काठमाडौं- रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो
जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो
...
हिमालझै अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै जंगी निशान हाम्रो...
बंगबन्धु गोल्डकप विजेता नेपाली फुटबल टोली फर्कंदा शनिबार त्रिभुवन विमानस्थलको पृष्ठभूमिमा यही गीत गुन्जिरहेको थियो भने पन्चे बाजासहितको अर्को टोलीराष्ट्रिय झन्डा फहराउँदै नाचगानमा व्यस्त थियो।
त्यही भिडमा मिसिए राष्ट्रिय टोलीका पूर्वकप्तानद्वय राजुकाजी शाक्य र हरि खड्का। अनि गुन्जियो नेपाल.. नेपाल..। शुक्रबार ढाकास्थित बंगबन्धु रंगशालामा बहराइनको यु–२३ लाई फाइनलमा ३–० ले हराएको नेपाली टोली शनिबार दिउँसो१ः३० मा त्रिभुवन विमानस्थल आइपुग्ने खबर थियो। तर, टोली बाहिरिँदा दिउँसो ३ बजे नाघिसकेको थियो। लामो पर्खाइमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी, फुटबलकर्मी, खेलाडी, समर्थकव्यग्रसाथ च्याम्पियन टोलीपर्खिरहेका थिए।
अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको २३ वर्षपछि नेपालले बंगबन्धु गोल्डकप जितेको थियो। सन् १९९३ मा ढाकामैसम्पन्न छैटौं दक्षिण एसियाली खेलकुद (साफ) अन्तर्गतफुटबलमा स्वर्ण पदक जितेयता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन। यसपटक पुनः ढाका पुगेर नेपाली टोली च्याम्पियन बनेर फर्केको हो। तथापि बंगबन्धु कपको तुलना साफको स्वर्ण पदकसँग हुँदैन। बंगबन्धु अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामात्र हो।
विमानस्थलबाट बाहिर निस्केदेखि नै टोलीको भव्य स्वागत भयो। सञ्चारकर्मी त्यो क्षण कैद गर्न तछाडमँछाड गरिरहेका थिए। त्यहाँको भिडभाड नियन्त्रणका लागि सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। खेलाडीको स्वागतपछि विमानस्थलबाट र्याहली सुरु भयो। खेलाडीलाई फुलले सजाइएको दुईटा ट्रकमा राखेर नगरपरिक्रमा गराइएको थियो। र्यानलीमा सयभन्दा बढी मोटरसाइकल थिए। स्वागत र्यााली गौशाला, बत्तीसपुतली, मैतीदेवी, पुतलीसडक, प्रर्दशनीमार्ग, सहिदगेट, न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै दशरथ रंगशाला पुगेर सकिएको थियो। रंगशालामा सयौं समर्थकबीच बंगबन्धु गोल्डकप विजेता खेलाडीलाई स्वागत र सम्मान गरिएको थियो।
...
विजेता टोलीको सम्मानमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले फुटबल सीमित खेलाडीको समूहले खेल्ने भएपनि उपाधि जित्दा सम्पूर्ण देशवासीले खुसीमहसुस गरेको सुनाए।
टोलीलाई बधाई दिँदै उनले यो सफलताले केही दिनपछि भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का सहभागी खेलाडीको मनोबलसमेत बढेको बताए। फुटबलमा नयाँ सम्भावनासुरुभएको उल्लेख गर्दै उनले भने,'तपाईहरूले जुन सफलता दिलाउनुभएको छ। त्यसका लागि सलाम छ। तर, यात्रा यहीं सकिएको छैन। सागमा पनि तपाईहरूले सफलता दोहोर्यानउनुपर्नेछ।'
केही समययता अनेक कारणले फुटबल समर्थक निराश भएको स्मरण गर्दै सदस्यसचिव विष्टले भने,'अब आउने दिनमा खेलाडीले म्याच फिक्सिङ गर्नु नपरोस् भन्नका लागि खेलाडीलाई आर्थिक रूपमा पनि बलियो बनाउन राखेपले सरकारसँग पहल गर्नेछ। हिजोका खराब दिन बिर्सेर अब नयाँ दिनको सुरु गर्नुपर्छ।'
विजेता टोलीका खेलाडीलाई जनही २ लाख रुपैयाँभन्दा नघटाई नगद पुरस्कारले सम्मान गर्न आफूले सरकारसँग पहल गर्ने सदस्यसचिव विष्टले पुनः दोहोर्यााए।
कार्यक्रममा टोलीलाई बधाई र समर्थकप्रति धन्यवाद दिँदै एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले वैशाख १२ को भूकम्पका कारण दशरथ रंगशाला क्षति भएको र त्यसको पुनर्निर्माण तत्काल सुरु गर्न राखेप सदस्यसचिवसँग आग्रह गरे। 'हामी यो रंगशालामा पुनः फुटबल गराउन चाहन्छौं,' उनले भने,'यहाँ पुरानै अवस्थामा फुटबल गराउन यहाँको मर्मत छिटोभन्दा छिटो गर्न राखेपलाई आग्रह गर्दछौं।'
राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले वरीयताक्रममा सुधार र सागको तयारीका लागि यो सफलता फलदायी हुने विश्वास लिए। 'हामीले २३ वर्षपछि उपाधि जितेका छौं। यसले सबैलाई खुसी बनाएको छ,' उनले भने, 'हामीभन्दा वरीयताक्रममा माथि भएका राष्ट्रलाई पनि हराउँदै फिफा वरीयतामा सुधार गर्ने र सागको तयारी गर्न यो प्रतियोगिता सफल भएको छ।'
समूह चरणका ३, सेमिफाइनल र फाइनल गरी ५ खेलमा अपराजित रहँदै नेपाल च्याम्पियन बनेको हो। पाँचमध्ये श्रीलंका, बंगलादेश र माल्दिभ्ससँगका खेल फिफाद्वारा मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन्। नेपालले ५ खेलमा ८ गोल गर्यो । त्यसमध्ये नवयुग श्रेष्ठले ४ तथा विमल घर्तीमगर र विशाल राईले २–२ गोल गरेका थिए। एन्फाले टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँबाट पुरस्कृत गर्ने अघिल्लो दिन नै घोषणा गरिसकेको छ।