काठमाडौं- नेपाल भलिबल संघमा प्रवेश गरेको झन्डै १२ वर्षपछि मनोरञ्जन रमण शर्मा शीर्ष नेतृत्वमा पुगेका छन्।शनिबार सम्पन्न सातौं साधारणसभाले उनीसहित सबैलाई निर्विरोध निर्वाचित गरेको थियो। शर्मासहित महासचिव, ७ सचिव, कोषाध्यक्ष शुक्रबार नै निर्विरोध भएका थिए। शनिबार बिहान उपाध्यक्षका ४ र सदस्यका ९ जनाले उम्मेदवारी फिर्ता लिएपछि ५ उपाध्यक्ष र १० सदस्य पनि निर्विरोध चुनिए। यसअघिसंघमादुई कार्यकालमतदानबाट नेतृत्व चुनिएको थियो।
देशभरका प्रतिनिधिले निर्विरोध चयन गर्दा खुसी लाग्नु स्वाभाविक भएको जनाउँदै संघका अध्यक्ष शर्माले भने, 'खुसीभन्दा बढी काँधमा जिम्मेवारी आएको ठानेको छु। अहिले हामी जुन अवस्थामा छौं, आउने चारवर्षमा यसलाई अझै उचाइमा कसरी पुर्याकउने भन्ने मुख्य चुनौती हाम्रोसामू छ।'
चारवर्षे कार्यकालमा भलिबलको तल्लो तहबाटै विकास, जिल्ला तहका भावना समेटिने,भलिबललाई राष्ट्रिय खेल बनाउन दबाब सिर्जनागर्ने, भलिबलमा लगानी वृद्धि र भौतिक पूर्वाधार निर्माणमा जोड दिने शर्माको योजना छ।
'हामीले यो पछिल्लो चारवर्षमा प्रतियोगिता धेरै आयोजना गर्यौंा। तर,खेलाडी उत्पादनमा ध्यान दिन सकेनौं। राष्ट्रिय टोलीमा रहेका १२/१२ खेलाडीलाई हटाउने हो भने हामीसँग खेलाडी नै छैनन् भन्दा हुन्छ,' अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका शर्माले योजना सुनाए,'अब सधँै यो अवस्थामा रह्यौं भने खेलको विकास सम्भव छैन। अब तल्लो तहबाटै खेलाडी उत्पादनमा ध्यान दिनका लागि यु–१६, यु–१९ का खेलाडीको खोजी र नियमित प्रशिक्षण आवश्यक छ। त्यसमा हामी विशेष पहल गर्नेछौं।'
उनले जिल्लाबाट निकै गुनासो आउने गरेको सुनाउँदै भने,'हामीले सामूहिक नेतृत्वमा चल्नुपर्छ। सबैका भावनाको कदर गर्ने र सबैको सहयोग लिने उनले थपे, 'अनिमात्र चाहेअनुरुप काम गर्न सकिन्छ। भविष्यलाई हेरेर नीति बनाउने र त्यहीअनुरुप काम गर्नु जरुरी छ।'
खेलकुद विकासका लागि भौतिक पूर्वाधार र लगानी आवश्यक रहेको औल्याउँदै आठवर्ष संघको सदस्य रहिसकेका शर्माले भने,'यसमा सरकार, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग आवश्यक पर्छ,' उनले भने, 'भलिबलमा लगानी बढाउन हामी सम्भावित सबै स्थानीय र बाहिरी निकायसँग पनि समन्वय गर्नेछौं। भलिबलमा प्रायोजकको आकर्षण बढाउन पनि त्यति नै जरुरी छ।
अध्यक्ष शर्माले भलिबल देशभर पहुँच भएको खेल र संघले राष्ट्रिय खेल बनाउन दबाब दिने अभियानलाई अझ व्यापक बनाइने बताएका छन्। 'हामीले तीन वर्षअघिबाटै यो अभियान सुरु गरेका छौं,' उनले भने, 'आउने दिनमा यो अभियानअझै तीब्र बनाउनेछौं। आशा गरौं भलिबल नेपालको राष्ट्रिय खेल हुनेछ। स्थानीय रूपमा भलिबलको लोकप्रियता र विकासका लागि पहल गर्ने जनाउँदै शर्माले अन्तर्राष्ट्रिय स्तरमा भलिबल नेपालको प्रतिष्ठा बढाउने खेलमा परिचित बनाउन आफ्नो टिम लागिपर्ने वचन दिए।
२५ सदस्यीय निर्वाचित समितिमा यामबहादुर गुरुङ, उपेन्द्रकुमार यादव,निरोज मास्के, ऐनबहादुर शाही र हरकसिंह धामी उपाध्यक्षमा निर्विरोध भए। जितेन्द्रबहादुर चन्द पुनः महासचिव र कोषाध्यक्षमा सुनकेशरी मालीचुनिए।७ सचिवमा नेपाली राष्ट्रिय भलिबल टोलीका सहायक प्रशिक्षक जगदीश भट्ट, श्यामकृष्ण श्रेष्ठ, मनवीर छन्त्याल,रामनाथ भण्डारी,भीम ओली, डम्बरबहादुर नेपाली र मदन खड्का चुनिए। अघिल्लो कार्यकालका सदस्यमात्र सचिव हुन पाउने वैधानिक व्यवस्था छ।
गौतमप्रसाद लासिवा,गणेश ठगुन्ना, ज्योति केसी, राजकुमार गुरुङ,श्रीधर शर्मा,सोमबहादुर श्रेष्ठ, जुनु पुनमगर, दीपक जिएम,किशोर आचार्य र मोहम्मद फिरोज निर्विरोध चयन भए। राखेपका उपाध्यक्ष एवं एनओसीका महासचिव लामा टेन्डी शेर्पाले पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरे।