नेपालगन्ज- भारत उत्तर प्रदेशको रेलवे टोली तेस्रो प्रधानमन्त्री कप इन्डो–नेपाल महिला भलिबल च्याम्पियन भएको छ। नेपाली भलिबलको नम्बर एक टोली एपिएफ क्लब एक वर्षपछि घरेलु कोर्टको फाइनलमा असफल भएको छ।यसअघि गत वर्ष तिजको अवसरमा पोखरामा भएको राष्ट्रिय महिला भलिबलमा एपिएफ फाइनलमा न्यु डायमन्डसँग पराजित भएको थियो।त्यतिबेला एपिएफले पाँच सेट खेलेर हारेको थियो। तर, शनिबार नेपालगन्ज रंगशालामा रेलवेले फाइनलमा एपिएफलाई १९–२५, २५–१९, २५–२३, २५–१६ ले निराश बनायो।
रेलवेकी प्रशिक्षक दिप्ती घोषले पहिलोपल्ट विदेशी कोर्टमा उपाधि जित्दा गर्व महसुस भएको बताइन्। उनले भनिन्, 'हामी खुसी छौं। देश बाहिर पहिलोपल्ट हामी प्रतियोगिता खेल्न आएका हौं। पहिलो सहभागितामा उपाधि जित्दा खुसी छौं। यसले हाम्रो खेलाडीको मनोबल बढेको छ। मलाई लाग्छ, यस्ता प्रतियोगिताले अन्य खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान बनाउन सहयोग गर्छ।'
रेलवे टोलीबाट भारतीय भलिबल टोलीका आनुसी घोष र प्रीति सिंहले खेलेका थिए।
एपिएफ पनि नेपाली राष्ट्रिय टोलीको खेलाडी बाहुल्य भएको टोली हो। एपिएफबाट स्पाइकर सरस्वती चौधरी, नेबिका चौधरी, रेश्मा भण्डारी, उषा विष्ट र सेटर एवं कप्तान बिनिता बुढाथोकीले खेल्छन्। तर, शनिबार एपिएफले स्पाइकमा आफ्नो रवाफ जमाउन सकेन।
एपिएफका प्रशिक्षक विजय केसीले डिफेन्स र काउन्टर स्पाइक फितलो हुँदा खेल हार्नुपरेको बताए। उनले भने, 'डिफेन्स कमजोर भयो। त्यसलाई हामीले कभर गर्न सकेनौं। विपक्षीले ब्लक पनि हामीले राम्रोसँग तोड्न सकेनौं।'
फाइनलमा डिफेन्स र ब्लक कमजोर भएपछि प्रशिक्षक केसीले अन्तिम सेटमा तीन खेलाडी परिवर्तन गरे। केसीले सेटर बिनिताको स्थानमा मनीषा तामाङलाई पठाए। ब्लकरको रूपमा हीरा केसी र स्पाइकर रञ्जना खड्कालाई खेल्ने मौका दिइएको थियो।
खेल हार्ने पक्का भएपछि अनुभवका लागि मनीषा र रञ्जनालाई कोर्टमा पठाएको केसीले बताए।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको ट्रफी भने न्यु डायमन्ड एकेडेमीकी प्रतिभा मालीले पाइन्। उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकर रेलवेकी अनुसी घोष, सेटर रेलवेकै चम्मा देवी, उत्कृष्ट सर्भर एपिएफकी नेबिका चौधरी, उत्कृष्ट लिबेरो डायमन्डकी सलिना श्रेष्ठ भएका थिए।
यसैगरी घरेलु भलिबलमा प्रभाव पार्दै आएको न्यु डायमन्ड टोली पहिलोपल्ट प्रतियोगितामा चौथो भयो। डायमन्ड शनिबार तेस्रो स्थानका लागि भएको खेलमा भारत उत्तर प्रदेशसँग पराजित भएको थियो।
तर, समुह चरणको पहिलो खेलमा डायमन्डले उत्तर प्रदेशसँग पाँच सेट खेलेर जित पाएको थियो।
उत्तर प्रदेशले डायमन्डलाई २७–२५, २५–२२, २०–२५, १७ –२५, १५–८ ले पराजित गर्योर।
विजयी खेलाडीलाई खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादव, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन रआयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरी लगायतले पुरस्कृत गरे।
विजेताले १ लाख १ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार पुरस्कार पाएका थिए। उत्कृष्ट खेलाडीले जनही १० हजार प्राप्त गरे।