कोलकाता- आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा आइतबार इङ्ल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुदाँ दुवै टोली दोस्रो उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रन्छन्। दुवैले आक्रामक क्रिकेट खेलिरहेकाले इडेन गार्डेनमा छक्काको वर्षा हुने अपेक्षा गरिएको छ।
एक वर्षअघि एकदिवसीय विश्वकपमा समूह चरणबाटै बाहिरिँदा निराश बनेको इङ्ल्यान्ड कप्तान इयान मोर्गानको अनुहारमा यतिबेला वेस्ट इन्डिजलाई पराजित गर्दै उपाधि उचाल्ने आत्मविश्वास झल्कन्छ।
जुनसुकै अवस्था खेलको नतिजा उल्टाउने क्षमता राख्ने क्रिस गेलप्रेरित क्यारेबियन टोली क्रिकेटको कान्छो स्वरुप ट्वान्टी–२० विश्वकपको उपाधिका साथ घर फर्कने आशामा छन्। वेस्ट इन्डिजको महिला टोली पनि कोलकाताको इडेन गार्डेनमा उपाधिका लागि आइतबारै अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
आइतबार गेलको आँखा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी १ सय छक्का प्रहार गर्ने पहिलो खेलाडी बन्नेमा पनि छ। जारी प्रतियोगितगामा ११ छक्का प्रहार गरिसकेका उनले ९८ छक्का प्रहार गरिसकेका छन्। त्यस्तै प्रतियोगितामा इङ्ल्यान्डले ३४ छक्का प्रहार गरिसकेको छ। जुन संख्या अन्य टोलीको भन्दा धेरै हो। त्यसैले पनि दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान गरिएको छ।
नयाँ रूपमा देखिएको इङ्ल्यान्डका स्टार जेसन रोएले आफ्नो टोली जस्तोसुकै विपक्षीविरुद्ध पनि त्यही आक्रामक शैलीमा प्रस्तुत हुने बताए। जसले टोलीको पुरानो छवि मेटाउने उनको आशा छ ।
'हामीले थुप्रै अनुवभ बटुलेका छौं तर, हामी आफ्नो प्राकृतिक शैलीमा खेल्नेछौं, जुन हामीले पछिल्लो समय खेल्दै आएका छौं,' सेमिफाइनलमा न्यजिल्यान्डविरुद्ध ४४ बलमा ७८ रन बनाएका रोएले भने।
सन् २०१० मा ट्वान्टी–२० विश्वकपको उपाधि उचालेको इङ्ल्यान्डले त्यसयता त्यो लयजोगाउन सकेको थिएन। टोलीको खराब प्रदर्शन बंगलादेश संस्करणमा झन चुलियो। जहाँ टोली एसोसिएट राष्ट्र नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो। त्यो खराब प्रदर्शनलेटोलीको विश्वकपमा पनि निरन्तरता पायो। समूह 'ए' को इङ्ल्यान्डले अफगानिस्तान र स्कटल्यान्डबाहेक अन्य टोलीसँग जित निकाल्न सकेन। तर, भारतमा इयान मोर्गानको टोलीसँग खेल्न जो कोही पनि डराउने अवस्था रहेको छ।
एक जनामा भरपर्ने खेल होइन
भिभ रिचार्डस र माल्कोलम मार्सल जस्ता स्टार खेलाडीको उपस्थितिमा वेस्ट इन्डिजले १९८० को दशकमाविश्व क्रिकेटमा राज गर्योक। तर, विस्तारै टेस्ट छायाँमा परेपछि वेस्ट इन्डिजले उपाधि जित्न धेरै समय लगायो। २०१२ मा टोलीले श्रीलंकामा ट्वान्टी–२० विश्वकपको उपाधिजितेको हो।
क्यारेबिवयन टोली गेलमा निर्भर रहेको बताइन्छ। तर, ३६ वर्षे गेल प्रतियोगिताको पछिल्लो दुई इनिङमा रन बनाउन असफल रहे। तर,टोलीको जित भने कायम रह्यो। सेमिफाइनलमा भारतलाई हराउन लेन्ड्ल सिमोन्स, जोनाथन चार्ल्स र आन्द्रे रसेलले भूमिका खेले। 'इङ्ल्यान्ड केही सहज हुनुपर्छ किनकि वेस्ट इन्डिज एकजनामा भरपर्ने टोली होइन,' सिमोन्सले भने।
पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको इङ्ल्यान्डको मनोबल दक्षिण अफ्रिकाले दिएको २ सय ३० रनको लक्ष्य पूरा गरेपछि ह्वात्तै बढेको थियो। त्यसपछि अफगानिस्तान र साबिक विजेता श्रीलंकालाई पराजित गरेको इङ्ल्यान्डले नयाँ दिल्लीमा न्युजिल्यान्डलाई पाखा लगाएको थियो।
प्रतियोगितामा फरक चुनौती पार गर्दै फाइनल यात्रा तय गरेकाले इङ्ल्यान्डका ब्याट्म्यान जोए रुटले टोलीको मनोबल उच्च रहेको बताए।
'हामीले जितको बाटो पत्ता लगाइसकेका छांै, जुन टोलीका लागि धेरै महŒवपूर्ण पक्ष हो,' रुटले भने, 'हामीले थुप्रै अप्ठेराहरू पार गरेर यहाँसम्म आइपुगेका हौं। यसको मतलब पहिले यस्तो अवस्था नभएको भन्ने हाइन। हामीले जुन सफलता पाएका छौं त्यसबाट हाम्रो मनोबल बढेको छ।'
इङ्ल्यान्डको ब्याटिङलाइन रुटको उपस्थितिले अझ मजबुत बनेको छ। उनले पाँच इनिङमा १ सय ९५ रन बनाइसकेका छन्। त्यस्तै अलराउन्डर बेन स्टोक्स 'डेथ ओभर'मा किफायती बनेका छन्।
वेस्ट इन्डिज पनि मुम्बईमा सिमोन्स र रसेलको प्रदर्शनबाट थप हौसिएको छ। टोलीले आयोजक भारतले छाडेको १ सय ९३ रनको लक्ष्य २ बल बाँकीमा पूरा गरेको थियो। जसमा रसेलले विजयी छक्का प्रहार गरेका थिए।