काठमाडौं– आइसिसी यु–१९ विश्वकपका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली यु–१९ क्रिकेट टोलीले सोमबार दोस्रो हार सामना गरेको छ ।विश्वकपअघिका अभ्यास खेलमा सोमबार नेपाल श्रीलंकासँग ६५ रनले पराजित भएको छ । नेपालले पाकिस्तानसँगको पहिलो अभ्यास खेलमा १ सय १० रनले गुमाएको थियो ।
पहिलोमा जस्तै सोमबार नेपालले टस जितेर श्रीलंकालाई ब्याटिङ गर्न बोलाएको थियो । कप्तान राजु रिजालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि श्रीलंकाले ४५ ओभरमा ९ विकेट गुमाई २ सय ३० रन जोडेका थियो ।
कमजोर ब्याटिङ प्रदर्शन गरेपछि नेपाल ४२.१ ओभरमै १ सय ६५ रनमा अलआउट भयो । सर्वाधिक रनका रूपमा दीपेन्द्रसिंह ऐरीले अविजित ३३ रन बनाए । उनले ४४ बलमा ४ चौका प्रहार गरे । पाकिस्तानविरुद्ध पनि उनले सर्वाधिक रन जोड्ने क्रममा ४२ रन बनाएका थिए । कप्तान राजुले ३१ रन बनाए । रनआउट हुनुअघि उनले ५५ बलमा २ चौका प्रहार गरे । श्रीलंकासँग नेपाली खेलाडीको समन्वय फितलो देखियो । चार खेलाडी रनआउट भए । ओपनर सुनील धमलाले २६ र सन्दीप सुनारले १२ रन बनाए । हिमांशु दत्तले २१ बलमा २ छक्का प्रहार गर्दै २१ रन जोडे भने योगेन्द्रसिंह कार्कीले १५ रन बनाए । राजवीर सिंहले खाता खोल्न नसक्दा इशान पाण्डेले १ र कुशल भूर्तेलले ३ रनमात्र बनाए । प्रेम तामाङ पहिलो बलमै रनआउट हुन पुगे । श्रीलंकाबाट चारिथ असालंकाले २ विकेट लिएका थिए ।
त्यसअघि श्रीलंकाबाट शम्मु असहानले अविजित ८१ रन जोडे । उनले ७४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । चारिथ असालंकाले ७१ रन जोडे । उनलाई राजवीरले सुशील कँडेलको बलमा क्याचआउट गरे । नेपालका सुनील, सन्दीप र सुशीलले २–२ विकेट लिए । दीपेन्द्रले १ विकेट लिए । सुनीलले ९ ओभरमा २७ रन खर्चेका थिए । सर्वाधिक रन खर्चने बलर सन्दीप भए । उनले ८ ओभरमा ६१ रन दिएका थिए । सुशीलले ९ ओभरमा ३८ रन खर्चे ।
ढाकामा हुने विश्वकपमा नेपालले समूह चरणमा भारत, आयरल्यान्ड र न्युजिल्यान्डको सामना गर्नेछ । समूह 'डी' मा रहेको नेपालले माघ १४ मा न्युजिल्यान्ड, १६ मा आयरल्यान्ड र १८ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।