गौरिकाका लागि प्रतियोगिता खल्लो
०२ कार्तिक २०७९
•
३ मिनेट पाठ
गौरिकाका लागि प्रतियोगिता खल्लो
गौरिका सिंह
कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि नवौं राष्ट्रिय खेलकुद यादगार बन्न सकेन। अस्वस्थता र प्राप्त पदक संख्यामा मात्र नभई आफैंले बनाएको कीर्तिमान समेत तोडिएका कारण पनि त्रिभुवन आर्मी क्लबकी गौरिकाका लागि यस पटकको प्रतियोगिता खल्लो बन्यो।




नेपालगन्जमा सम्पन्न आठौैं राष्ट्रिय खेलकुदमा १२ स्वर्णसहित कीर्तिमान रचेकी गौरिकाले यस पटक व्यक्तिगत विधामा १ स्वर्ण मात्र जितिन्।

फिस्टेल एकेडेमीमा शनिबारबाट सुरु भएको पौडीको ११ स्पर्धामा भाग लिएकी गौरिका अस्वस्थताका कारण पहिलो दिन सहभागी दुई स्पर्धाको हिट चरणमा मात्र सहभागी भइन्। हिट चरणमा पनि उनको प्रदर्शन सम्झनलायक थिएन। महिला १ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याक स्ट्रोकको अन्तिम चरणमा उनले प्रतिस्पर्धा गरिनन्।

आइतबार दोस्रो दिन गौरिकाले चार स्पर्धामा भाग लिने बताइएको थियो। तर चिकित्सकले नखेल्न सुझाव दिएको भन्दै उनले महिला २ सय मिटर फ्रिस्टाइल र ८ सय मिटर फ्रिस्टाइल पनि खेलिनन्। पहिलो विधामा भाग नलिएकी गौरिकाले सोही दिन १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिन्। जुन उनका लागि जारी राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक थियो।

समग्रमा गौरिकाले ११ मध्ये ४ विधा छोडिन् भने अन्य सात इभेन्ट खेलिन्, जसध्ये ६ विधामा पदक जितिन्। गौरिकाले ५ स्वर्ण र १ रजत पदक जितिन्।

यसबाहेक सोमबार तेस्रो दिन एनआरएनएकी एस्ली सापकोटा डंगोलले महिला १ सय मिटर बटरफ्लाइमा गौरिकाको तीन वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण पदक जितिन्।

एस्लीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले बनाएको १ मिनेट ०९.९७ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन्। एस्लीले निर्धारित दूरी पार गर्न १ मिनेट०७.७४ सेकेन्ड खर्चिएकी थिइन्।

पौडीतर्फ मंगलबार अन्तिम दिन गौरिकाले दुई विधामा प्रतिस्पर्धा गरेकी थिइन्। अन्तिम दिन गौरिकाले महिला ५० मिटर फ्रिस्टाइल र मिक्स्ड ४ सय मिटर फ्रिस्टाइल रिलेमा प्रतिस्पर्धा गरेकी थिइन्।

महिला ५० मिटर फ्रिस्टाइलमा गौरिका रजत पदकमा सीमित भइन्। उनी यस विधामा आफ्नै नाममा रहेको कीर्तिमानभन्दा पछि परिन्। स्वर्ण विजेता एनआरएनकी एस्लीले २८.२७ सेकेन्डमा निर्धारित दूरी पार गर्दा रजत विजेता गौरिकाले निर्धारित दूरी पूरा गर्न २८.५३ सेकेन्ड खर्चिएकी थिइन्।

यद्यपि गौरिकाले अन्तिम विधाका रूपमा रहेको मिक्स्ड ४ सय मिटर फ्रिस्टाइल रिलेमा भने स्वर्ण पदक जितिन्। आर्मीका एलेक्जेन्डर शाह, डुवाना लामा, नासिर हुसेन यायाले स्वर्ण जिते।

गौरिका अस्वस्थताका कारण आफूले टाइमिङमा सुधार गर्न नसके पनि प्रतियोगितामा सहभागी हुनु नै ठूलो उपलब्धि मान्छिन्।

‘म बिरामी भएँ, धेरैले मैले नवौं राष्ट्रिय खेलकुदका कुनै पनि इभेन्ट्स खेल्दिन होला भन्ने अनुमान गर्नुभएको थियो,’ गौरिकाले भनिन्, ‘तर अस्वस्थताका बावजुद पनि म प्रतिष्पर्धामा उत्रिएँ। प्रतियोगिता हो, जितहार हुन्छ र यसलाई स्वाभाविक रूपमा लिनुपर्छ।’

गौरिकाले प्रतियोगितामा आफूले विगतको कीर्तिमानलाई निरन्तरता दिन नसके पनि प्रतियोगितामा नयाँ खेलाडीहरूको आगमन र उनीहरूले प्राप्त गरेको सफलताले नेपाली पौडी खेलाडीको स्तर धेरै माथि जाने बताइन्।

‘डुवाना लामा, एलेक्जेन्डर शाह, नासिर हुसैन धेरै प्रतिभावान् खेलाडी हुन्,’ गौरिकाले भनिन्, ‘जसले गर्दा नेपाली पौडीको स्तर पनि माथि गएको भान हुन्छ। म अब विश्व च्याम्पियनसिपका लागि तयारी गर्नेछु।’

नवौंं राष्ट्रिय खेलकुदमा गौरिका सहभागी आर्मीले भने ३७ स्वर्णमध्ये २० स्वर्ण ८ रजत र ७ कांस्यसहित कुल ३६ पदक जित्दै टिम च्याम्पियन बन्यो। त्यस्तै दोस्रो स्थानको एनआरएनएले नौ स्वर्ण ६ रजत र १ कांस्यसहित कुल १६ पदक जित्यो। त्यस्तै एपिएफले ३,प्रदेश एकले २ र नेपाल पुलिस क्लबले १ स्वर्ण पदक जिते।

यता एनआरएनकी एस्लीले भने पाँच स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलकुद यादगार बनाइन्।  
अर्को समाचार
गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने
१७ मंसिर २०७९
•
२ मिनेट पाठ
गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने
गण्डकी प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। आइतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ। गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो।




प्रतियोगितामा  एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ। त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ।

प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमशः १०, ८ र ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय परिषद्ले गरेको छ। व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ। गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुने छन्। त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन्। नवौँ राष्ट्रियमा रेकर्ड ब्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए। सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिए।

खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषद् आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताए। जिल्ला खेलकुदहरूको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरूको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाई थियो।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस