पोखरा– आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक सहारा क्लबले जनाएको छ। पोखरा रंगशालामा मंगलबार सुरु हुने प्रतियोगितामा घरेलु र विदेशी गरि १२ टोलीको सहभागिता रहने छ।३ लाख ५१ हजार विजेताले पाउने आहा रारा गोल्डकपको फाइनल फागुन २ गते हुनेछ। राष्ट्रिय लिगका आठ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक सहारा, सिमराको नवजागृति तथा बेलायतको अल्ट्रसट टाउन र भारतको कञ्जनजंगा फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय लिगका लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, झापा–११, जगदम्बा लुम्बिनी र सुदूरपश्चिम फुटबल क्लब पोखरा आउँदैछन्। राष्ट्रिय लिगको मोरङ मा आहामा सहभागी छैन। उद्घाटन खेल आयोजक र नव जागृतिबीच हुनेछ।
‘तयारी पुरा भएको छ। सहभागि टोली पोखरा आउने क्रम सुरु भएको छ , आइतबार पत्रकारसम्मेलनमा सहाराका अध्यक्ष वीरभन्द्र आचार्यले भने, ‘ दर्शकको चापलाई ध्यायनमा राखेर अस्थाई प्याराफिट थपेका छौं।'
दोस्रो हुने टोलीले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने प्रत्येक खेलको म्याच मनि दिइने आचार्यले बताए। पहिलो चरणको खेलको विजेताले १५ र पराजित हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै क्वार्टरफाइनल जित्नेले २० र हार्ने टोलीले १२ हजार पाउनेछन्। सेमिफाइनल खेल्ने चारै टोलीले २५ हजार पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टिभिएस मोटरसाईकल पाउनेछन्। उच्च गोलकर्ताले १५ तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। फेयर प्ले टोलीले १० हजार रुपैयाँ पाउनेछ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुुद पर्यटन शहरको रुपमा स्थापित गरौं' भन्ने नाराका साथ संचालन हुने प्रतियोगिताले खेलकुदमार्फत पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने देखाउन आहा गोल्डकप सफल भएको आचार्यले बताए। ‘खेलमार्फत पनि सामाजिक सेवा त हुन्छ नै पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन समेत यो प्रतियोगिताले सघाएको छ' उनले भने, ‘पोखरामा फुटबल खेलको माहोल बनाउन प्रतियोगिता सफल हुँदै आएको छ। यसपटक पनि सफल हुनेमा हामी विश्वस्त छौं।'
घरेलु टोली उपाधि जोगाउन सफल हुनेमा अध्यक्ष आचार्य आशावादी देखिए। ‘१२ औं सस्करणमा आइपुग्दा पहिलो पटक उपाधि जितेका थियौं,' उनले भने,’यो पटक उपाधि जोगाउनका लागि खेल्नेछौं।'
करिब ७३ लाख खर्च हुने अनुमान गरेको प्रतियोगिताबाट ९६ लाख रुपैयाँ आम्दानी हुने सहाराको अनुमान छ। नाफा रकम क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा खर्च गरिने बताइएको छ।