लन्डन– फ्रान्क लाम्पार्डले म्यानचेस्टर सिटीको मैदानमा प्रभावकारी प्रदर्शन गरिरहे पनि उनलाई रिलिज गर्ने निर्णयमा कुनै पश्चाताप नभएको चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले बताएका छन्।चेल्सीबाट ११ वर्ष शीर्ष स्तरको फुटबल खेल्दै क्लबका लागि सर्वाधिक गोल गर्ने सर्वकालीन खेलाडीको कीर्तिमान बनाएका ३६ वर्षे लाम्पार्डले गत जुनमा स्टामफोर्ड ब्रिज छोडेर न्युयोर्क सिटीसँग सम्झौता गरेका थिए। मेजर लिग सकरको म्युयोर्क सिटीसँग अनुबन्ध भए पनि उनी लोनमा न्युयोर्कको भगिनी क्लब म्यानचेस्टर सिटी आएका हुन्।
इङ्ल्यान्डका पूर्वमिडफिल्डरले जारी सिजनमा सिटीका लागि ६ गोल गरिसकेका छन्। त्यसमा पूर्वक्लब चेल्सीविरुद्ध अन्तिम समयमा गरेको बराबरी गोल तथा शनिबार लिचेस्टरविरुद्धको विजयी गोल सामेल छ। तर माउरिन्होले लाम्पार्ड भइरहेको अवस्थामा चेल्सीका युवा खेलाडीले आफूलाई परिपक्व बनाउने मौका नपाउने तर्क गरे।
‘मेरो विचारमा लामो भविष्यका लागि टोली तयार गर्दा यस्तो निर्णय लिनुपर्छ। हामीसँग सेस फाब्रिगास, नेमान्जा माटिच र जेरेमी बोगा (चेल्सी यु–२१ टोलीका मिडफिल्डर) जस्ता खेलाडी छन्। जसले आगामी १० वर्षसम्म चेल्सीको साख जोगाउने छन्। उनीहरूलाई पर्याप्त मौका दिन लाम्पार्डको उपस्थितिले नदिन सक्थ्यो। मैले अर्को वर्षसम्मको सोचमा उनलाई स्वतन्त्र गर्ने निर्णय लिएको होइन,' माउरिन्होले भने, ‘लामो भविष्यका लागि यो सही निर्णय थियो। जोन टेरी र डिडियर ड्रोग्बा अझै चेल्सीमै रहेको भनेर तर्क गर्न सकिएला। तर ड्रोग्बा एउटा फरक क्षमताका स्ट्राइकर हुन्। उनले टोलीलाई महत्वपूर्ण समयमा जोगाउन सक्छन् र टेरी इङलिस फुटबलका सर्वोत्कृष्ट सेन्ट्रल रक्षक हुन्। उनको उमेरको धेरै अर्थ छैन।'
सिटीसँग लाम्पार्डको लोन सम्झौता जनवरीमा सकिँदैछ। तर सिटीका प्रशिक्षक म्यानुयल पेलेग्रिनीले आफू लाम्पार्डलाई थप समय राख्न इच्छुक भएको बताइसकेका छन्। ‘लाम्पार्ड बस्न चाहन्छन् र हामी पनि उनलाई राख्न चाहन्छौं,' लाम्पार्डकै गोलमा लिचेस्टरमाथि शनिबार १–० को विजय पाएपछि पेलेग्रिनीले भनेका थिए, ‘त्यसका लागि हामीले न्युयोर्क सिटी र मेजर लिग सकरसँग केही कुरा मिलाउनुपर्नेछ।'