सिमरा-नेपाली सेनाको नेपाल आर्मी क्लबले बाराको सिमरामा जारी रुस्लान सिमरा गोल्डकपमा सुखद सुरुआत गर्ने क्रममा शुक्रबार पोखराको सहारा क्लबविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ।सिमरा रंगशालामा शुक्रवार सहारामाथि २–१ को नतिजा निकालेको आमर्ाी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नवयुग श्रेष्ठले इन्जुरी समयमा गोल गरेपछि आर्मीको जित सम्भव भएको थियो। समय सकिन १३ मिनेट बाँकी रहँदा हेमन्त थापा मगरको गोलमा सहाराले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। आर्मीका हिरन्य मगरको फाउलमा प्राप्त पेनाल्टीलाई हेमन्तले गोलमा परिणत गरेका थिए।
सहाराले अग्रतामा राम्ररी खुसी मनाउन पनि नभ्याउँदै आर्मीले खेल बराबरीमा ल्यायो। गोल खाएको लगत्तैको मिनेटमा आर्मीका लागि भरत खवासले गोल फर्काएर खेल बराबरीमा ल्याएका थिए। टंक वश्नेतको क्रसमा भरतले गोल गरेका थिए। नवयुगले इन्जुरी समयमा दीपक गुरुङको क्रसलाई गोलमा परिणत गर्दै आमीको अन्तिम आठ यात्रा पक्का गरे।
अन्तिम सिठी बज्न केही सेकेन्ड बाँकी रहँदा गोल खाएर पराजय बेहोरेपछि सहाराका प्रशिक्षक किरण श्रेष्ठ शुक्रबार निकै निराश थिए। ‘खेलाडीले अन्तिम समयमा संयम गुमाए। केही सेकेन्ड खेल नियन्त्रणमा लिन सकेको भए नतिजा जे पनि हुन सक्थ्यो। आजको नतिजा हाम्रा लागि निकै निराशाजनक छ,' श्रेष्ठले भने।
जितका बावजुद आर्मीका प्रशिक्षक मेघराज केसी पनि खुसी थिएनन्। उनले पाएका अवसर उपयोग गर्न नसक्दा जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपरेको बताए। ‘हामीले निर्धारित समयमा धेरै अघि नतिजा पाइसक्नुपर्ने थियो। राम्रो खेलेर पनि पाएका अवसर उपयोग गर्न नसकेपछि फुटबलमा यस्तै हुन्छ। तर पराजित हुनु परेन, त्यसमै खुसी छु। आगाी खेलमा सुधारिएको प्रदर्शन गर्नुपर्छ,' केसीले भने।
सहाराका अनन्त तामाङ खेलको म्यान अफ दि म्याच भए। प्रतियोगितामा शनिवार साविकको उपविजेता वीरगञ्ज युनाइडेड क्लब र भिएसएस डन्लप क्लबबीच खेल हुनेछ।