काठमाडौं- घरेलु भलिबलका दुई सफल क्लब त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब शुक्रबार फेरि एकपटक उपाधिका लागि भिड्ने भएका छन्। बिहीबार सम्पन्न सेमिफाइनलमा जित्दै पुलिस र आर्मी 'ए' टिमले प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल भेट पक्का गरेका हुन्।पूर्वखेलाडी सरोज श्रेष्ठको प्रशिक्षणमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई सोझो सेटमा हरायो। अर्को खेलमा आयोजकसमेत रहेको आर्मी 'ए' ले आफ्नै 'बी' टोलीलाई ३–१ सेटले रोकेको थियो। आर्मीको दुवै टोलीलाई पूर्व मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्।
आफ्नो प्रशिक्षणको पहिलो प्रतियोगितामै टोली फाइनल पुगेकोमा उत्साही बनेका प्रशिक्षक सरोज श्रेष्ठ पुलिसले उपाधि जित्नेमा आशावादी छन्। 'जसरी हामीले सेमिफाइनल खेल्यौं, त्यसलाई निरन्तरता दिने हो भने उपाधि जित्न कठिन छैन,' उनले भने, 'आर्मीका खेलाडी फिजिकल्ली टफ छन्। हाम्रा खेलाडी अनुभवी छन्।'
उनको टोलीले एपिएफलाई २५–१६, २५–१२, २६–२४ ले हराएको थियो। 'राष्ट्रिय टोलीबाट खेल्ने पाँच खेलाडी हामीसँग छन्। त्यसले पनि हाम्रो टोली अनुभवी छ ,' श्रेष्ठको विश्वास छ, 'म खेल्दा पनि टोली नम्बर वान थियो। मेरो लक्ष्य प्रशिक्षकका रूपमा पनि टोलीलाई नम्बर एक बनाउने छु।'
आफ्नै गुरुसँगको टोलीविरुद्ध फाइनल खेल्न पाउँदा उनको उत्साह दोब्बर भएको छ। 'म सफल खेलाडी बन्नुमा कपिल गुरुको महŒवपूर्ण भूमिका छ,' उनले भने, 'यस्तो दिन पनि आयो, अब उहाँको टोलीविरुद्ध खेल्दा मलाई अर्को टोलीको नेतृत्व गर्ने अवसर मिलेको छ। यो मेरा लागि ठूलो अवसर हो।'
चोटका कारण समय अघि खेलजीवन त्याग्नु परे पनि भलिबल त्याग्न गाह्रो हुने अनुभव सुनाउँदै सरोज श्रेष्ठले थपे, 'भलिबलबाटै म पुलिसमा आबद्ध भएको छु। सहायक प्रशिक्षक भएर काम गरेँ। अहिले पूरै जिम्मा पाएको छु। आफूलाई प्रशिक्षणमा पनि निखार्ने यो मौका हो।'
उता आर्मीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठ फाइनल बराबरीको हुने अनुमान गर्छन्। 'पुलिस बलियो टोली हो। सेट टिम छ र खेलाडी पनि अनुभवी छन्,' उनले भने, 'हाम्रा केही खेलाडीले माथिल्लो स्तरको भलिबल पहिलोपल्ट खेल्दैछन्। तर, हाम्रा खेलाडीले बराबरीको टक्कर दिनेछन्।' चार वर्ष पुलिस र पाँच वर्ष एपिएफ क्लब हेरिसकेका श्रेष्ठ पाँच महिनाअघि आर्मीसँग आबद्ध भएका थिए।
आर्मीको 'बी' सेमिफाइनल पुग्नुलाई नै उनले विशेष मानेका छन्। ए टोलीले २५–१८, २५–२०, २४–२६, २५–१६ मा खेल आफ्नो पक्षमा पारेको थियो। 'ए टिममा सिनियर र अनुभवी खेलाडी छन्। बी टिममा अधिकांश नयाँ छन्। यो टिम सेमिफाइनल पुग्नु पनि महत्वपूर्ण हो,' श्रेष्ठले भने, 'समग्रमा हाम्रो भलिबलमा सुधार भइरहेको छ। आउने दिनमा अझै सुधार हुने विश्वास छ।'
आफ्नै कमजोर प्रदर्शनका कारण पुलिससँग पराजित भएको एपिएफका प्रशिक्षक सुदेश रिमालले बताए। 'हामीले राम्रो खेल्न सकेनौं। तेस्रो सेटमा केही मिलेजस्तो देखिए पनि जित्न सकिएन,' पुलिसका पूर्वप्रशिक्षक रिमालले भने, 'पुलिस अनुभवी टोली हो त्यहीअनुसार प्रदर्शन गर्यो । मुख्यतः अनुभवको कमी र कमजोर प्रदर्शनकै कारण हामी पराजित भएका हौं।'