काठमाडौं- नेपाली फुटबलमा बालगोपाल महर्जन समकालीन प्रशिक्षकमध्ये भाग्यशाली मानिन्छन्। प्रशिक्षण जीवनले दशक नछुँदै उनले सफलताका नयाँ नयाँ सिँढी चढेकाले उनलाई भाग्यको साथ बढी रहने गरेको मान्नेको कमी छैन। तर, राष्ट्रिय टोलीको मुख्य नेतृत्व सम्हालिरहँदा महर्जन आफै भने भाग्यको भरमा मात्र सफलता नमिल्ने बताउँछन्।'भाग्यले सफलता मिल्ने होइन। निरन्तर मिहिनेतले मात्र सफलता मिल्छ,' उनी भन्छन्, 'मिहिनेतपछि प्राप्त हुने सफलतालाई नै सायद मान्छेहरूले भाग्य ठान्छन्। मलाई लाग्छ मिहिनेतीलाई मात्र भाग्यले साथ दिन्छ। म त्यस्तैमा पर्दछु।'
उमेर समूहको प्रशिक्षकको रूपमा सफलताको स्वाद चाखिसकेका महर्जनलाई यसपटक संयोगवश राष्ट्रिय टोलीको जिम्मेवारी मिल्यो। सम्भवतः त्यो जिम्मेवारी उनी आफैले यति चाँडै अपेक्षा गरेका थिएनन्।
सुरुमा राष्ट्रिय टोली भनिए पनि पछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि भन्ने नेपालले बंगलबन्धु कपमा यु–२३ लाई सहभागी गराउने जनाएको थियो। साफ च्याम्पियनसिपबाट फर्केलगत्तै तत्कालीन विदेशी प्रशिक्षक प्याटि्रक ओजेम्स व्यक्तिगत कारण देखाउँदै फ्रान्स गएपछि महर्जनले बंगबन्धु कपका लागि टोली हेर्ने अवसर पाए। त्यही बीचमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असझदारीका कारण ओजेम्स नफर्कने मनस्थितिमा पुगे। त्यसपछि टोलीको पूर्ण जिम्मेवारी महर्जनकै काँधमा पर्योक।
बंगबन्धु गोल्डकपको यात्रामा निस्कनुअघि महर्जन आफै अलमलमा थिए। उनले नेतृत्व गरेको फुटबल टोली राष्ट्रिय हो या यु–२३ भन्नेमा। बंगलादेशको बंगबन्धु गोल्डकपमा राष्ट्रिय टोलीकै हैसियतमा टोली दर्ता गराएको श्रीलंकासँगको पहिलो खेलपछि एन्फाले त्यस विषयमा स्पष्ट पार्योड। फिफाले नेपाल र श्रीलंकाको खेललाई अन्तर्राष्ट्रिय खेलको मान्यता दिएपछि मात्र एन्फाले बंगबन्धुमा राष्ट्रिय टोली खेलेको आधिकारिक जानकारी दियो। त्यसअघि बिदाइमा महर्जनलाई राष्ट्रिय टोलीको प्रशिक्षक वा विराज महर्जनलाई कप्तानका रूपमा प्रस्तुत गरिएको थिएन।
महर्जनले त्यसै खेलबाट आफूले राष्ट्रिय टोलीका प्रशिक्षकमा 'डेब्यु' गरेका चाल पाए। लगातार असफल नेपाली टोलीले त्यही खेलमार्फत सन्तोष गर्ने ठाउँ पनि पाएको थियो। पछिल्लो २८ महिनायता राष्ट्रिय टोलीले खेलेका १३ खेलमा त्यो पहिलो जित थियो। तीन साताअघि मात्र साफ च्याम्पियनसिपमा समूह चरणबाटै बाहिरिएको पीडामा त्यो जितले थोरै मलम लगाउने काम गरेको थियो। साफमा श्रीलंकासँग हार्दा नेपाल बाहिरिनुपर्योल। यसपल्ट त्यो हारको बदला लिन नेपाल सफल भएको छ। दुई वर्षपछि १३ औं खेलमा नेपालले आफ्नो नेतृत्वमा सफलता पाउँदा महर्जन खुसी हुनु स्वाभाविक हो।
राष्ट्रिय टोली प्रशिक्षकमा 'डेब्यु' खेलमै श्रीलंकाविरुद्ध जित निकाल्न सकेको क्षण स्मरणीय रहेको महर्जनले सुनाए। 'फुटबलमा बंगलादेशसँग मेरो अलि भावनात्मक सम्बन्ध छ। खेलाडीका रूपमा छैटौं साफ बंगलादेशमै जित्यौं। मैले तीनवर्ष व्यावसायिक खेलजीवन ढाकामै बिताएँ,' नागरिकसँग टेलिफोन सम्पर्कमा महर्जनले भने, 'अहिले राष्ट्रिय टोलीको प्रशिक्षकमा डेब्यु खेलमै जित हासिल गर्दा प्रशिक्षण जीवनमा पनि यो मेरा लागि अविस्मरणीय क्षण हो।'
बंगलादेशसँग बराबरी खेल्दै सेमिफाइनल पुगिसकेपछि महर्जनले सफलताको श्रेय आफूले मात्र लिन चाहेनन्। 'फुटबलमा एकैजनाले सफलता दिलाउन सक्दैन। सफलता सामूहिक प्रयासबाट मात्र प्राप्त हुन्छ,' महर्जनले भने, 'अहिले पनि हामीले त्यही सामूहिक भावनाबाट सफलता प्राप्त गरेका हौं। म प्रशिक्षण टोली, व्यवस्थापन र खेलाडीलाई धन्यवाद दिन चाहन्छु। एन्फाले मप्रति देखाएको विश्वासका लागि आभार व्यक्त गर्न चाहन्छु।'
श्रीलंकासँगको जितलाई उनले अर्को अर्थमा पनि विश्लेषण गरेका छन्। 'मेरो प्रशिक्षणमा टोलीले सफलता हासिल गर्नु भनेको नेपाली प्रशिक्षक पनि सफलता दिलाउन सक्षम छन् भन्ने प्रमाण हो,' उत्साहित हुँदै उनले भने, 'हामीकहाँ थुप्रै फुटबल प्रशिक्षक क्रियाशील छन्। मौका पाउँदा आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने यो एउटा राम्रो उदाहारण हो। यसर्थ पनि म बढी खुसी छु।'
नेपालले फुटबलमा प्राप्त गरेका दुई ठूला सफलताका उनी हिस्सेदार हुन्। यद्यपि त्यसमा उनको भूमिका मात्र फरक छ। नेपाली राष्ट्रिय टोलीले पछिल्लोपल्ट सन् १९९३ मा बंगलादेशमा सम्पन्न साफ खेलकुदको छैटौं संस्करणमा स्वर्ण पदक जित्दाका खेलाडी महर्जनले आफ्नै प्रशिक्षणमा यु–१९ टोलीलाई भदौमा क्षेत्रीय च्याम्पियन बनाएका थिए।
सक्रिय खेलजीवनबाट अलग भएको एक दशकमा उनले युवा टोलीलाई यति ठूलो सफलता दिलाएका हुन्। उनका समकालीनहरूले यो सफलता प्राप्त गर्न सकेका छैनन्। दशक लामो खेलजीवनबाट सन् २००५ मा संन्यास लिएपछि उनले केही समय फुटबल रेफ्रीका रूपमा नयाँ गन्तव्य रोजे। तर, ढाडको समस्याका कारण उनले रेफ्रीको झन्डा पनि बिसाए। त्यसपछि उनले प्रशिक्षणमा आफ्नो भाग्य खोज्ने प्रयास थाले। २००७ मा एसियाली फुटबल महासंघ (एएफसी) फ्युचर कोर्स सुरु गर्दा उनी नेपालबाट सिफारिसमा परेका थिए। त्यसपछि उनी प्रशिक्षणमा एकपछि अर्को खुट्किलो चढ्दै गए। कोर्स गर्दागर्दै उनले राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बन्ने मौका पाएका थिए। त्यसपछि पूर्व क्लब रुस्लान थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबको बागडोर सम्हाले। केही महिना सिक्किमको क्लबमा पनि प्रशिक्षण गराउन भ्याए।
झन्डै चार वर्षअघि उनको प्रशिक्षण जीवनले नयाँ मोड लियो। एन्फाले उनलाई यु–१६ टोलीको जिम्मेवारी दियो। एएफसी यु–१६ को दोस्रो चरण पुर्यालएको त्यही टोलीलाई निरन्तर निखार्दै उनले यु–१९ को पहिलो क्षेत्रीय प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाएका थिए।
अहिले राष्ट्रिय टोलीको जिम्मा पाए पनि बंगबन्धुपछि महर्जन त्यही पदमा निरन्तर रहन्छन् भन्नेमा शंका छ। किनकि विदेशीबाहेक एन्फाले निश्चित प्रतियोगिताअघि मात्र प्रशिक्षक तोक्ने परम्परा छ। एन्फाले १२ औं सागका लागि राजुकाजी शाक्यलाई प्रशिक्षक तोकिसकेको छ।