झापा- नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइ–ब्रेकरमा ४–३ ले हराउँदै रमपम झापा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार डोमालाल रंगशालामा भएको खेलको निर्णायक क्षणमा आर्मीका गोलरक्षक विकेश कुथु चम्किएपछि आर्मीले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो। विकेशले टाई–ब्रेकरमा पुलिसका दुई पेनाल्टी जोगाएका थिए।निर्धारित समयको खेल १–१ गोलको बराबरीका सकिएपछि निर्णयार्थ अतिरिक्त समयमा गएको थियो। थप गरिएको २० मिनेट अतिरिक्त समयमा पनि दुवै टोली १–१ गोल गर्न सफल भए। टाइ–ब्रेकरमा आर्मीका लागि जितेन्द्र कार्की, नवयुग श्रेष्ठ, विश्व अधिकारी र दिपक गुरुङले गोल गरे। पुलिसका तर्फबाट जुमानु राई, सुमन सुवेदी र सुमन लामाको प्रहार मात्रै गोलमा परिणत भयो। हेम तामाङ र सुरज बिकको प्रहार विकेशले विफल पारे।
३२ औं मिनेटमा पेनाल्टी बक्स नजिकैबाट हिरण्ड श्रेष्ठले फ्रि–किकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए। ५५ औं मिनेटमा पुलिसका हेम तामाङले बराबरी गोल गरे। अतिरिक्त समयको दोस्रो मिनेटमै आर्मीका लागि भरत खवासले गोल गरे। गोल गरेको केही समयपछि नै भरत दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छाड्न बाध्य भए। अतिरिक्त समयको इन्जुरी समयमा अजित भण्डारीले पुलिसका लागि बराबरी गोल फर्काए।
आर्मीले सेमिफाइनलमा मनाङ र रुपन्देहीको विजेतासँग खेल्नेछ। आर्मीका टंक बस्नेत म्यान अफ दि म्याच घोषित भए।