नवौं राष्ट्रिय खेलकुदः पूर्वाधार स्तरोन्नति गर्न सात करोड माग
१८ साउन २०७९
•
३ मिनेट पाठ
नवौं राष्ट्रिय खेलकुदः पूर्वाधार स्तरोन्नति गर्न सात करोड माग
स्याङजाको आँधीखोला तीर पुलको मुखमा रहेको मैदान र स्थानीय महिला क्रिकेटसँग छलफल गर्दै खेल व्यवस्थापन उपसमितिको टोली। तस्बिर: नागरिक
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल व्यवस्थापन उपसमितिले कास्की, तनहुँ र स्याङजाका खेल पूर्वाधार अवलोकन गरेर आवश्यक सिफारिस गरेको छ। समितिले प्रतियोगितास्थल र अभ्यासस्थलको रुपमा जिल्लाका पूर्वाधार अवलोकन गरेर त्यसै अनुसार राष्ट्रिय खेलकुद परिषदमा सिफारिस गरेको हो।  




उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिनाका अनुसार स्याङजाको वालिङ, पुतलीबजार, बाँयाटारी लगायतका ठाँउहरु हेरिएको छ। तनहुँको शुक्लागण्डकीस्थित क्रिकेट मैदानको लागि उपयुक्त हुने भन्दै आवश्यक सिफारिस गरिएको उनले बताए। ‘शुक्लागण्डकी रंगशाला निर्माणको चरणमा छ। क्रिकेटको लागि उपयुक्त देखिएको छ।’ उपसमिति सचिव तिमिल्सिनाले भने, ‘प्रदेश सरकार र शुक्लागण्डकी नगरपालिकाले गरी एककरोड रुपैयाँ विनियोजन गरेका छन्।’  

स्याङजाको वालिङमा महिला फुटबल प्रतियोगिताको लागि खेल व्यवस्थापन उपसमितिले सिफारिस गरेको छ। ‘वालिङमा महिला फुटबल र फुल कन्ट्याक्ट कराँतेको लागि हामीले सिफारिस गरेका छौं,’ उनले भने। उपसमितिले कास्कीकै भएका पूर्वाधार अध्ययन गरी आवश्यकता अनुसार प्रतियोगिता र अभ्यासस्थलको रुपमा सिफारिस गरिएको जनाएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको मैदान समेत उपसमितिले अध्ययन गरेको छ। लामाचौरस्थित गोस्ते खेल मैदान, पोखराको हेमजास्थित गौरीशंकर खेल मैदान तथा सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको मैदान समेत उपसमितिले स्थलगत अवलोकनपछि राष्ट्रिय खेलकुद परिषद समक्ष सिफारिस गरेको उनले जानकारी दिए।  

केही पार्टी प्यालेसका इण्डोर हल समेत उपयोग गर्न सकिने उपसमितिले सिफारिस गरेर पठाएको छ। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलन आयोजना गरिएको एसआरकेसी क्याटरिङ, पोखराको सिजर्नाचोकस्थित साईमन पार्टी प्यालेस लगायतका ठाँउहरु समेत हेरिएको उपसमितिका सचिव तिमिल्सिनाले बताए।  

नियमित झरीले गण्डकी प्रदेशकै विभिन्न जिल्ला पुग्ने बाटो अवरुद्ध छ। बाटो अवरुद्ध हुदाँ आवश्यक खेलकुदको पूर्वाधारको स्थलगत अवलोकन हुन सकेको छैन्। जिल्लामा भएका पूर्वाधारलाई अवलोकन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सिफारिस गर्ने खेल व्यवस्थापन उपसमितिले जनाएको छ। गण्डकी प्रदेशका सबै ११ वटै जिल्लामा विभिन्न खेलहरु आयोजना गर्ने उल्लेख छ। प्रत्येक जिल्लामा खेल खेलाउने योजना अनुुसार उपसमितिले प्रत्येक जिल्लाको खेलकुदको पूर्वाधार अवलोकन गर्ने तय गरेको छ।  

उपसमितिले खेलकुद पूर्वाधारको अवलोकनपछि खेलकुदको संरचना निर्माण, मर्मत सम्भार, चेन्जिङ रुम लगायत बनाउन ६ करोड ९२ लाख रुपैयाँको बजेट माग गरिएको उनले बताए। ‘भएका पूर्वाधारको स्त्तरोन्नति गर्नुपर्ने, चेन्जिङ रुम बनाउनुपर्ने लगायतका कामको लागि बजेट माग गरेका हौं,’ उनले भने, ‘बजेटको सुनिश्चितता भए फेरी जिल्ला तहमा पुगेर पूर्वाधारको फाईनल गर्ने थियौं।’  

उपसमितिले हिमालपारीको जिल्ला मनाङ र मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, गोरखा, लमजुङ र नवलपुरको पूर्वाधार अवलोकन गर्ने योजना बनाएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले एक वर्ष अघि गरेको सिफारिस अनुसार नवलपुरमा कुस्ती, खो खो र कबड्डी, मुस्ताङमा बुद्धिचाल र मनाङमा टेवलटेनिसको लागि सिफारिस गरेको थियो। पौडी र सुटिङको पूर्वाधार नहुदाँ काठमाडौंमै आयोजना गर्ने अन्तिम तयारी छ।  
अर्को समाचार
पदकविजेतालाई सम्मान
०७ पौष २०७९
•
१ मिनेट पाठ
पदकविजेतालाई सम्मान
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश-१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।




प्रदेश-१ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय खेलकुदमा पदकविजेता खेलाडीका साथै वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट जिल्ला र उत्कृष्ट डोजाङलाई सम्मान गरिएको थियो। वर्षको उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी कुसुम राजवंशी, पुरुषतर्फ झापाका रोशन मगर तथा उत्कृष्ट प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भए।

त्यस्तै उत्कृष्ट जिल्लातर्फ आइटिएफ तेक्वान्दो संघ मोरङ र डोजाङतर्फ भोजपुरको दिङ्ला आइटिएफ तेक्वान्दो डोजाङ प्रदेशकै उत्कृष्ट घोषित भए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता मोरङकी कुसुम राजवंशी, झापाका रोशन मगर र वीरबहादुर तामाङ सम्मानित भए।

रजत पदक विजेता मोरङकी इन्दिरा थापा र भोजपुरकी सजिना तामाङ तथा कांस्य पदक विजेता मोरङका प्रथम कार्की, नितेश खवास, सुनसरीका हीराधन राई,भोजपुरका दिलन राई र सुदीप तामाङ सम्मानित भए।  
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस