मुम्बई– क्रिस गेलले बिहीबार भारतविरुद्ध वाङखडे रंगशालामा हुने ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा अर्को सतक हान्ने आशा व्यक्त गरेका छन्। गेलले वाङखडे रंगशालामै भएको पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध ४७ बलमा सतक पूरा गरेका थिए। २०१२ को विजेता वेस्ट इन्डिज समुह चरणको खेलमा अफगानिस्तनविरुद्ध हार्नुअघिका तीनै खेलमा विजयी भएको थियो।
'टोलीका लागि थप एउटा लामो इनिङ खेल्दै जिताउने प्रयास गर्नेछु,' गेलले भने ।
श्रीलंकाविरुद्ध ह्यामस्ट्रिङ चोटका कारण फिल्डिङ गर्दा मैदान वाहिर वसेका गेलले ब्याटिङ गर्न पाएका थिएनन् । त्यसपछि दक्षिण अफ्रिकाविरुद्ध २ रनमात्र जोडेका गेललाई अफगानिस्तानविरुद्धको खेलमा आराम दिइएको थियो ।
वाङखडेकोे पिच ब्याटिङ सहयोगी हुनुका साथै बाउन्ड्री पनि छोटो छ । जसका कारण पावर सट खेल्ने गेलबाट टोलीले ठूलो आशा गरेको छ । यसै मैदानमा गेलको सतकीय इनिङप्रेरित वेस्ट इन्डिजले इङल्यान्डले दिएको १ सय ८३ रनको लक्ष्य ११ बल बाँकी रहँदा पूरा गरेको थियो ।
दक्षिण अफ्रिकाले पनि वाङखडे मैदानमा इङल्यान्डविरुद्ध ४ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । तथापी इङ्ल्यान्डले ८ क्षतीमा लक्ष्य पूरा गरेको थियो । त्यस्तै दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३७ रनले पराजित गर्दा पनि मुम्बईमा ५ विकेट गुमाएर २ सय ९ को स्कोर बनाएको थियो ।
मुख्य खेलाडी लेग स्पिनर सुनिल नारिन र अल राउन्डर किरोन पोलार्डको अनुपस्थितीमा पनि वेस्ट इन्डिजले सविक विजेता श्रीलंका र दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
'यसले वेस्ट इन्डिज क्रिकेट कति बलियो छ भनेर देखाउछ,' गेलले भने, 'जसले ती मुख्य खेलाडीलाई प्रतिस्थापन गरे उनीहरुको प्रदर्शन पनि राम्रो छ । कार्लोस ब्रेथह्वाइटले दक्षिण अफ्रिकाविरुद्ध विजयी प्रदर्शन गरे । यसले टोलीको बेन्च पनि बलियो छ भन्ने पुष्टी हुन्छ ।'
गेलले अफगानिस्तानसँग भोगेको ६ रनको हारवाट वेस्ट इन्डिजलाई सेमिफाइनलमा राम्रो खेल्न प्रेरणा मिलेको बताए ।
'अफगानिस्तानविरुद्धको खेलबाट प्राप्त भएको एउटै सकरात्मक पक्ष भनेको प्रेरणा हो,' गेलले भने, 'भारत पनि हारको नजिक पुगेर विजयी भएको टोली हो । त्यसैले हामीले आफ्ना गल्ती सुधार्दै बिहीबारको खेलमा राम्रो गर्नुपर्छ ।'
भारतलाई सेमिफाइनलसम्म डोर्याउन विराट कोहलीले मुख्य भुमिका खेले । चिर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध अर्धसतकीय इनिङ खेलेका कोहलीले अस्ट्रेलियाविरुद्ध पनि ५१ बलमा ८२ रनको विजयी इनिङ खेलेका थिए । मध्यक्रमका ब्याट्म्यान कोहलीको प्रदर्शनलाई गेलले अनौठो मानेका छैनन् ।
'यो कुनै अनौठो विषय होइन । पछिल्लो एक वर्षदेखी नै मैले उनी विश्वको उत्कृष्ट ब्याट्सम्यान हुन् भनेको थिए,' गेलले भने, 'पछिल्लो समय उनको प्रदर्शन उच्च स्तरको रहँदै आएको छ । वितेको वर्ष उनले एकरुपको प्रदर्शन गरेका छन् । उनले अझै पनि धेरै रन बनाउन सक्छन्, तर हार्ने सर्तमा । त्यसो भए हामी धेरै खुसी हुनेछौं ।'