विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिद्राहा भेट्रान क्लब प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा मोरङको ग्रामथान गाउँपालिकाको सिद्राहा भेट्रान क्लबले सुनसरीको दुहबी भेट्रान क्लबलाई पराजित गरेको हो।
सिद्राहाले दुहबीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। खेलको निर्धातिर समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो। सिद्राहाले दुहबीलाई अधिकांश समय दबाबमा राखेर खेले पनि जित निकाल्न टाइब्रेरसम्म जानु पर्यो।
सिद्राहाका धनवीर चौधरी, अनन्त चौधरी र सुरजकुमार देवले गोल गरे भने विनय चौधरीको प्रहारलाई गोलरक्षकले विफल परे। दुहबीका लागि निरबहादुर आलेले मात्रे गोल गर्न सफल भने सुवास चौधरी, स्माइल रेन र जितेन्द्रकुमार सरदारको प्रहारलाई गोलरक्षकले रोके।
खेलको ११ औं मिनेटमा म्यान अफ द म्याच हर्कराम गुरुङले डिबक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षकले उत्कृष्ट बचाउ गरे। ३३ औं मिनेटमा दुहबीका स्माइल रेनले गरेको प्रहारलाई गोलरक्षकलाई लाग्दै रिबाउण्ड भएको बलमा रुद्रबहादुर खड्काले गोल गर्दै अग्रता दिलाए। ४१ औं मिनेटमा सिद्राहा इश्वर चौधरीको पासमा बक्स नजिकबाट हर्कराम गुरुङले गरेको सिधा प्रहार गोलमा परिणत गर्दै बराबरी पारे।
५६ औं मिनेटमा सिद्राहाका हर्करामको क्रसपासमा अनन्त चौधरीले गोल गरी टोलीलाई थप अग्रता दिलाए। ६५ औं मिनेटमा दुहबीका ३० यार्डमा पाएको फउलमामा स्माइ रेनले गरेको प्रहार सिधा गोल हुँदै खेल बराबरीमा ल्याए ।
प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा विराटनगरको विराट मेघा भेट्रान क्लब ‘ए’ र विराटनगरकै हाटखोला भेट्रान क्लबबीच हुनेछ।
मोरङ जहदाको जहदा भेट्रान क्लब विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति सम्पन्न खेलमा जहदाले विराटनगरको हाटखोला भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोलमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। दुवै टोलीमा राष्ट्रिय खेलाडीदेखि ‘ए’ डिभिजन क्लबबाट खेलेर नाम चर्चा कमाएकाहरु थिए। नेपाली टोलीका पूर्व कप्तान सागर थापा नेतृत्वमा रहेको हाटखोला मध्यान्तरअघि २ गोलले अगाडि रहे पनि मध्यान्तरपछि जहदाले आफ्नो खेलको लय फर्काउँदै २ गोल फर्काउन सफल भयो। निर्धारित ७० मिनेटको समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा जहदाका लागि डेनिम राई, विमल गुरुङ, मित्रबहादुर बस्नेत, सुवास सब्बा र संजीव बुढाथोकीले गोल गरे। हाटखोलका लागि नरेश श्रेष्ठ, विक्रम श्रेष्ठ र राजकुमार घिसिङले गोल गरे भने विष्णु सुनारको प्रहारलाई गोलरक्षकले विफल पारे।
हाटखोलाका विक्रम श्रेष्ठले खेलको २० औं मिनेटमा तेजबहादुर गलामीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ३५ औं मिनेटमा हाटखोलाकै राजकुमार घिसिङले डिबक्स अगाडिबाट गरेको सिधा प्रहारमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए। सुवास सुब्बा जहदाका लागि ४५ औं मिनेटमा गोल गर्दै गोल मतान्तर कम पारे। ६७ औं मिनेटमा डेनिम राईले पेनाल्टीमार्फत गोल गर्दै गोल संख्या बराबरी पारे। हाटखोलका गोलरक्षकले जहदाका सुवास सुब्बालाई डिबक्सभित्र तानेर लडाएपछि पेनाल्टी पाएका थिए। म्यान अफ द म्याच जहदाका डेनिम राई भए। प्रतियोगिताअन्तर्गत बिहीबार रातिको पहिलो सेमिफाइनल खेल आयोजक विराट मेघा स्पोर्ट्स एकेडेमी र मोरङकै सिद्राहा भेट्रान क्लबबीच हुनेछ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...