काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा मंगलबारदेखि चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा जम्मा ३६ टोलीको सहभागिता रहने केभिकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन्। सिनियर ब्वाइजमा २४ तथा सिनियर गर्ल्समा १२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। ब्वाइज टिमलाई ८ तथा गर्ल्सलाई चार समूहमा विभाजन गरिनेछ। ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। गर्ल्सको समूहविजेता र उपविजेता क्वार्टरफाइनलमा पुग्नेछन्।