चितवन–पश्चिमचितवनको पटिहानीमा सुरु भएको पद्मोदयअन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन विभागिय टोली नेपाल पुलिस र एपिएफ क्लबले विजयी सुरुआत गरेका छन्।एपिएफले अर्को विभागिय टोली त्रिभुवन आमीृ क्लबलाई २३–२५,२६–२४,२५–१९,२५–१९ ले हराएको थियो । गत बर्ष एपिएफले आर्मीलाई फाइनलमा हराएको थियो । अर्को खेलमा नेपाल पुलिसले बंगलादेशको वाटर डेभलेपमेन्पट बोर्ड बंगलादेशलाई २५–१७, २५–१९ र २५–१८ को सेटमा पराजितग¥यो ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गरेका थिए । पद्मोदय युवा क्लब ले आयोजना गरेको प्रतियोगितामा भारतको बीएमडब्लू र भुटानको साम्चे भलिबल क्लबको पनि सहभागिता छ । प्रतियोगिताका लागि सात लाख रुपैयाँ गर्ने विमल सिंह ठकुरीलाई सम्मान गरिएको थियो । त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाख चितवनका अध्यक्ष विनोदबाबु रिजाललाई १० हजार रुपैयाले सम्मानित भए । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।