छलफल पुनर्बहालीमा केन्द्रीत
१० चैत्र २०७२
•
१० मिनेट पाठ
छलफल पुनर्बहालीमा केन्द्रीत
काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधिमण्डलले बुधबारको छलफलमा एन्फाबाट बर्खास्तगीमा परेकाहरूलाई पुनर्बहालीको मुख्य विषय बनाए पनि सहमति भने हुन सकेन।लगातार तीनवटा बैठकमा उपस्थित नभएको भन्दै एन्फाले असोज ११ मा निर्वाचित उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्वाङलाई आउँदो साधारणसभासम्म भन्दै बर्खास्त गरेको थियो। एन्फामा चारजनाको पुनर्बहाली नै अहिले विवाद समाधानका लागि पेचिलो बनेको छ।




एएफसीका अन्तर्राष्ट्रियसम्बन्ध विभागका निर्देशक सञ्जिव बालासिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलसँगको छुट्टाछुट्टै छलफलमा एन्फा संस्थापन पक्षले यथास्थितिमा पुनर्बहाली गर्न नसक्ने र असन्तुष्ट पक्षले त्यसैलाई एकमात्र सर्त राखेका थिए।

दुवै पक्षको भनाइ सुनेको एएफसी प्रतिनिधिमण्डलले राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव केशवकुमार विष्टसँग छलफलपछि बिहीबार विवाद समाधानका लागि स्पष्ट निर्देशन दिने सम्भावना रहेको छ।

एएफसी प्रतिनिधिसँग चारजनाको पुनर्बहालीसहित चार विषयमा छलफल भएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए। 'पुनर्बहालीमा उहाँहरू बढी केन्द्रित हुनुहुन्थ्यो। चारजनालाई मिलाएर लान सकिन्छ भने सबै विवाद समाधान हुने सम्भावना उहाँहरूले बताउनुभयो,' तुलाधरले भने, 'तर, हामीले प्रक्रिया धेरै अघि बढिसकेकाले पुनर्बहाली गर्न नसकिने जवाफ दियौं।'

असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका शेर्पाले पुनर्बहाली गरे विवाद समाधान हुने प्रतिनिधिमण्डललाई जानकारी दिएको बताए। 'हामीमाथिको कारबाही विधानविपरीत छ। त्यसैले पुनर्बहाली हाम्रो एकमात्र सर्त हो,' उनले भने, 'त्यसमा एएफसी पनि सकारात्मक छ। हामीले सुरुबाटै एएफसीको निर्णय मान्ने भनेका छौं।'

संस्थापन पक्ष पुनर्बहाली गर्न तयार नभएको बताउँदै शेर्पाले भने, 'हामीले एन्फाको अपिल कमिटी, राखेप, युवा तथा खेलकुद मन्त्रालयमा दिएको उजुरी सुनाइ नभएपछि बाध्य भएर पुनरावेदन अदालतमा मुद्दा दर्ता गराएका हौं भन्ने उहाँहरूलाई प्रस्ट पारेका छौं। त्यसलाई उहाँहरूले पनि स्वाभाविक मानेको पायौं।'

सिइओ तुलाधरका अनुसार एएफसी प्रतिनिधिमण्डलले पुनर्बहालीसँगै साधारणसभा नगर्नुको कारण, वरिष्ठ उपाध्यक्षको मनोनयन प्रक्रिया र अध्यक्ष गणेश थापा फिफा कारबाहीमा पर्ने भएपछि गरिएको चारजनाको बर्खास्तगीबारे जिज्ञासा राखेको थियो। 'सबै विषयमा हामीले विधानसम्मत भएको जानकारी गरायौं। विधानसम्मत चारजनालाई कारबाही गरेको र त्यसमा रिक्त पदमा मनोनयन गरेका हौं। त्यसको जानकारी फिफा र एएफसीलाई गराएका थियौं,' उनले भने, 'साधारणसभा गर्न हामी तयार छौं। तर, पुनरावेदनमा मुद्दा विचाराधीन रहेकाले गर्न सकेका छैनौं।'

एएफसी टोलीले तत्काल साधारणसभा गर्न सुझाएको उनले बताए। २०७० मा चुनाव भएपछि एन्फाको साधारणसभा भएको छैन।

चारजनालाई बर्खास्तगीअघि स्पष्टीकरण, निलम्बनको लामो प्रक्रिया पूरा गरेकाले कारबाही पूर्वाग्रही होइन भन्नेमा आफूहरूले एएफसी प्रतिनिधिलाई प्रस्ट पारेको तुलाधरको दाबी थियो। बर्खास्तपछि रिक्त पदमा मनोनयन गरेकाले त्यो निर्णयबाट फर्कन नमिल्ने जनाउँदै उनले भने, 'हामीले एएफसी अधिकारीलाई चारजनाको बर्खास्तगी र अरु मनोनयन सबै साधारणसभासम्म मात्र गरेका हौं भन्ने जानकारी दियौं। साधारणसभाले नै सबै विषयमा टुंगो लगाउने गरी हामी मान्न तयार छौं। त्यहाँ बर्खास्तगीमा परेकाले पनि भाग लिन पाउनुहुनेछ भन्ने हाम्रो तर्क छ।'

वरिष्ठ उपाध्यक्षको चयन प्रक्रिया विधानमा प्रस्ट नभएकाले साधारणसभामार्फत त्यसलाई स्पष्ट पार्न प्रतिनिधिमण्डलले सुझाएको एन्फाका प्रवक्ता समेत रहेका तुलाधरले बताए। 'विधानमा एक वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष हुने भन्ने व्यवस्था छ। तर, वरिष्ठ उपाध्यक्षको मापदण्ड प्रस्ट खुलेको छैन,' उनले थपे, 'त्यसलाई बढी मत प्राप्त गर्ने, बढी उमेर वा फुटबल काम गरेको अवधि कुन आधार मान्ने हो वा अन्य के हुने भन्ने स्पष्ट उल्लेख गर्न सुझाव दिनुभएको छ। त्यसलाई हामीले संशोधन गरेर जाने बतायौं।'

चारजनालाई बर्खास्त गरेकै दिन असोज ११ मा एन्फाले नरेन्द्र श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष तथा वीरबहादुर खड्का, मणि कुँवर र सन्तोष बानियाँलाई उपाध्यक्षमा मनोनीत गरेको थियो। जेठ २९ मा करेन्ट लागेर मृत्यु भएका वरिष्ठ उपाध्यक्ष रहेका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको ठाउँमा नरेन्द्र श्रेष्ठलाई मनोनीत गरिएको थियो। मनोनीत सबै २०७० को निर्वाचित कार्यसमिति बाहिरका थिए।

फिफाले कात्तिक अन्तिम साता एन्फा अध्यक्ष गणेश थापामाथि प्रतिबन्ध लगाएको हो। थापालाई भ्रष्टाचारको अभियोग लगाउँदै फिफाको इथिक्स कमिटीले १० वर्षको प्रतिबन्ध लगाउनुका साथै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो। थापा कारबाही परेपछि संस्थापन पक्षले श्रेष्ठ स्वतः कार्यवाहक अध्यक्ष भएको दाबी गरिरहेको छ भने असन्तुष्ट पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ।

एएफसीले चारजनालाई बर्खास्त गर्ने एन्फाको निर्णय विधानविपरीत भएको ठहर गर्छ भने पुनर्बहाली गर्न सकिने तुलाधरले प्रस्ट पारेका छन्। 'एएफसीले हाम्रो निर्णय विधान विपरीत भन्छ भने हामी पुनर्बहाली गर्न तयार छौं। सात महिनाअघि बर्खास्त गर्नेबित्तिकै सबै जानकारी फिफा र एएफसीलाई दिएका हौं। यतिका समयसम्म कुनै प्रतिक्रिया आएन,' उनले भने, 'अहिले आएर पुनर्बहाली भन्दा त्यो सम्भव छैन। हामीले रिक्त पदमा विधानसम्मत मनोनयन गरिसकेकाले त्यसबाट पछि हट्न मिल्दैन। सबै विषयलाई साधारणसभा लगेर टुंग्याउन हामी तयार छौं। '

थापाको अपिल
प्रतिबन्धित एन्फा अध्यक्ष गणेश थापाले आफ्नो कारबाहीविरुद्ध फिफामा अपिल गरेको खुलेको छ। एएफसी प्रतिनिधिमण्डलले एन्फा संस्थापनसँगको बुधबार छलफलका क्रममा थापाले फिफामा अपिल गरेकाले तत्काल अध्यक्षको निर्वाचन गर्न आवश्यक नरहेको जनाएको सिइओ तुलाधरले बताए। कात्तिक अन्तिम साता थापालाई भ्रष्टाचारको अभियोग लगाउँदै फिफाको इथिक्स कमिटीले १० वर्षको प्रतिबन्ध लगाउनुका साथै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो। 'अपिलको किनारा नलाग्दासम्म पद त्यो पद स्थगन हुन्छ भन्ने उहाँहरूको भनाइ थियो,' तुलाधरले भने, 'अहिलेको अवस्थासम्म रिक्त पदमा मात्र निर्वाचन गर्दा हुने देखिन्छ।'

थापाले अपिल कहिले गरेको भन्नेमा भने प्रवक्ता तुलाधरको अनभिज्ञता थियो। उनले भने, 'हामीले पनि एएफसीकै अधिकारीमार्फत जानकारी पाएका हौं।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस