क्रिसचर्च- वेस्ट इन्डिजसँग पाकिस्तान १ सय ५० रनले पराजित भएको छ। न्युजिल्यान्डको क्रिसचर्चमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनायो। जवाफी ब्याटिङ गरेको पाकिस्तान ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ६० रनमात्र बनायो।पाकिस्तानले ३.१ ओभरमै ४ विकेट गुमाइसकेको थियो। चार विकेट गुमाउँदा पाकिस्तानले एक रनमा बनाउन सकेको थियो।
पाकिस्तानको यो दोस्रो हार हो भने वेस्ट इन्डिजले विजयीको खाता खोल्न सफल भएको छ। यसअघि पाकिस्तान भारत र वेस्ट इन्डिज आयरल्यान्डसँग पराजित भएको थियो।
खेलमा वेस्ट इन्डिजका लागि डेनेश रामदिनले ५० र सिमोन्सले ५१ रन बनाए। त्यस्तै ड्यारेन ब्र्याभोले ४९, अन्द्रे रुसेलले अविजित ४२ र मार्लोन समुएल्सले ३८ रन बनाए।
यता पकिस्तानका लागि उमर अकमलले ५९ र सोहब मक्सुदले ५० रन बनाए। पाकिस्तानका नाजिर जम्सद, युनिस खान र हरिस सोहिल शून्यमै आउट भए। अहमद सहेजाद र सोहिल खान एक रन बनाएर पेभेलिएन फर्किए।