नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरा गएका छन्।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पियक टर्च र्यालीका संयोजक उमेश मास्केलाई शान्ति दीपबाट टर्च बालेर हस्तान्तरण गरेका हुन्। मास्केको र्संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ७ जना ओलम्पीयन खेलाडीहरुले शान्तिदीपबाट दीगो (टर्च) लिएर सो टोली शुक्रबार पोखरा पुग्नेछ।
खेलाडीहरुले बिहीबार विहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरि पोखरातर्फ गएका हुन्। लुम्बिनी विकास कोषकातर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो।
उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले खेलाडीहरुलाई सफलताको शुभकामना दिए। नेपाल खोखो संघका महासचिव समेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभुमीबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताए।
ओलम्पियक टर्च र्यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दीगो पोखराका ओलम्पियनहरुमाझ पुर्याएर उर्जा थप्ने विश्वास लिए। खेलाडीहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य,प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागत सहित सफलताको शुभकामना दिएका थिए। नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन्।