झापा— साग विजेता फुटबल टोली केही बेरपछि नेपाल आइपुग्दैछ। टोलीलाई स्वागत गर्न खेलकूदमन्त्री सत्यनारायण मण्डल, खेलकूद मन्त्रालयका सहसचिव चुणमणि पौडेल सहितको टोली पश्चिम बंगालको बागडोगरा विमानस्थल पुगेको छ।विमानस्थलमा अवतरण भएपछि टोली काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्नेछ। नेपालाई २३ वर्षपछि ठूलो जित दिलाउने टोलीको स्वागतमा सीमावर्ती नेपाली क्षेत्र काँकरभिट्टामा सयौं मान्छे लामबद्ध भएर नेपाली टोलीलाई स्वागत गर्न बसेका छन्। उनीहरुले हातहातमा फुलगुच्छा लिएका छन्। सीमाको मेची पुलमै पुगेर समर्थकहरुले स्वागत गर्ने कार्यक्रम बनाएका छन्।
काँकारभिट्टामा स्वागत गरेपछि धुलाबारी, विर्तामोडा, चन्द्रगढी नगर परिक्रमा गराउने कार्यक्रम छ। पूर्वी नाकामा उत्सबको माहोल छ। जिल्ला खेलकूद विकास समिति झापाको संयोजनमा स्वागतको तयारी भएको हो।
काँकारभिट्टामा स्वागत गरेपछि धुलाबारी, विर्तामोडा, चन्द्रगढी नगर परिक्रमा गराउने कार्यक्रम छ। पूर्वी नाकामा उत्सबको माहोल छ। जिल्ला खेलकूद विकास समिति झापाको संयोजनमा स्वागतको तयारी भएको हो।