रौतहट माधव नारायण नगरपालिकाको दश किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। समाज विकास केन्द्र खेसरहियाको आयोजनामा भएको दश किमि दौड प्रतियोगितामा सहभागी दश किशोर र दश किशोरी गरी २० जनालाई पुरस्कृत गरिएको छ।
दुई दर्जनभन्दा बढी सहभागीमध्ये निर्धारित दूरी पहिले पूरा गर्ने किशोर तथा किशोरीलाई पुरस्कृत गरिएको हो। जनता मावि खेसरहियाको प्रांगणबाट सुरु भएको दौड प्रतियोगिता सखुअवा, जयनगर र दीपही हुँदै फेरि विद्यालयमा फर्किएको थियो।
प्रतियोगितामा खेसरहियाकी मंशु कुमारी सहनी, रीमा यादव, अंजली कुमारी सहनी, अंशु सहनी, मिरिता कुमारी, गढो भगवानपुरकी अनु कुमारी, मनिशा कुमारी सहनी, शीला यादव, अमरपटिकी सीमा कुमारी यादव र भेलहीकी मनिषा कुमारी शर्मा पुरस्कृत भएका छन्।
यसै गरी दौड प्रतियोगितामा किशोरतर्फ पुरस्कृत हुनेमा सखुअवाका राजा महतो, जिंगडियाका अजेश कुमार, कविन्द्र शर्मा, भेलहीका निराजन यादव, ललन यादव, रजवाडाका चन्द्रकेत प्रसाद कुशवाहा, जयनगरका शिवशंकर यादव र सुमन कुमार साहका साथै रवि यादव र आकाश चौधरी रहेका छन्।
दश किलोमिटर दूरी दौडेर पार गर्ने किशोर तथा किशोरीलाई माधव नारायण नगरपालिकाका प्रमुख बैजु यादव तथा वडा नम्बर २ का वडाध्यक्ष राम विश्वास साहले मेडल तथा प्रमाणपत्र पनि प्रदान गरेको स्थानीय संजयकुमार महतोले जानकारी दिएका छन्।