झापा- स्टार स्ट्राइकर जगजित श्रेष्ठ बेगरै मैदान ओर्लिएको बलियो प्रतिद्वन्द्वी रुस्लान थ्री स्टारको चुनौती बुधबार सडन डेथमा समाप्त पार्दै आयोजक झापा एघार रमपम झापा गोल्डकप फुटबलको फाइनल पुगेको छ। ७५ मिनेटसम्म १–० ले पछि परेको अवस्था उल्ट्याउँदै झापाले आफूलाई खेलमा फर्काएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा झापाले सडन डेथमा भाग्य निर्माण गर्दा टोली मोफसलकै सर्वाधिक पुरस्कार राशिको गोल्डकप नजिक पुगेको हो। आफ्ना स्टार स्ट्राइकर जगजितको अभाव थ्री स्टारले खेल अवधिभर महसुस गरेको थियो।अघिल्लो खेलमा पूरा अवधि नखेलाएको भन्दै असन्तोष प्रकट गरेर जगजित टोली छाडेर राजधानी फर्किएका थिए। उनले सामाजिक सञ्जालमा थ्री स्टार छाडेको घोषणासमेत गरिसके। लामो समयसम्म टोलीबाट खेलिरहेका जगजित जस्ता भरपर्दा खेलाडीको अनुपस्थितिमा थ्री स्टार फिनिसिङमा पटक–पटक चुक्यो। तर, टोलीका प्रशिक्षक सञ्जिव बुढाथोकीले भने उनको अनुपस्थितिले 'कुनै असर नगरेको' प्रतिक्रिया दिए। 'हामीले राम्रो खेल्यौं,' खेलपछि उनले दाबी गरे , 'तर, सडन डेथमा भाग्यले साथ दिएन। हामीलाई जगजितको अभाव भएन।'
झापाका गोलरक्षक किशोर गिरीले थ्री स्टारका सरोज दाहालको प्रहार जोगाएर टिमको फाइनल यात्रा निश्चित गरेका थिए। निर्धारित समय १–१ हुँदै पेनाल्टी सुटआउटमा गएको खेल त्यहाँ पनि ३–३ को बराबरी भएपछि निर्णय सडन डेथमा भएको हो। त्यसमा झापाका कप्तान प्रवेश कटुवालले गोल गरेका थिए। तर, थ्री स्टारका सरोजको प्रहार गोलरक्षक किशोरको हातमा लाग्दै बारमा लागेर फर्कियो। झापाको भाग्य त्यही क्षणले खोलेको थियो। अब झापाले शनिबार आर्मी र मनाङ मर्स्याङ्दीबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ। विजेताले ६ लाख र उपविजेताले ३ लाख नगद पाउने छन्।
पेनाल्टीमा झापाका तर्फबाट कर्ण लिम्बु, रवि थापामगर र योगेश गुरुङले गोल गरेका थिए। सञ्जोग राईको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले रोके भने दिलेन लोक्तामको प्रहार पोस्ट माथिबाट बाहिरियो। थ्रीस्टारका लागि विजय धिमाल, शिव श्रेष्ठ र दीपक राईको प्रहार गोलमा परिणत भयो। रजिन धिमालको प्रहार झापाका गोलरक्षक किशोर गिरीले रोकेका थिए भने अफ्रिकी खेलाडी भिक्टोर अमोबीको प्रहार पोलमा लागेर फर्कियो।
त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि थप १५ मिनेटमा कुनै गोल हनु सकेन। दुवैतर्फका खेलाडी सुरुदेखि नै आक्रामक प्रस्तुत भए पनि खेलमा गोल हुन ५४ औं मिनेट लाग्यो। सुनील बलले प्रहार गरेको कर्नरमा थ्री स्टारका शिव श्रेष्ठले हेडबाट गोल गरेका थिए। उनको गोलपछि मैदानमा सन्नाटा छायो। घरेलु टोलीको पोस्टमा गोल हुँदा हजारौं दर्शक स्तब्ध बने।
एक गोलले अग्रतापछि थ्री स्टार पूर्णतः रक्षात्मक बन्यो। सुनील बलको ठाउँमा मैदान छिरेका अनुभवी विजय गुरुङले टोलीको अग्रपंक्ति सम्हाले। खेललाई नयाँ मोड दिने गरी खेलेका उनले ७० औं मिनेटमा गोलको निश्चित अवसर गुमाए। दीपक राईले दिएको पास नियन्त्रणमा लिएर तीन खेलाडी बिट गरेका उनले गोलरक्षक किशोर गिरीसँगको वन भर्सेज वनको अवस्थामा बल पोस्ट बाहिर हानेका थिए।
अरु बेला पूरै रक्षात्मक रूपमा खेलेको टोलीका लागि ६५ औं मिनेट दुर्भाग्य साबित भयो। झापाका हेडमार्फत कर्ण लिम्बुले गोल गरेर खेल बराबरीमा ल्याए। गणेश खड्काको पासमा कर्णले गोलमा परिणत गरे। थ्री स्टारका गोलरक्षक एलन न्यौपाने बिट भएको बेलामा कर्ण गोल गर्न सफल भए। खेलको इन्जुरी समयमा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता (७ गोल) कर्णले गरेको अर्को गोललाई रेफ्री लव खत्रीले अफसाइड करार गरिदिए। त्यसपछि खेल अतिरिक्त समय, टाइब्रेकर हुँदै सडन डेथसम्म पुगेको हो। बराबरी गोल गरेर टोलीलाई खेलमा फर्काएका कर्ण म्यान अफ दी म्याच भए।
झापा गोल्डकपमा बिहीबार
त्रिभुवन आर्मीविरुद्ध मनाङ