पारस खड्का
गत वर्ष नेपाली क्रिकेटले खासै ठूलो सफलता हासिल गर्न सकेन। ट्वान्टी–२० क्रिकेट विश्वकपका लागि छनोट हुन सकेन भने विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चारै खेल (स्कल्यान्ड र पपुवा न्युगिनी) सँगका खेल गुमायो। तर पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको चर्चा भने कम भएन। खेल क्षेत्रमा उनी पछिल्लो पुस्ताका रोल मोडल नै हुन्। व्यक्तिगत रुपमा उनको प्रदर्शन पनि अन्य खेलाडीभन्दा कमजोर हुँदैन। मध्यक्रममा ब्याटिङ गर्ने पारस आवश्यकता अनुसार बलिङ पनि गर्छन्। अहिलेको समयमा उनी जुन चर्चामा छन्, त्यो यसै ह्वात्तै आएको होइन। उमेर समूह हुँदै राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्दासम्म उनले क्रिकेट मैदानमा धेरै पसिना बगाइसकेका छन्। प्रदर्शनका कारण होइन, उनी सफल नेतृत्वकर्ता पनि हुन्। जस्तोसुकै परिस्थितिबाट पनि टोलीलाई जिततर्फ अग्रसर बनाउन उनी क्षमतावान मानिन्छन्।
सन् २००९ यता राष्ट्रिय टोलीको कप्तान बनेका उनले यु–१९ का तीन विश्वकप (२००४, २००६, २००८) मा नेपालको प्रतिनिधित्व गरेका थिए। २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी विश्वकप उनकै नेतृत्वमा खेलेको थियो। नेपालले डिभिजन ५ देखि १ सम्मको यात्रा उनकै नेतृत्वमा तय गरेको थियो। उनी नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान हुन्। केही दिनअघि मात्र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध बनाएको शतकले उनको चर्चा थप चुलिएको छ। गत वर्षको निराशाजनक प्रदर्शनपछि नयाँ वर्षको सुरुआत गर्दै नेपाली टोलीको लगातारको दुई जित र पारसको उच्च प्रदर्शनले क्रिकेट जगतमा पुनः सफलतातर्फ अघि बढ्ने संकेत देखा परेको छ। आन्तरिक क्रिकेट कमजोर हुँदा क्रिकेटको भविष्य अन्धकार हुने आवाज लगातार उठाउँदै आएका पारस कहिलेकाहीँ आलोचनाको सिकार पनि बन्छन्। तर, क्रिकेटको घरेलु संरचनालाई बलियो नबनाउँदासम्म अन्तर्राष्ट्रिय क्रिकेटमा भविष्यमा सफलता पाउन गाह्रो हुन्छ भन्न उनी कहिल्यै चुक्दैनन्।
नवयुग श्रेष्ठ
नतिजाका हिसाबले हेर्दा पछिल्लो वर्ष नेपाली फुटबलका लागि महŒवपूर्ण रह्यो। माघमा बंगलादेशमा बन्धबन्धु गोल्डकप जितेको नेपाली टोलीले अर्को महिना फागुनमा १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेको थियो। ती दुवै सफलताका मुख्य नायक रहे नवयुग श्रेष्ठ। पुसमा भारतमै भएको साफ च्याम्पियनसिपमा पहिलो चरणबाट बाहिरिएर आएको नेपालले बंगबन्धु गोल्डकपको उपाधि जित्ने कमैले आशा गरेका थिए। तर, त्यहाँ नवयुगको सनसनीपूर्ण र टोलीको टिम भावनका कारण नेपाल च्याम्पियन बन्न सफल भयो। साफ च्याम्पियनसिमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका नवयुगले अर्को महिना समर्थकको मन जिते। बंगबन्धुमा माल्दिभ्सविरुद्ध ४–१ को जितमा ह्याटि्रक गरेपछि उनीको चर्चा चुलिएको थियो। बहराइनलाई फाइनलमा ३–० ले हराउँदा नवयुगले १ गोल गरेका थिए। १२ औं सागमा पनि उनको प्रदर्शनले निरन्तरता पायो। उनले दुई ह्याटि्रकसहित समग्रमा ७ गोल गरे। फाइनल भारतविरुद्ध पनि उनले निर्णायक गोल गरेका थिए। १–० ले पछि परेको खेलमा नेपाल विजयी भएको थियो।
इलामका २५ वर्षे नवयुग २०६५ सालमा आर्मीसँग आबद्ध भएका थिए। त्यसको एक वर्षपछि मात्र उनले आर्मीबाट ए डिभिजन लिग खेल्ने मौका पाएका थिए। जन्मथलो इलामको त्रिवेणी युथबाट स्थानीय प्रतियोगिता खेल्दै फुटबलमा अघि बढेका उनी हिमालयन शेर्पा क्लबले 'बी' डिभिजन टोलीमा पनि थिए। तर त्यहाँ उनले खेल्न पाएनन्। उनले नेपाली टोलीबाट पछिल्लो समय गरेको प्रदर्शनका कारण धेरैले अब नेपाली फुटबल नवयुगमा प्रवेश गरेका पनि भन्न थालेका छन्।
विमल घर्तीमगर
युवा फुटबल खेलाडी विमल घर्तीमगर पछिल्लो तीन वर्षदेखि चर्चामा छन्। एएफसी यु–१६ हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्ने क्रममा उच्च प्रदर्शनका चर्चा पाएका विमलले केही समय युरोप पुगेर प्रशिक्षण गर्ने मौका पाएका थिए।
तीन वर्षअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध बराबरी गोल गरेपछि उनी चर्चाको शिखरमा पुगेका थिए। उनकै नेतृत्वमा नेपालले गत वर्ष पहिलो साफ च्याम्पियनसिप यु–१९ को उपाधि घरेलु मैदानमा जितेको थियो। पछिल्लो समय उनी नेपाली टोलीका पहिलो रोजाइका स्ट्राइकरका रुपमा स्थापित हुने क्रममा छन्। नेपालले माघमा बंगबन्धु गोल्डकप र फागुनमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दाका उनी अर्का महŒवपूर्ण सदस्य हुन्। १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाएका विमलले बंगबन्धु गोल्डकपको समूह चरणमा श्रीलंकाविरुद्ध १–० को जितमा गोल गरेका थिए। त्यही प्रतियोगिताको फाइनलमा बहराइलनलाई ३–० ले हराउँदा पनि उनले एक गोल गरेका थिए। विमल एन्फा एकेडेमीका उत्पादन हुन्। दुई वर्षअघि विमलले बेल्जियमको माथिल्लो डिभिजनको क्लब एएफसी ट्वान्टेको एकेडेमीमा ट्रायल दिएका थिए। १८ वर्ष उमेर नपुगेको भन्दै त्यतिबेला उनको सम्झौता हुन सकेन।
सोमपाल कामी
नेपाली क्रिकेटसँगको उनको नाता धेरै लामो छैन। तर पनि उनी अहिले स्थापित खेलाडीजत्तिकै चर्चामा छन्। उमेरले मात्र २० वर्ष पुगेका उनी अहिले राष्ट्रिय टोलीका एक मुख्य खेलाडी बनिसकेका छन्। पछिल्लो दुई वर्षमा उनले ट्वान्टी–२० विश्वकप, विश्वकप छनोट, ट्वान्टी–२० अन्तर्राष्ट्रिय, एसिसी प्रिमियर लिग, एसियाली खेलकुद, आइसिसी विश्व लिग डिभिजन–२, आइसिसी विश्वकप लिग डिभिजन–३ र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिसकेका छन्।
गुल्मी तुरङ–८ स्थायी घर भएका सोमपाल तीन वर्षको उमेरमा बाबुसँग भारतको पन्जाब गएका थिए। उनका बाबु त्यहीँ जागिर गर्थे। त्यहीँ क्रिकेट खेल्न सिकेका उनले यु–१३ देखि यु–१९ सम्मका भारतका राष्ट्रिय क्रिकेट पनि खेले। भारतमा क्रिकेट खेल्नेले छात्रवृत्ति पाउने हुँदा उनले पनि त्यो सुविधा पाए।
११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका उनले २ वटा पहिलो श्रेणीका खेल खेलका छन्। उनले लिस्ट 'ए' का १८ खेल खेलिसकेका छन्।
अहिले नेपाली टोलीको तीव्र बलिङको नेतृत्व उनैले गरिरहेका छन्। ब्याटिङमा पनि उनी उत्तिकै माहिर छन्। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० औं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान पनि उनकै नाममा छ। २०७१ मा श्रीलंकामा भएको ट्वान्टी–२० माउनले हङकङविरुद्ध ३१ बलमा ४० रन बनाएका थिए। श्रीलंकाली क्रिकेटर प्रदीप निशान्तको ३७ रनको कीर्तिमान उनले भंग गरेका थिए। भारतबाट उनी २०७० मा क्रिकेट खेल्नैका लागि नेपाल आएका थिए। त्यतिबेला क्षेत्र नं ३ काठमाडौंलाई यु–१९ को राष्ट्रिय च्याम्पियन बनाउँदा सोमपालको प्रदर्शन तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेको नजरमा पर्यो–। प्रतिघन्टा १४१ किलोमिटरका दरले बल फाल्न थालेपछि उनी राष्ट्रिय टोलीका ओपनर बलर बने।
फुपूल्हामु खत्री
भारतमा फागुन पहिलो साता सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा फुपूल्हामु खत्रीले स्वर्ण पदक जितेकी थिइन्। ६३ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडी सुनीवाला देवी ओजारीका आधारमा हराउँदै फुपूले पहिलो स्थान हासिल गरेकी थिइन्। श्रीलंकाका डिवाइएल वाजेबर्देने, बंगलादेशकी कान्ता र पाकिस्तानी अब्रिन मसिहलाई इप्पोन (जुडोमा नकआउट) बाट हराएपछि उनी स्वर्णका लागि अन्तिम स्पर्धामा देवीसँग पूरा ४ मिनेटै भिडिन्।
'बुबाको ठूलो सपना थियो, देशका लागि जित्नुपर्छ भन्नुहुन्थ्यो। त्यो आज पूरा गरेकी छु,' फुपूल्हामुले त्यतिबेला भनेकी थिइन्, 'म यो स्वर्ण मेरो बुबाप्रति समर्पित गर्न चाहन्छु।' टे्रकिङ पेसामा आबद्ध उनका बुबा दोर्जे लामा खत्रीको दुई वर्षअघि सगरमाथा हिमपहिरोमा निधन भएको थियो। १२ औं सागमा नेपालले जितेको तीनमध्ये फुपूको एक हो। उनीअघि उसुकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन्। फुपूपछि नेपालको यु–२३ फुटबल टोलीले स्वर्ण पदक जितेको थियो।
ताप्लेजुङ, लेलेप स्थायी घर भएकी फुपू बिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन्। उनले यसअघि मकाउ र हङकङमा भएको ओलम्पिक र्यासकिङ जुडोमा रजत जितेकी थिइन्। हंगेरीमै भएको बर्थ डे कप जुडोमा पनि कांस्य जितेकी छन् उनले।
जुडोले मद्रास साफपछि १२ औं सागमा स्वर्ण जितेको यो पहिलो पटक हो। महिलामा भने स्वर्ण जित्ने फुपू नै पहिलो हुन्।