फुटबलमा आइपुगे प्राविधिक निर्देशक
१९ माघ २०७२
•
६ मिनेट पाठ
फुटबलमा आइपुगे प्राविधिक निर्देशक
काठमाडौं-नेपाली फुटबलको प्राविधिक निर्देशकको भूमिका निर्वाह गर्न जापानी टाकेडा चियाकी राजधानी आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहमा जापान फुटबल संघ (जेएफए) ले चियाकीलाई एकवर्षका लागि नेपाल पठाएको हो।

६२ वर्षे चियाकीले मुख्यतः प्रशिक्षण शैलीमा काम गर्ने एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी गराए । अहिलेको प्रशिक्षण शैलीमा परिवर्तन आवश्यक रहेको मनन गर्दै प्राविधिक निर्देशक पठाउन जेएएफलाई आग्रह गरिएको सिइओ तुलाधरले बताए ।

'हामीले अहिलेसम्म हचुवाको भरमा योजना बनाइरहेका छौं,' एन्फाका प्रवक्तासमेत रहेका तुलाधरले भने, 'अब हाम्रो प्रशिक्षण शैली समयानुकूल र वैज्ञानिक हुने अपेक्षा छ ।'

सिइओ उनले आउने एकवर्षमा नेपाली फुटबलमा प्राविधिक पक्षमा केही न केही परिवर्तन आउनेमा विश्वास व्यक्त गरे । 'हामीले अहिलेसम्म व्यवस्थापन र प्राविधिक विषय एकैठाउँमा राखेर काम गरिरहेका छौं,' तुलाधरले कमजोरी औल्याउँदै भने, 'अब यसलाई अलग अलग पार्नैपर्छ । व्यवस्थापन र प्राविधिक विषय अलग अलग ढंगले लानु पर्छ ।'

तुलाधरका अनुसार चियाकीले एन्फाका जिल्ला÷क्षेत्रीय प्रशिक्षक, एन्फा एकेडेमीका प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद (राखेप) का फुटबल प्रशिक्षकलाई प्रशिक्षणको पछिल्लो शैली सिकाउने छन् ।

राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक कृष्ण थापा एन्फा प्राविधिक प्रशिक्षकबाट अलग भएदेखि पूर्वकप्तान उपेन्द्रमान सिंहलाई त्यो जिम्मेवारी दिइएको थियो । नेपाली युवा खेलाडीमा कम उमेरमा उच्च प्रदर्शन गरेपछि उमेर बढ्दै जाँदा प्रदर्शनमा ह्रास आउने समस्याको पहिचान पनि प्राविधिक निर्देशकबाट हुने विश्वास एन्फाले लिएको छ । 'हाम्रो छनोट प्रक्रिया वैज्ञानिक छ छैन,' तुलाधरले भने, 'हाम्रो खेलाडीको प्रदर्शनमा एकरुपता आउन नसक्नुको कारण लगायत अन्य सबै कमजोरी खोतल्ने र त्यसको समाधानको उपाय निकाल्छन् भन्ने विश्वास छ ।'

'प्राविधिक निर्देशकका रूपमा काम गर्न हामीले उपेन्द्रमानलाई जिम्मेवारी दिएका थियौं । तर, त्यो कार्यवाहक हिसाबमा मात्र हो,' उनले भने, 'अब चियाकीले पूरा जिम्मेवारी लिनेछन् । उनलाई एन्फाका पूर्वकालीन प्रशिक्षक उपेन्द्रमानसहित बालगोपाल महर्जन र हरि खड्काले सघाउने छन् ।'

तुलाधरका अनुसार अब राष्ट्रिय टोलीको प्रशिक्षक पनि चियाकीकै सल्लाहमा नियुक्त हुनेछ । 'पूर्व प्रशिक्षक प्याट्रिक ओजेम्स आइसकेको अवस्थामा हामीलाई प्राविधिक निर्देशक पठाउन जेएफएसँग आग्रह गरेका थियौं,' उनले भने, 'जेएफएले स्थलगत अध्ययनपछि चियाकीलाई पठाएको हो । ओजेम्स आउने सम्भावना छैन । अब नयाँ प्रशिक्षक नियुक्ति उनकै सल्लाहमा हुनेछ ।'

केही सातामा उनले नेपाली फुटबललाई कसरी प्राविधिक रूपमा सफल बनाउने भन्ने योजना तयार पार्ने सिइओ तुलाधरले बताए । चियाकीले मंगलबार १२ औं दक्षिण एसियाली खेलकुदको महिला र पुरुष फुटबल टोलीका प्रशिक्षकसँग भेटेका छन् । उनी नेपालको खेल हेर्न भारत जाने एन्फाले जानकारी दिएको छ ।

एन्फाले जानकारी दिएअनुसार जेएफएको विकास कार्यक्रमअन्तर्गत नेपाल आएका चियाकी सन् १९६७ देखि १९८७ सम्म २० वर्ष खेलाडीका रूपमा सक्रिय रहे । जापानका थुप्रै क्लबमा मुख्य प्रशिक्षक रहिसकेका उनी १९९० देखि २००८ सम्म टोकियो एफए कोच इन्स्ट्रक्टरका रूपमा कार्यरत थिए । उनले २००५ मा जेएफएबाट 'ए' लाइसेन्स लिएका थिए ।

चियाकीलाई मासिक पारिश्रमिक जेएफएले नै उपलब्ध गराउनेछ भने स्थानीय बसोबास, यातायात, दोभाषे लगायतको व्यवस्था एन्फाले गर्नेछ । एक वर्षपछि पनि प्राविधिक निर्देशकको निरन्तरताको सम्भावना रहेको उनले बताए । उनले भने, 'उनको एक वर्षको उपलब्धिपछि पुनः दुई संस्थाबीच छलफल हुनेछ । त्यसपछि अगाडिका बारेमा निर्णय लिनेछौं ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस