विराटनगरमा जारी प्रदेश स्तरीय प्रथम दुबोर्ग मिल्स भेट्रान्स गोल्डकपको सेमिफाइनलमा झापाको दमक–लखनपुर भेट्रान क्लब पुगेको छ।
प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा दमकले सुनसरी धरानको हाम्रो धरान भेट्रान्स क्लब ५–२ को गोल अन्तरमा पराजित गरेको हो। सुवास आङथुपो सुब्बाले गरेको ह्याट्रिक गोलमार्फत दमकले सेमिफाइनल यात्रा पक्का गरेको हो। चन्द्रकुमार गिरी र विशाल राईले टोलीका लागि थप गोल गरेका थिए। धरानका लागि रविकुमार राई र लक्ष्मी याख्खाले समान १–१ गोल गरे।
सातौं मिनेटमा सुवासको गोलबाट दमकले सुरुआती अग्रता लिएको थियो। आठौंं र २३ औं मिनेटमा सुवालले दमकका लागि थप्दै व्यक्तिगत ३ गोल गरे। २३ औं मिनेटमा धरानका डिफेन्डर सुधन केसीको डिबक्सभित्र हेण्ड भएपछि पाएको पेनाल्टीलाई सुवालले सदुपयोग गरेका थिए। ३५ औं मिनेटमा चन्द्रकुमार गिरीले दमकका लागि गोल थपे।
४८ औं मिनेटमा दमकका विशाल राईले गोल संख्या बढाए। धरानका लागि रविकुमार राईले ४२ औं र लक्ष्मी याख्खाले ६४ औं मिनेटमा गोल गरे। खेलको म्यान अफ द म्याच दमकका सुवास सुब्बा घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे।
सोमबारको पहिलो खेल विराटनगरको युनाइटेड भेट्रान क्लब र सुनसरीको दुहबी भेट्रान क्लब तथा दोस्रो खेलमा झापाको विर्तामोड भेट्रान क्लब र सुनसरीको भरौल भेट्रानबीच प्रतिस्पर्धा हुनेछ।