युवा टोलीलाई अर्को मौका
२१ माघ २०७२
•
८ मिनेट पाठ
युवा टोलीलाई अर्को मौका
काठमाडौं- युवा विश्वकपमा न्युजिल्यान्डमाथि सनसनीपूर्ण विजय हासिल गर्दै क्वार्टरफाइनलको यात्रा तय गरिसकेको नेपाली यु–१९ टोलीले शुक्रबार अर्को टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने भएको छ। अन्तिम आठको खेलमा शुक्रबार नेपालको प्रतिद्वन्द्वी आयोजक बंगलादेश हुनेछ। समुह चरणमा न्युजिल्यान्ड र आयरल्यान्डमाथि विजय हासिल गरेको नेपाल अन्तिम खेलमा भारतसँग पराजित भएको थियो।पहिलो खेलमै न्युजिल्यान्डमाथिको जितले नेपाली युवा टोलीमाथिको आश बढेको छ। नेपाली टोलीमा स्तव्धतापूर्ण नतिजा निकाल्न सक्ने क्षमता भएको विश्वास गरिएका बेला आयोजकविरुद्ध हुने खेल नेपालका लागि धेरै अर्थमा महत्वपूर्ण हुनेछ।

बंगलादेशमाथिको सम्भावित जितले नेपाललाई पहिलो पटक विश्वकपको सेमिफाइनल पुर्याउन सक्छ भने ठूला प्रतियोगितामा 'जायन्ट किलर' को छवि बनाएको नेपाल युवा क्रिकेटमा आफैलाई 'जायन्ट' को हैसियत दिन पनि सफल हुनेछ।

स्कोर धेरै बनाउन नसक्नु नेपालको पुरानो समस्या हो। तर अहिले क्रिजमा नेपाली खेलाडीको आत्मविश्वास प्रशंसनीय देखिएको छ। ढाकामा युवा टोलीले गरेको प्रदर्शनबाट त्यो आलोचना केही हद सम्म मत्थर बन्दै गएको छ। नेपालले न्युजिल्यान्डविरुद्ध सुरुमा ब्याटिङ गर्दै २ सय ३८ रन बनाएको थियो। जुन विश्व कप क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोर हो। यसले नेपाली टोलीको ब्याटिङ स्तर बढिरहेको देखाउँछ। प्रशिक्षक जगत टमाटाले ढाका जानु अघि टेस्ट राष्ट्रलाई हराउँदै समुह चरण पार गर्ने लक्ष्य राखेको बताएका थिए। प्रशिक्षक टमाटाले भने अनुसार नेपाली टोलीले विश्व कपमा आफनो लक्ष्य प्राप्त गरिसकेको छ। तर नेपालको यात्रा जारी छ।

यो यात्रालाई अझ अगाडि बढाउनका लागि शुक्रबार जितको विकल्प छैन। तर त्यो सहज पनि छैन। युवा विश्वकपमा बंगलादेशविरुद्धको इतिहास राम्रो भए पनि त्यसलाई निरन्तरता दिनु नेपाली टोलीका लागि सगरमाथा आरोहणजत्तिकै कठिन हुनेछ। यसअघि न्युजिल्यान्डमा २००२ मा सम्पन्न १९ वर्षमुनिको विश्वकपमा आमने सामने हुँदा नेपालले बंगलादेशमाथि २३ रनको जित हासिल गरेको थियो। तर यसपाली प्रतियोगिता बंगलादेश अभ्यस्त भएको उसकै मैदानमा हुँदैछ।

न्युजिल्यान्डमा नेपालले पहिलो ब्याटिङ गर्दै १ सय ८० रन जोडेको थियो। त्यतिबेला नेपालका लागी बिभत्सु थापाले सर्वाधिक ४१ रन बनाएका थिए। बंगलादेशलाई १ सय ५७ रनमा अलआउट गर्दा बरदान चालिसेले ४ विकेट लिएका थिए। १४ वर्ष अघि जित हात पारे पनि यसबीचमा नेपालको तुलनामा बंगलादेश क्रिकेटले धेरे उपलब्धी हासिल गरिसकेको छ। घरेलु मैदानमा भएको प्रतियोगितमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। समुह 'ए' बाट विजेता हुदै र्क्वाटरफाइनल पुगेको बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रन, स्कटरल्यान्डलाई १ सय १४ रन र नामिबियालाई ८ विकेटले हराएको थियो। बंगलादेशले दक्षिण अफ्रिका विरुद्ध २ सय ४० तथा स्कटल्यान्ड विरुद्ध २ सय ५६ रन बनाएको थियो। नामिबियालाई बंगलादेशले ६५ रनमा अलआउट गरेको थियो।

उपाधि घरैमा राख्ने लक्ष्य राखेको बंगलादेशसँग नाजमुल होसैन, मेहिदी हसन जस्ता प्रतिभावान खेलाडी छन्। नाजमुल जारी विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडीको चौथो नम्बरमा छन्। उनले तीन खेलमा ब्यक्तिगत २ सय रन बनाइसकेका छन्। नाजमुलले स्कटल्यान्ड विरुद्ध अविजित १ सय १३ रन बनाउँदै उदयीमान खेलाडीका रुपमा आफूलाई प्रमाणित गरिसकेका छन्। उनले दक्षिण अफ्रिका विरुद्ध पनि ७३ रन बनाएका थिए।

बंगलादेश विरुद्ध विजय पाउन सहज नभएको राम्ररी बुझेका नेपाली टोलीका प्रशिक्षक जगत टमाटा सकारात्मक नतिजाको लक्ष्यमा मैदान प्रवेश गर्ने बताउँछन्। टेस्ट राष्ट्र विरुद्ध खेल्दा दबाब नेपालमाथि नहुने उनको तर्क छ। उनले भने, 'टेस्ट राष्ट्रसँग खेल्दा उनीहरुलाई दबाब हुन्छ। हामी सक्दो राम्रो खेल्ने कोसिस गर्छौ। हामीलाई नतिजाको दबाब हुदैन। सके जित्ने हो, नसके पनि राम्रो खेल्ने प्रयास गर्ने हो।'

दोस्रो पटक यु–१९ विश्व कपको क्वार्टरफाइनल पुग्दा नेपालले थुप्रै सुधार गरेको छ। आयरल्यान्ड विरुद्ध सन्दिप लामिछानेले कीर्तिमानी ह्याटि्रक सहित ५ विकेट लिएका थिए। आयरल्यान्ड विरुद्ध योगेन्द्र सिंह कार्कीले अविजित ६१ रन जोडदै सहकर्मीको आत्मविश्वास बढाउने काम गरे।

बिहीबार अन्तराष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले गरेको निर्णय नेपालका लागी सुखद देखिन्छ। आइसीसीले न्युजिल्यान्डमा हुने सन् २०१८ को विश्व कपमा १० टेस्ट राष्ट्र सहित जारी विश्व कपमा उत्कृष्ट नतिजा निकाल्ने एसोसियट राष्ट्रलाई सोझै विश्व कपमा सहभागी गराउने निर्णय गरेको छ। आइसीसीको निर्णय अनुसार नेपाल वा नामिबियाले न्युजिल्यान्डमा सोझै खेल्ने सम्भावना छ।

नेपालले दोस्रो पटक मिरपुरमा रहेको शेरे बंगला रंगशालामा खेल्दैछ। यसअघि भारत विरुद्धको खेल नेपालले मिरपुरमै खेलेको थियो। करिब २५ हजार दर्शक क्षमताको मिरपुर रंगशालमा खेल्दा थुप्रै नेपाली समर्थकको साथ हुनेछ युवा टोलीलाई। दुई वर्ष अघि नेपालको सिनियर टोलीले ट्वान्टी–२० विश्व कपमा गर्व गर्न लायकको प्रदर्शन गरेको थियो। त्यसले अन्तर्राष्ट्रिय खेल जगतमा नेपाली क्रिकेटले चर्चा बटुलेको थियो। अहिले ढाकामै युवा टोलीले इतिहास बनाउने अर्को मौका पाएको छ।

आत्मविश्वासका साथ खेल्न सके सुखद नतिजा निकाल्ने क्षमता छ नेपाली टोलीमा। जुन नतिजाले पुन एक पटक सारा नेपालीले खेलको माध्यबाट गर्व गर्नेछन।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस