भारतसामु स्मिथको चुनौती
नागरिक
१२ पौष २०७१
•
४ मिनेट पाठ
भारतसामु स्मिथको चुनौती
मेलबर्न– कप्तान स्टेभन स्थिमले भारतविरुद्धको तेस्रो टेस्टमा अस्ट्रेलियालाई बलियो अवस्थामा पुर्यानएका छन्। उनले सम्झनायोग्य ब्याटिङ गरेपछि भारतसामु ठूलो चुनौती तेर्सिएको छ। दोहोरो शतक बनाउन ८ रनले चुकेका स्थिमले ३ सय ५ बल खेल्दै १५ चौका र दुई छक्का प्रहार गरेपछि अस्ट्रेलियाले पहिलो इनिङ्समा ५ सय ३० रनको ठूलो योगफल बनाएको छ।टेस्ट जीवनकै उच्च १ सय ९२ रन बनाएका स्थिमले भारतीय खेलाडीको डाइभिङ क्याच पनि लिए। भ्रमणकारी टोलीले एक विकेट क्षतिमा १ सय ८ रन जोड्दा शनिबार दोस्रो दिनको खेल सकिएको थियो। भारत अझै ४ सय २२ रनले पछाडि छ। 
यो टेस्टमा भारतको पहिलो चुनौती फलोअन जोगाउनु हुनेछ। त्यसका लागि टोलीले कम्तीमा ३ सय ३१ रन बनाउनुपर्नेछ। तेस्रो टेस्टमा तीन दिन खेल्न बाँकी छ। चार टेस्टको शृंखलामा अस्ट्रेलिया २–० ले अगाडि छ।




cricket1
भारतका मुरली विजयले शृंखलामा चौथो अर्धशतक पूरा गरे। उनी ५५ रन र चेतेश्वर पुजारा २५ रनमा खेलिरहेका छन्। शिखर धवन २८ रन बनाएर रायन ह्यारिसको बलमा स्थिमबाट समातिएका थिए। अस्ट्रेलियाको अवस्था अझै राम्रो हुन सक्थ्यो तर विकेटकिपर ब्राड हेडिनले जोस हाज्लेउडको बलमा १२ रनमा छँदा पुजाराको क्याच छुटाएका थिए। 
दोस्रो दिनको खेल स्थिमकै वरिपरी घुम्यो। दोहोरो शतक बनाउन ठूलो सट् खेल्नेक्रममा स्थिम अन्तिम विकेटका रूपमा आउट भए। जारी शृंखलामा यो उनको तेस्रो र वर्षको पाँचौं टेस्ट शतक हो। यसअघि स्मिथको टेस्टको उच्च स्कोर अविजित १ सय ६२ रन थियो।
नयाँ कप्तान स्थिमलाई ब्याटिङमा हेडिन, मिचेल जोन्सन र ह्यारिसले राम्रो साथ दिए। हेडिनले ५५, जोन्सनले २८ र ह्यारिसले ७४ रनको योगदान दिए। स्थिमले दोहोरो शतक पूरा गर्ने संकेत देखेपछि भारतीय कप्तान महेन्द्रसिंह धोनीले त्यसलाई रोक्नेगरी फिल्ड सेट गराए। तर ठूलो सट् खेल्ने प्रयासमा स्थिम उमेश यादवको बलमा बोल्ड भए। जारी शृंखलामा १ सय ८९ औसतमा स्थिमले ५ सय ६७ रन बनाइसकेका छन्। 
तीब्र गतिका बलर ह्यारिसले रविचन्द्रन आश्विनलाई एक छक्का प्रहार गर्दै टेस्टमा उच्च रन बनाए। ८८ बलमा ७४ रन बनाएका उनी अर्को बलमा एलबिडब्लु आउट भए। उनले स्थिमसँग आठौं विकेटमा १ सय ६ रनको साझदारी गरेका थिए। ११ रन बनाएका नाथन लियोनको विकेट मोहम्मद सामीले लिए। बिहानी सत्रमा २ विकेट गुमाउनुका बाबजुद अस्ट्रेलियाले १ सय ३० रन जोड्यो। पहिलो दिन टोलीले ५ विकेट क्षतिमा २ सय ५९ रन बनाएको थियो। पछिल्लो १५ इनिङ्समा अर्धशतक बनाउन नसकेका हेडिनले पनि यसै टेस्टमार्फत फर्ममा फर्केको संकेत गरेका छन्। टेस्टमा १८औं अर्धशतक पूरा गर्ने क्रममा ५५ रन बनाए। झन्डै एक वर्षयता उनको यो उच्च स्कोर हो। उनी सामीको सिकार भए। हेडिनले स्थिमसँग छैटौं विकेटमा १ सय १० रनको साझेदारी गरेका थिए। आश्विनको बलमा आउट भएका जोन्सनले ३७ बलमा पाँच चौकासहित २८ रन जोडे।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
६ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस