ढाकामा बालगोपाल र उपेन्द्रमानको संयोग
०८ माघ २०७२
•
७ मिनेट पाठ
ढाकामा बालगोपाल र उपेन्द्रमानको संयोग
काठमाडौं- राष्ट्रिय टोलीका प्रशिक्षकद्वय बालगोपाल महर्जन र उपेन्द्रमान सिंहको जोडी नेपाली फुटबलको दुई महत्वपूर्ण सफलताको हिस्सेदार बनेका छन्। सन् १९९३ मा नेपालले भारतलाई हराएर छैटौं दक्षिण एसियाली खेलकुद (साफ) को स्वर्ण पदक जितेको थियो। त्यति बेला टोलीमा उपेन्द्रमान पहिलो रोजाइको गोलकिपर थिए भने बालगोपाल टोली सदस्य थिए। भारतविरुद्धको फाइनलमा २–२ को बराबरीपछि टाइब्रेकरबाट नेपाल च्याम्पियन बन्दा सबैभन्दा महत्वपूर्ण भूमिका उपेन्द्रमानकै थियो।

साफ जितेको २३ वर्षपछि नेपाली टोलीले बंगबन्धु कप खेल्न जाँदा यतिखेर बालगोपाल मुख्य प्रशिक्षक र उपेन्द्रमान गोलकिपिङ प्रशिक्षकमा छन्। खेलजीवनको अन्त्यतिर दुवै थ्री स्टार क्लबबाट व्यावसायिक फुटबल खेल्थे। २००५ को एएफसी प्रेसिडेन्ट्स कपमार्फत दुवैले एकैपटक संन्यास घोषणा गरेका थिए। दुवैको प्रशिक्षण जीवन पनि लगभग सँगै सुरु भयो भने दुवैले राष्ट्रिय टोलीमा एकैपटक २००८ मा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

बालगोपाल पनि उपेन्द्रसँग केमेस्ट्री मिलेको भन्न रुचाउँछन्। 'हामी पहिलाबाटै मिल्ने साथी हौं। पारिवारिक हिसाबमा पनि हाम्रो सम्बन्ध राम्रो छ,' उनले भने, 'लामो समय एउटै क्लबमा बसेर पनि खेल्यौं। प्रशिक्षणमा पनि हामीले लगभग उही समयमा सुरु गरेका हौं। त्यो हिसाबले पनि हामीले एकअर्काको काम गर्ने तरिका राम्ररी बुझेका छौं।'

बालगोपालको नजरमा उपेन्द्रमान दक्षिण एसियाका उत्कृष्ट किपिङ प्रशिक्षकमध्ये पर्दछन्। 'हामीले राष्ट्रिय टोलीमा पनि सँगै सहायक प्रशिक्षक भएर काम गरेका छौं। यो बीचमा ग्रासरुट, युवा विकासमा पनि सँगै काम गरेको अनुभव छ। सँगै विभन्न प्रशिक्षणमा पनि भाग लिएका छौं,' उनले थपे, 'अहिलेको सफलताले नेपाली प्रशिक्षणमा क्षमता छ भन्ने प्रमाणित भएको छ। हामीले आउने दिनमा प्रशिक्षक संख्या बढाउनेमा ध्यान दिन आवश्यक छ। त्यो हुन सके नेपाली फुटबल अझै अगाडि जान सक्छ।'

...

छ महिनाअघिमात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेका त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ बंगबन्धु गोल्डकपबाट स्टार बनेका छन्। भदौमा भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीबाट डेब्यु गरेका नवयुगले सातौं खेलमा आएर मात्र गोलको खाता खोलेका थिए। उनले बंगबन्धुमा माल्दिभ्सविरुद्धको सेमिफाइनलमा गोलको खातामा मात्र खोलेनन् ह्याटि्रकसमेत पूरा गरे। त्यही खेलको प्रदर्शनबाट उनी नेपाली समर्थकबीच चर्चाको पात्र बनेका छन्।

प्रशिक्षक बालगोपाल महर्जनकै भनाइमा पनि उनको प्रदर्शन समूह चरणमा खासै थिएन। तर, नवयुगले माल्दिभ्सविरुद्धको सेमिफाइनलमा सोचेभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। सेमिफाइनलको ह्याटि्रक र फाइनलमा समेत एक गोल गरेका नवयुग अन्ततः प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएका छन्। ४ गोलका साथ उनी उच्च गोलकर्ता पनि बने। भदौमा सकिएको राष्ट्रिय लिगको उच्च प्रदर्शनकै कारण नवयुगले राष्ट्रिय टोलीको यात्रा तय गरेका थिए। राष्ट्रिय लिगमा १४ गोलका साथ उनी उच्च गोलकर्तासमेत बनेका थिए। राष्ट्रिय टोलीबाट ७ खेलमा नवयुगको ४ गोल पुगेको छ।

राष्ट्रिय टोलीबाट कलिलै उमेरमा बंगलादेशविरुद्ध 'डेब्यु' गरेका विमल घर्तीमगर तीन वर्षअघि काठमाडौंमा भएको साफ च्याम्पिनसिपमा पाकिस्तानविरुद्ध बराबरी गोल गरेपछि एकाएक चर्चामा आए। तर, त्यसपछिका राष्ट्रिय टोलीबाट उनको प्रदर्शन खासै हुन सकेन। अघिल्लो महिना भारतविरुद्धको ४–१ को हारमा गोल गरे पनि नेपाल समूह चरणबाटै बाहिरिएपछि विमलको गोल छायाँमा पर्योन। धेरै समयपछि विमल पनि राष्ट्रिय टोलीबाट उच्च प्रदर्शन गर्न सफल भएका छन्। बंगबन्धुको फाइनलमा पहिलो गोल गर्नुका साथै नवयुगको गोलमा पास समेत निकालेका विमल फाइनलका प्लेयर अफ दी म्याचसमेत भएका छन्। उनले त्यसअघि समूह चरणमा श्रीलंकाविरुद्ध एकमात्र निर्णायक गोल गर्दै राष्ट्रिय टोलीबाट १५ खेलमा गोलसंख्या पनि ३ पुर्या्एका छन्। विमलकै कप्तानीमा नेपालले यो वर्ष साफ यु–१९ उपाधि जितेका थिए। बंगबन्धुमा नेपालका लागि अर्को दुई गोल विशाल राईले गरेका थिए।

नेपाली टोली– विकेश कुथु (गोलकिपर), विराज महर्जन (कप्तान), रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विक्रम लामा, विशाल राई, हेमन गुरुङ (सुमन लामा ७६), अञ्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ (सुनील बल ९०ं४)

बंगबन्धु गोल्डकपमा नेपालको प्रदर्शन

नेपाल

विरुद्ध फेल्डा युनाइटटेड ०–०

विरुद्ध श्रीलंका १–० (विमल घर्तीमगर)

विरुद्ध बंगलादेश ०–०

सेमिफाइनल

विरुद्ध माल्दिभ्स ४–१ (नवयुग श्रेष्ठ ३, विशाल राई)

फाइनल

विरुद्ध बहराइन यु–२३ ३–० (विमल घर्तीमगर, विशाल राई, नवयुग श्रेष्ठ)

बंगबन्धु गोल्डकपका विजेता

वर्ष विजेता उपविजेता गोल

१९९६ मलेसिया रातो पिएसएम–उजाङ पान्डाङ (इन्डोनेसिया) २–१

१९९९ जापान लिग–११ घाना यु–२३ २–२ (गोल्डेन गोल)

२०१५ मलेसिया यु–२३ बंगलादेश ३–२

२०१६ नेपाल बहराइन यु–२३ ३–०
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस