इलाम- पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको टुबोर्ग आमन्त्रण माइभ्याली फुटबल गोल्डकप प्रतियोगिता सदरमुकामस्थित ठूलो टुँडिखेलमा बिहीबार सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली फुटबल क्लब र कोलकाताको दुर्गापुर स्टिल फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
गतवर्ष ए डिभिजन खेलिसकेका खेलाडीहरू समेटेको आयोजकले यसपालि जिल्लाभित्रकै खेलाडी मैदान उतार्दैछ। माइभ्यालीका मुख्य प्रशिक्षक मंगेश बस्नेतले जिल्लाभित्रैका खेलाडीलाई मात्र 'क्लोज क्याम्प' मा राखिएको र उत्कृष्ट खेल पस्कने विश्वास व्यक्त गरे।
'लक्ष्य जित्ने हो तर विपक्षीको खेल पहिलोपटक देखिने भएकाले ठोकुवाचाहिँ गर्न सकिन्न,' उनले भने, 'खेल रणनीति विपक्षीको खेल हेरेर तय हुनेछ।'
यु–१९ प्रतियोगिता खेलेका छिरिङ गुरुङ, यु–१६ खेलेका मनिष थापा र एनआरटीमा आबद्ध सुवास राई लगायत माइभ्यालीबाट उत्रनेछन्। प्रदीप विष्ट, राकेश थापा, मिलन लिम्बु, सार्थक संग्रौला, तारा गुरुङ, अनोज गुरुङ, प्रज्वल मुखिया, विशाल बस्नेत, विशाल थामी, अनिल राई, डेन्जिङ तामाङ, रोहित गुरुङ, पासाङ शेर्पा, विकास लिम्बु, यादव गुरुङ र अर्पण सुब्बा लगायतले माइभ्यालीबाट खेल्नेछन्।
आयोजक टोली गतवर्ष झापा–११ सँग पहिलो खेलमै भएकाले यसपालि धेरै मिहिनेत गरेको प्रशिक्षक बस्नेतले बताए।
विपक्षी दुर्गापुर केही वर्षअघिसम्म भारत र नेपालका विभिन्न प्रतियोगितामा ख्याति कमाएको टिम हो। तर, यहाँका प्रतियोगितामा पछिल्लो समय सहभागिता जनाउन छाडेको टिमको खेल कस्तो छ भन्ने जानकारी आयोजकलगायत फुटबलप्रेमीलाई छैन। बुधबार रातिसम्म दुर्गापुर टिम सदरमुकाम आइपुग्ने आयोजकले जनाएको छ।
माघ २३ सम्म चल्ने गोल्डकपमा मनाङ मर्स्याङदी, सहारा क्लब पोखरा, आर्मी क्लब, एपिएफ क्लब, रुपन्देही–११, झापा–११, काठमाडौंको सरस्वती क्लब र ग्लोबल फुटबल एकेडेमी आसाम भिड्नेे आयोजक माइभ्यालीका अध्यक्ष धिरेन चेम्जोङले बताए।
इलाम जिल्ला फुटबल संघ अध्यक्ष निरोज खड्गीका अनुसार विजेताले साढे ३ लाख र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ जित्ने छन्। गतवर्षभन्दा विजेतातर्फ ५० र उपविजेतातर्फ २५ हजार रुपैयाँ थपिएको हो। प्रतियोगिता सम्पन्न गर्न ४५ लाख खर्च अनुमान छ।
आयोजक टोलीले प्रतियोगिताको खर्च जुटाउन राजधानी काठमाडौंलगायत स्थान पुगेर विभिन्न निकायसँग अनुरोध गरेको छ। 'गतवर्ष प्रतियोगिता आयोजना गर्दा बचेको १८ लाख र बाँकी विभिन्न दाताबाट उठेको रकमले प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखेका छौं,' अध्यक्ष चेमजोङले नागरिकसँग भने, 'सबैले साथ–सहयोग गर्ने आश्वासन दिएकाले प्रतियोगिता उत्कृष्ट बनाउन सकिन्छ भन्ने विश्वास छ।'
प्रतियोगिताको क्वार्टर फाइनलसम्मका खेलका लागि ५०, सेमिका लागि सय र फाइनलका लागि २ सय रुपैयाँको टिकट दर्शकका लागि तयार गरिएको छ। सिजनल टिकट भने हजार रुपैयाँको छ। प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीलाई ३ दिन दैनिक भत्ता, यातायात खर्च र खाने–बस्ने व्यवस्था आयोजकले गरेको छ। प्रतियोगिताका लागि ठूलो टुँडिखेल झकिझकाउ पारिएको छ। यहाँ दर्शकका लागि प्यारापिट नभएकाले बाँसको प्यारापिट निर्माण गरिएको छ। ५ लाख रुपैयाँ खर्चेर बनाइएको प्यारापिटमा १५ हजार दर्शक अटाउने लक्ष्य आयोजकको छ।
तत्कालको खेलभन्दा भविश्यलाई तयारी
जिल्लाको फुटबल इतिहास लामो भएपनि सदरमुकाममा फुटबल एकाडेमी भने सञ्चालन हुन सकेको छैन। केही वर्षअघि सदरमुकाममा एकाडेमी सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामलाई छनौट सूचीमा राखेको थियो। तर, स्थानीय र राष्ट्रियस्तरबाट त्यसको प्रभावकारी प्रयास नहुँदा जिल्लामा फुटबल सम्भावना उच्च भएर पनि ओझेलमा परेको अध्यक्ष चेमजोङले बताए।
इलामका खेलाडीले राष्ट्रिय टिममा रहेर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलिसकेका छन्। 'फुटबलमा इलामले इतिहास बोकेको छ। अहिले पनि हाम्रा २ खेलाडी (नवयुग श्रेष्ठ र योगेश गुरुङ) राष्ट्रिय टोलीमा छन्। यो गौरवको विषय भएपनि जिल्लामा खेल विकासका लागि प्रयास अपुग छ,' उनले भने।
जिल्लामा फुटबलका खेलाडीको राम्रो सम्भावना भएकाले यसको विकासका लागि एकाडेमी सञ्चालन गर्नु आवश्यक रहेको मुख्य प्रशिक्षक बस्नेतले बताए। बर्सेनि प्रतियोगिता आयोजना गर्दा एकाडेमी सञ्चालनका लागि दबाब पुग्ने उनको भनाइ छ। तत्कालको प्रतियोगिता जित्नुभन्दा भविश्यमा राम्रा खेलाडी उत्पादन गर्नु मुख्य लक्ष्य रहेको बस्नेतको भनाइ छ।