काठमाडौं-१२ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। जित निकाल्नका लागि नवयुग श्रेष्ठ नायक बने, उनले ह्याट्रिक गोल गरे। निर्धारित ९० मिनटको खेलमा नेपाल र माल्दिभ्सको बराबर २ गोल भएको थियो। अतिरिक्त समयमा पनि नेपाल-माल्दिभ्सको खेल अन्तिमसम्म ३-३ को बराबरीमा थियो।
तर थपिएको ३० मिनटको अन्तिम समयमा नेपालले थप १ गोल गरेर ४-३ गोल अन्तरमा नतिजा नेपालको पोल्टामा पर्यो। सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। फाइनल खेलमा नेपालले भारतसँग खेल्नेछ।
भारतको गुवाहाटीमा भइरहेको साग अन्तर्गत नेपाल समूह 'बि' को उपविजेता बनेको थियो भने माल्दिभ्स समूह 'ए' को बिजेता बनेको थियो।
तीन साताअघि ढाकामा भएको नेपालले बंगबन्धु गोल्डकपको सेमिफाइनलमा मालदिभ्सको यही टिमलाई पराजित गरेको थियो।