्टी बक्स बाहिरबाट हानेको उनको प्रहार सिधै गोलमा परिणत भएको थियो । ६९ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । यसपटक प्रजिता राईले वान टच प्रहार गर्दै जाली चुमाईन् । भुटानका लागि सोनाम छेदेनले गोल गर्दै गोल अन्तर कम गरेकी थिईन् । उनले खेलको ८७ औं मिनेटमा गोल गर्दै बराबरी गर्ने आशा जिवित राखेपनि त्यसपछि थप गोल गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिएको छ ।  

जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । नेपाल र भारत दुवैको समान २ खेलबाट ३–३ अंक भए पनि गोलअन्तरमा नेपाल अगाडि छ । नेपालको गोलअन्तर शून्य रहेको छ भने भारतको गोलअन्तर १ रहेको छ ।

अब नेपालले आफ्नो समूह चरणको अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ भने भुटानले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।  

समूह चरणको खेलमा अंक तालिकाका शीर्ष स्थानमा रहेका दुई टोलीले फाइनल खेल्नेछन् ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस