झापा-टिम व्यवस्थापनको गम्भीर लापरबाहीको शिकार बनेर बाटैमा अलपत्र बनेका उसुका खेलाडी घरबाट खर्च मगाएर शनिबार काठमाडौंतिर लागेका छन् । १२ अाैं दक्षिण एशियाली खेलकुद (साग) मा १ स्वर्णसहित १२ वटा पदक जित्ने उसुका ९ जना खेलाडी बिहीबारदेखि झापामा बेखर्ची बनेर भौतारिरहेका थिए ।खेलाडी लिएर प्रतियोगितामा सहभागी हुन गएका उसुका टिम म्यानेजर र प्रशिक्षकहरू पदक विजेता खेलाडीहरूलाई अलपत्रै छाडेर जहाजमा काठमाडौं हिँडेपछि खेलाडीको विजोग भएको थियो । अलपत्र मध्येका केही खेलाडी सिकिस्त बिरामी छन् । बिरामी भएका खेलाडीहरुले शुक्रबार दिउँसो बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार गराएका थिए ।
'हामी विरामी परेर यहाँ अलपत्र हुँदा पनि टिम व्यवस्थापनले कुनै सोधीखोजी गरेन', काँकडभिट्टा बसपार्कबाट शनिबार साढे चारबजे बस चढेका खेलाडीहरुले भने 'घरमा अभिभावकलाई भनेर खर्च मगाएर काठमाडौं हिँडेका हौं ।'
स्रोतका अनुसार उसु टिम व्यवस्थापनका सदस्यहरूले खेलाडीसँग पैसा रहेको बताउँदै उनीहरुलाई सम्पर्क गर्न अस्वीकार गरिरहेको छ । तर, खेलाडीहरू चिकित्सकले लेखिदिएको औषधि किन्ने पैसा समेत नभएको बताउँछन् । 'साथीहरुको घरबाट मनि ट्रान्सफरबाट पैसा आएपछि औषधि किनेको हो', खेलाडी हरिप्रसाद गोलेले भने 'हामीसँग खल्तिमा दुई चार पैसा भएर के गर्नु घरसम्म पुग्न र औषधि किन्न पैसा भएन।'
झापामा अलपत्र पर्ने खेलाडीहरुमा उसुका कप्तान धनवीर महर्जनसहित राजेश चौधरी, युवराज थापा, चित्रसिंह ठकुरी, हरिप्रसाद गोले, सरोज पुन, विजय सिञ्जाली, विश्व बुढा मगरलगायत छन् । नेपालबाट उसुका लागि १६ जना खेलाडी भारत गएका थिए । उनीहरुमध्ये १२ जनाले देशका लागि पदक जितेका छन् । जसमा एउटा स्वर्ण पदक, १० रजत र एक काँस्य पदक छन् । त्यही पदक देखाएर नेपाली खेलकुद क्षेत्र यतिबेला खुशी मनाइरहेको छ । तर, मिहेनत गरेर पदक दिलाउने तिनै खेलाडी बेखर्ची भएर बस्न बाध्य बने ।
उसुका टिम म्यानेजर नानीबाबु तामाङ, प्रशिक्षकहरू सुमन भट्ट, प्रकाश महर्जन, अरूण दत्त र रतन खातीले आफूहरूलाई बीचमै अलपत्र छाडेर हिँडेका भन्दै खेलाडीहरु उनीहरुको कदमविरुद्ध उभिने बताइरहेका छन् । भारतमा हुँदा पनि समयमा खान नदिएको, आफू चाहिँ किनमेल गर्न व्यस्त हुने गरेको आरोप खेलाडीले टिम व्यवस्थापनमाथि लगाएका छन् ।