दुई वर्षपछि नेपाललाई जितको खुसी
२९ पौष २०७२
•
९ मिनेट पाठ
दुई वर्षपछि नेपाललाई जितको खुसी
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले १३ अन्तर्राष्ट्रिय खेलयता पहिलोपल्ट जित हासिल गरेको छ। बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलअन्तर्गत बुधबार आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको राष्ट्रिय टोलीमाथि १–० को जित पाउँदै दुई वर्षभन्दा लामो जितको खडेरीचिरेको छ।




विमल घर्तीमगरले दोस्रो मिनेटमै गरेको गोल नेपाललाई जित दिलाउन पर्याप्त रह्यो। रविन श्रेष्ठको पास सदुपयोग गर्नेक्रममा साफ यु–१९ च्याम्पियन टोलीका कप्तान विमलले गोलको खाता खोलेका थिए। राष्ट्रिय टोलीका लागि यो उनको १३ औं गोल हो। उनले यसै महिना भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतसँग ४–१ को हार भोग्दापनि गोल गरेका थिए। उनले पहिलो गोल सन् २०१३ को सेप्टेम्बरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा पाकिस्तानसँगको १–१ को बराबरीमा गरेका थिए।

श्रीलंका त्यही टोली हो, जोसँग नेपालले पुस ८ मा साफ च्याम्पियनसिपको पहिलो खेलमा १–० को हार बेहोरेको थियो। २१ दिनपछि ढाकामा भेट्दा नेपालले साफ च्याम्पियनसिपकोबदला लिएको छ।

त्यो जितसँगै नेपालले समूह 'ए' मा ४ अंक बटुलेको छ। बंगबन्धुको पहिलो खेलमा नेपालले मलेसियाको सुपर लिगको पाँचौं स्थानको फेल्डा युनाइटेड क्लब गोलरहित बराबरी खेलेको थियो। बुधबारै अर्को खेलमा बंगलादेश र फेल्डाले १–१ को बराबरी खेलेको छ।

२०१३ को सेप्टेम्बरपछि नेपाली टोलीले श्रीलंकालाई हराउँदै जितको खुसी मनाउन पाएको छ। साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएयता नेपाली टोली जितविहीनरहँदै आएको थियो। जितका लागि मात्र होइन नेपालले गोल गर्नकै लागि पनि निकै लामो प्रतीक्षा गर्नुपरेको थियो। काठमाडौंको साफ च्याम्पियनसिपपछि दुई वर्षबीचमा ११ खेलमा नेपालले गोल गर्न सकेको थिएन।

केही साताअघि मात्र भारतको त्रिवेन्द्रममा सम्पन्न साफमा नेपाल लज्जास्पद रूपमा पहिलो चरणबाटै बाहिरियो। यद्यपि त्यही समूह चरणमानेपालले गोलको खेडेरी चिर्न सफल भएको हो। संयोग, काठमाडौंमा भारतसँग गोल गरेपछि गोलविहीन नेपाली टोलीले त्यही टोलीविरुद्ध ४–१ को हारमा गोल गर्न सफल भएको थियो। त्यो गोल विमलले नै गरेका हुन्।

श्रीलंकाविरुद्ध विमलले ६५ र ८० औं मिनेटमा गोलको अवसर गुमाएका थिए। विशाल राई र अन्जन विष्टको पहिलो हाफ तथा हेमन गुरुङको दोस्रो हाफको गोल गर्ने प्रयास सफल भएन। श्रीलंकासँगको १५ औं भेटमा नेपालको यो तेस्रो जित हो। दुई टोलीबीच ४ खेल बराबरीमा टुंगिएको थियो भने ८ खेलमा नेपाल पराजित भएको छ।

...

बंगबन्धु गोल्डकपमा नेपालले श्रीलंकामाथि बुधबार विजय हासिल गरेको खेललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ।

दुई देशका राष्ट्रिय टोली खेलेको खेललेमात्र अन्तर्राष्ट्रिय मान्यता पाउने फिफाको प्रावधान छ। नेपाल र श्रीलंका दुवैले बंगबन्धु गोल्डकपमा सहभागी टोलीको दर्ता राष्ट्रिय टोलीकै हैसियतमा गराएका थिए।

राष्ट्रिय टोलीको हैसियतमा टिम बंगलादेश पठाए पनि नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आफै ढिलोसम्म पनि यसमा प्रस्ट थिएन। बिहीबार बंगलादेश गएको टिमले त्यहाँ बुधबार खेलेको खेल दोस्रो हो। बुधबार नेपालले विजय हासिल गरिसक्दासमेत देशभित्र बंगबन्धुमा खेलेको टोली राष्ट्रिय टोली हो वा २३ वर्षमुनिको भन्ने अन्योल कायम थियो। कारण, एन्फाकै जिम्मेवार अधिकारीहरूले यसलाई यु–२३ टोली भनेका थिए।

बंगलादेश जानुअघि प्रशिक्षक नियुक्त भएका बालगोपाल महर्जनले दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि यु–२३ टोलीले भाग लिन लागेको बताएका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को छातामुनि हुने हरेक ओलम्पिक खेल महोत्सवअन्तर्गतको फुटबलमा बढीमा तीन सिनियर खेलाडी समेट्दै २३ वर्षमुनिको टोली सहभागी हुने प्रचलन छ। त्यही अनुमानमा एन्फाले पनि २३ वर्ष नाघेका चार खेलाडी राष्ट्रिय टोलीका उपकप्तान विराज महर्जन, रविन श्रेष्ठ, नवयुग श्रेष्ठ र विक्रम लामालाई बंगबन्धुमा सहभागी गराएको थियो। भारतमा अर्को महिना हुने सागका लागि दर्ता गरिएको टोलीमा भने उमेर नाघेकामध्ये रविनको नाम छैन। आधिकारिक रूपमा राष्ट्रिय टोलीका रूपमा दर्ता गराएको एन्फाले यु–२३ टोली भनिरहँदा बढीमा तीन उमेर नाघेका खेलाडी राख्न पाउने नियम पनि चार खेलाडी राखेर मिचेको थियो।

'हामीले साग तयारीका लागि यो प्रतियोगिता खेलेका हौं,' एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,'तर, दर्ता राष्ट्रिय टोलीकै गराएका थियौं।'

एन्फा आफै राष्ट्रिय टोली र यु–२३ को अलमलमा पर्दा महर्जनले पहिलो पटक राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मा पाएको तथा विराज कप्तान भएको विषय ओझेलमा पर्योा। केही महिनाअघि तत्कालीन कप्तान सागर थापा खेलमिलेमतोमा आजीवन प्रतिबन्धमा परेपछि भारतमा सम्पन्नसाफ च्याम्पियनसिपका लागि अनिल गुरुङलाई कप्तान र विराजलाई उपकप्तान नियुक्त गरिएको थियो। साफमा प्रशिक्षक रहेका प्याटि्रक ओजेम्स एन्फासँगको असमझदारीका कारण नेपाल नफर्कंदा प्रशिक्षणको जिम्मा महर्जनले पाएका थिए।

यसैबीच, एन्फाले सागका लागि २३ वर्षभन्दा बढी उमेरका तीन खेलाडीको नाम दर्ता गराएपनि उनीहरूले खेल्न नपाउने भएका छन्। सागको नियमावलीमा पुरुष टोलीबाट सन् १९९३ जनवरी १ यता जन्मेका खेलाडीले मात्र खेल्न पाउने नेपाल ओलम्पिक कमिटीले जनाएको छ। महिला खेलाडीको हकमा भने उमेर हद तोकिएको छैन। आइओसीको छातामुनि हुने सबै फुटबल प्रतियोगितामा २३ वर्षमाथिका तीन खेलाडी राख्न पाउने प्रावधानलाई भारतीय आयोजक तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलले बेवास्था गरेको छ।

सुमनको डेब्यु

जगदम्बा लुम्बिनी क्लबबाट राष्ट्रिय लिग खेलेका स्ट्राइकर सुमन लामाले श्रीलंकाविरुद्धको खेलमा 'डेब्यु' गरेका छन्। नवयुग श्रेष्ठको ठाउँमा ६९ औं मिनेटमा मैदान प्रवेश गर्दै सुमनले डेब्यु गरेका हुन्। दुई वर्षअघि संकटा क्लबबाट व्यावसायिक फुटबल सुरु गरेका सुमन एन्फा कपमा उत्कृष्ट खेलाडी भएका थिए। लुम्बिनीबाट पनि राष्ट्रिय लिगमा ७ खेलका सुमन एन्फा एकेडेमीका उत्पादन हुन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस