लन्डन– तीन पेनाल्टी अपिलबाट जोगिएको लिभरपुलले आइतबार साउथह्याम्पटनलाई २–० ले हराउँदै शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ।ब्रेन्डन रोजर्सको टोली लिभरपुल छैटौं स्थानमा उक्लिएको छ। चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा २ अंकले पछि छ। लिभरपुललाई पछिल्लो ७ खेलमा छैटौं जित दिलाउन फिलिप क्वाटिन्हो र रहिम स्टर्लिङले गोल गरेका थिए।तेस्रो मिनेटमा लिभरपुलका क्वाटिन्होले टाढाबाट गरेको गोलमा परिणत भयो। नोभेम्बरपछि लिगमा उनको यो पहिलो गोल हो। दोस्रो गोल भने स्टर्लिङले ७३ औं मिनेटमा गरेका थिए।
पाँचौं स्थानको साउथह्याम्पटनले गरेको तीन पेनाल्टी अपिल रेफ्रीले स्विकार नगरेपछि टोली आक्रामक बनेको थियो।
‘हामीले धेरै राम्रो खेलेका थियौं र गोलका लागि चार पाँच राम्रा अवसर पनि बनेको हो, तर रेफ्रीले दिएनन्,' साउथह्याम्पटनका प्रशिक्षक रोनाल्ड कोइमनले भने, ‘हामीले लिभरपुलले भन्दा धेरै राम्रो खेल्यौं, तर कहिलेकाहिँ भाग्यको साथ पनि चाहिँदोरहेछ। '
लिभरपुलका प्रशिक्षक रोजर्सले भने रेफ्रीको निर्णय सही भएको बताए।
‘खेलाडीहरू आफै लडेकाले त्यो पेनाल्टी थिएन। केभिन फ्रेन्ड राम्रा रेफ्री हुन् र सबै निर्णय ठिक छ,' उनले भने।
आइतबारै टोटेनह्याम र वेस्ट ह्यामले २–२ को बराबरी खेले। वेस्ट ह्यामका चेइखउ कोउएटले २२ औं मिनेटमा टोलीलाई अग्रता दिए भने डिएफ्रा साखोले अग्रता दोब्बर पारे। अन्तिम ९ मिनेट बाँकी छँदा टोटेनह्यामका डेनी रोजले वेस्ट ह्यामको अग्रता कम गरेका थिए भने हेरी केनले हानेको पनाल्टी विपक्षी गोलकिपर एड्रियन फर्काएको बललाई केनले नै गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए। एभर्टनले पनि लिचेस्टर सिटीसँग २–२ को बराबरी खेल्यो। एभर्टनबाट स्टेभन नाइस्मिथले ५७औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो गोल अन्तिम समयमा लिचेस्टर रक्षक म्याथ्यु अप्सनको आत्मघाती गोल थियो। लिचेस्टरका डेभिड नुजेन्टले ६३ औं र स्टेभन क्याबियासोले ७०औं मिनेटमा गोल गरेका थिए।