झापा— साग विजेता फुटबल टोली केही बेरपछि नेपाल आइपुग्दैछ। नेपालाई २३ वर्षपछि ठूलो जित दिलाउने टोली नेपाली भूमि प्रवेश गर्न साथ न्यायानाे स्वागत पाउनेछ। सीमावर्ती नेपाली क्षेत्र काँकरभिट्टामा सयौं मान्छे लामबद्ध भएर नेपाली टोलीलाई स्वागत गर्न बसेका छन्।
उनीहरुले हातहातमा फुलगुच्छा लिएका छन्। सीमाको मेची पुलमै पुगेर समर्थकहरुले स्वागत गर्ने कार्यक्रम बनाएका छन्।
काँकारभिट्टामा स्वागत गरेपछि धुलाबारी, विर्तामोडा, चन्द्रगढी नगर परिक्रमा गराउने कार्यक्रम छ। पूर्वी नाकामा उत्सबको माहोल छ। जिल्ला खेलकूद विकास समिति झापाको संयोजनमा स्वागतको तयारी भएको हो।