झापा- रमपम झापा गोल्डकप फुटबलको उद्घाटन खेलमा बिहीबार आयोजक झापा एघारले भारत महाराष्ट्रको टोली साङ्ली फुटबल क्लबलाई ९–० को फराकिलो अन्तरले हराएको छ। झापाको जितमा स्टार खेलाडी कर्ण लिम्बुले ह्याटि्रकसहित ५ गोल गरेका थिए। नरेन्द्रमणि लिम्बु, सुमिन मैनाली, संजोग राई र योगेश गुरुङले १–१ गोल गरेका थिए।डोमालाल रंगशालाको घरेलु मैदानमा एकपक्षीय जित निकाल्ने क्रममा झापाले पाहुना टोलीलाई निरीह साबित गोलको वर्षा गरेको थियो। महाराष्ट्र राज्यको ए डिभिजन टोली साङ्लीका खेलाडीहरू झापाली मैदानमा खुलेर खेल्न सकेनन्।
'हाम्रा लागि मैदान, विपक्षी टोली सबै नयाँ थिए,' हारपछि साङ्लीका प्रशिक्षक जुबेर जमदारले भने, 'झापा धेरै बलियो टोली रहेछ।'
आकस्मिकझरीका कारण केही ढिलो भए पनि वर्षा रोकिएपछि खेल सुरु भयो। गोलको वर्षा भने तेस्रो मिनेटबाटै सुरु भएको हो। झापाका डिफेन्डर सुमिन मैनालीले गोलको खाता खोले। तेस्रो मिनेटमा पाएको कर्नर कप्तान प्रवेश कटुवालले प्रहार गरे। त्यही बललाई डी एरियामा रहेका सुमिनले हेडमार्फत पोस्टको दिशा दिएका थिए। खेलको १३ औं मिनेटमा सुमिनकै पास सदुपयोग गर्दै कर्णले टोलीको अग्रता दोब्बर पारे। पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको शक्तिशाली प्रहारले जाली चुम्दा गोलरक्षकले केही उपाय गर्न सकेनन्।
त्यसको तीन मिनेट नबित्दै १६ औं मिनेटमा संजोगले दर्शनीय गोल गरे। विशाल राईको क्रस नियन्त्रणमा लिँदै उनले सेकेन्ड बार च्यापेर गोल गरेका थिए। कर्णले २० औं मिनेटमा अर्को गोल थपे। व्यक्तिगत दोस्रो गोल गर्दा कर्णले एक्लै बल अघि बढाउँदैपोस्ट आक्रमण गरेका थिए। खेलको २५ औं मिनेटमा योगेशले गोल थपे। उनले कर्णको क्रससदुपयोग गरेका थिए। लगत्तै २६ औं मिनेटमा कर्णले गोल थप्दै ह्याटि्रक पूरा गरेका थिए। साङ्लीका गोलरक्षक एसएसाल्भीले नियन्त्रणमा लिइसकेको बल हातबाट फुत्काउँदा नजिकै रहेका कर्णले त्यसलाई गोलमा परिणत गरे। त्यसपछि३१ औं मिनेटमा नरेन्द्रमणि र ३३ औं मिनेटमा कर्णले नै एक–एक गोल थपेका थिए। खेलमाकर्ण म्यान अफ दी म्याच भए। उनले५ हजार नगद पुरस्कार पाए।
खेलको सुरुदेखि नै लगातार गोल खाएका कारण साङ्लीका खेलाडीले पूरै दबाबमा खेलेका थिए। साङ्लीले दोस्रो हाफमा भने केही सुधारिएको खेल पस्कियो। जसका कारण पहिलो हाफमा ८ गोल गर्न सफल झापाले दोस्रोमा भने एक गोल मात्रै थप्न सक्यो। ५७ औं मिनेटमा कर्णले टोलीका लागि नवौं र व्यक्तिगत पाँचौं गोल गरेका थिए।
एकपक्षीय र सहज जितपछि प्रशिक्षक भगिरथ आलेले विपक्षी टोली कमजोर भएका कारण नतिजा अन्तर फराकिलो भएको प्रतिक्रिया दिए।
मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले गरेका थिए।
नेपाल र भारतका १० टोली सहभागी प्रतियोगिताविजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन्। चैत २७ सम्म चल्ने प्रतियोगिताअन्तर्गतशुक्रबार नेपाल पुलिस र गोर्खा ब्वाइज भारतले प्रतिस्पर्धा गर्नेछन्।