काठमाडौं- नेपाल पुलिस र एपिएफ क्लबले प्रथम प्रधानसेनापति कप राष्ट्रिय खुला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। पुलिस समूह 'ए' को विजेता र एपिएफ समूह 'बी' को उपविजेता हुँदै अन्तिम चारमा पुगेका हुन्। यसैगरी अर्को सेमिफाइनलमा बिहीबार आर्मीको 'ए' र 'बी' टिमले खेल्नेछन्। एपिएफले चारमध्ये तीन खेल जित्दै ९ अंक जोडेको थियो।
बुधबार लगनखेलस्थित आर्मीको कभर्ड हलमा एपिएफले सुदूरपश्चिमाञ्चललाई २५–२१,२५–८, २५–११ ले पराजित गर्योल।समूह 'बी'को लिग चरणमा एपिएफ आर्मीसँग सोझो सेटमा पराजित भएको हो।
आर्मीसँग हारे पनि एपिएफले मध्यमाञ्चल, सुदूरपश्चिम र मध्यपश्चिमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। एपिएफका प्रशिक्षक सुदेशकुमार रिमालले पुलिसको स्पाइकर सञ्जय अर्याल र कुलबहादुर थापालाई रोक्नसके खेल जित्ने बताउँछन्। उनले भने, 'पुलिस सबैभन्दा अनुभवी र क्षमतावान स्पाइकर भएको टोली हो। उनीहरूलाई हराउन सहज छैन। हामीले सञ्जय र कुलको स्पाइकलाई ब्लक गर्न सकेमात्र खेल जित्न सक्छौं।'
आर्मीसँगको हारले टोलीको कमजोर सुधार्न सहयोग गरेको रिमालले बताए। उनले भने, 'हामीसँग पर्याप्त खेलाडी छैनन्। नयाँ खेलाडी टिममा धेरै छन्। उनीहरूलाई अनुभवको कमी छ। ब्लक गर्न नसक्दा हामीले आर्मीसँग हारेका थियौं। पुलिसविरुद्ध ब्लकलाई बलियो बनाउँछौं।'
रिमाल पुलिसका पूर्व प्रशिक्षक हुन्। पुलिसको खेल्ने शैलीबारे उनलाई राम्रै ज्ञान छ। तर, प्रशिक्षक रिमाल पुलिसलाई रोक्न आफ्नो खेलाडी पनि क्षमतावान हुनुपर्ने आवश्यकता देख्छन्।
बुधबारअन्य खेलमा मध्यामञ्चल र आर्मी 'ए' ले जित पाए। मध्यामाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१०, २५–१६, २५–२१ ले हरायो।अर्को खेलमा मध्यमाञ्चल विभागीय टोली आर्मीसँग २५–१२,२६–२४, २५–१२ ले पराजित भयो।
पुलिसका कप्तान इम रानाले एपिएफलाई हराउन कठिन नहुने बताए। उनले भने, 'अहिले आर्मीबाहेक अन्य टोलीको समन्वय मिल्न सकिरहेको छैन। साग खेल्ने टोलीमा धेरै खेलाडी भएकाले हामीलाई पुरानै लयमा खेल्न कठिन छ। तर, एपिएफलाई हराउन अप्ठेरो पर्दैन। हाम्रो लक्ष्य फाइनल जित्ने हो। हामी सक्दो समन्वय मिलाउने कोसिस गर्छौं।'
भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद खेल्न गएको टोलीमा पुलिसको इमसहित सञ्जय अर्याल, कुलबहादुर थापा, चन्द्र कुँवर र देव शर्मा थिए। इम राष्ट्रिय टोलीकाकप्तान पनि हुन्।
इमले प्रतियोगिता भइरहेको लखनखेलस्थित कभर्डहलको म्याटका कारण खेल्न गाह्रो भएको बताए। उनले थपे, 'भलिबल कोर्टमा मार्सल आर्टमा प्रयोग हुने म्याट राखेको कारण आर्मीबाहेक अन्य टोलीलाई खेल्न अप्ठेरो भएको छ। म्याटले टिमको मुभमेन्टमै असर गरिरहेको छ।'
पुलिसका मुख्य स्पाइकर चन्द्रको बिहीबार खेल्ने सम्भावना कम छ। मांसपेसीमा समस्या देेखिएपछि उनी बुधबार पूर्वाञ्चलविरुद्धको पहिलो सेटमै कोर्टबाट बाहिर आएका थिए। उनको स्थानमा पुलिसका प्रशिक्षक रुपेश विष्टले दीपकराज जोशीलाई मैदानमा पठाएका थिए। कप्तान इमले चन्द्र खेल्नेबारेमा अझै निर्णय लिइनसकेको बताए। उनले भने, 'चन्द्र हाम्रा मुख्य स्पाइकर हुन्। यसले खेल्न अहिलेसम्म निश्चित भएको छैन। चिकित्सकको सल्लाहअनुसार हामी निर्णय गर्छौं।'
नेपाली सेनाद्वारा यसै वर्षदेखि आयोजित प्रधानसेनापति कप घरेलु भलिबलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो। विजेताले ३ लाख पाउनेछ। उत्कृष्ट खेलाडीले पल्सर बाइक जित्नेछ।